Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  • Engineering Nepal
  • April 11, 2022
  • 655

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. हालसम्म नेपालसँग दौत्य सम्बन्ध कायम भएका राष्ट्रहरूको सङ्ख्या कति पुगेको छ ?
 १७६
– दौत्य सम्बन्ध कायम भएका पछिल्ला राष्ट्रहरू
– १७६ औँ :बेलिज (सन् २०२२ अप्रिल १)
– १७५ औँ : दक्षिण सुडान (सन् २०२२ मार्च २८)
– १७४ औँ : रिपब्लिक अफ पलाउ (सन् २०२२
मार्च २१)
– १७३औँ : टिमोर–लेस्टे (सन् २०२२ फेबु्रअरी ११)
– १७२ औँ : बार्बाडोस (सन् २०२१ डिसेम्बर ८)
– १७१ औँ : सिएरालियोन (सन् २०२१ जुन २९)

२. चोभार सुक्खा बन्दरगाहको उद्घाटन कहिले गरियो ?
 वि.सं. २०७८ चैत २२
– बहुप्रतिक्षित चोभार सुक्खा बन्दरगाह प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा वि.सं. २०७८ चैत २२ मा उद्घाटन गरिएको ।
– २२० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा पाँच सय ट्रक पार्किङ गर्न सकिने । त्यस्तै, परियोजनाअन्तर्गत पाँच सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको । चार वटासम्म कन्टेनर खप्टिएर राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको
– काठमाडौँका व्यवसायीको आयात तथा निर्यात सहजीकरणका लागि चोभारमा सुक्खा बन्दरगाह बनाइएको ।
– हाल बन्दरगाहमा आवश्यक भन्सार कार्यालय, क्वारेन्टाइन, बैङ्कलगायत सबै निकाय आइसकेका ।

३. प्रसिद्ध सात गाउँले जात्रा कहाँ प्रचलित छ ?
 कीर्तिपुर

४. कास्कीका ९ वटा ताल रामसार सूचीमा कहिले सूचीकृत भएका हुन् ?
 वि.सं. २०७२ माघ १९ (सन् २०१६ फेब्रुअरी २ )

५. नेपालका कुन शहीदलाई ‘शहीद माइला’ उपनामले चिनिन्छ ?
 दशरथ चन्द

६. सन् २०२२ मार्च ३ देखि अप्रिल ३ सम्म न्युजिल्यान्डमा सम्पन्न बाह्रौँ अन्तर्राष्ट्रिय महिला विश्वकपको उपाधि कुन देशले जित्यो ?
 अस्ट्रेलिया (दोस्रो इङ्ल्यान्ड)
– योसँगै अस्ट्रेलियाले महिला क्रिकेट विश्वकपको उपाधि सातौँ पटक जित्न सफल भएको ।
– वि.सं. २०७८ चैत्र २१ मा आइतबार न्युजिल्यान्डमा भएको फाइनलमा साबिक विजेता इङ्ग्ल्यान्डलाई ७१ रनले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको ।
– फाइनलमा अस्ट्रेलियाले दिएको ३५७ रनको विशाल लक्ष्य पछ्याएको इङ्ग्ल्यान्ड ४३.४ ओभरमा २८५ रनमा अलआउट भएको ।

७. नेपालमा मूल्य अभिवृद्धि कर कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०५४ मङ्सिर १

८. कुन देवतालाई पारसनाथ भनिन्छ ?
 पशुपतिनाथ

९. पञ्चमहाभूत भन्नाले के–केलाई बुझाउँछ ?
 पृथ्वी, जल, तेज, वायु र आकाश

१०. नेपाल भारत शान्ति तथा मैत्री सन्धि कहिले भएको हो ?
 सन् १९५० जुलाई ३१
– यस सन्धिमा नेपालका तर्फबाट मोहनशमशेर र भारतका तर्फबाट चन्द्रेश्वर नारायण सिंहद्वारा हस्ताक्षर गरिएको ।)

११. ट्रान्सपरेन्सी इन्टरनेसनलको मुख्यालय कहाँ रहेको छ ?
 बर्लिन (जर्मनी)

१२. RT को पूरा रूप के हो ?
 Mitochondrial Replacement

१३. प्रतिष्ठित ओस्कर एकेडेमी अवार्डको ९४ औँ संस्करणमा सर्वोत्कृष्ट ठहरिने फिल्म कुन हो ?
 द कोडा
– सन् २०२२ मार्च २८ मा अमेरिकामा सम्पन्न सो सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी । ‘द पावर अफ दि डग’ का लागि उनले यो उपाधि पाएकी । उनले ओस्कार अवार्डमा दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड तोडेकी ।
– त्यस्तै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी ।
– ९४औँ संस्करणको ओस्कार अवार्ड विजेताहरू
– अन्तर्राष्ट्रिय फिचर फिल्म: ड्राइभ माई कार
– उत्कृष्ट फिल्म: कोडा
– उत्कृष्ट निर्देशक: जेन क्याम्पियन (द पावर अफ द डग)
– उत्कृष्ट अभिनेता: विल स्मिथ (किङ रिचार्ड)
– उत्कृष्ट अभिनेत्री: जेसिका चास्टेन द आइज अफ टेमी फेई
– उत्कृष्ट सहअभिनेता: ट्रोय कटसर (कोडा)
– उत्कृष्ट सहअभिनेत्री: अरियाना डेबेस (वेस्ट साइड स्टोरी)
– एनिमेटेड फिचर फिल्म: इन्कान्टो
– सिनेम्याटोग्राफी: डुन (ग्रिग फ्रेसर)
– कस्ट्युम डिजाइन:इन्कान्टो
– डकुमेन्ट्री फिचर: समर अफ सोल
– डकुमेन्ट्री सर्ट सब्जेक्ट: द क्वीन अफ बास्केटबल
– मेकअप एण्ड हेयर स्टाइलिङ: द आइज अफ
टेमी फेई
– प्रोडक्सन डिजाइन: डुन
– सर्ट फिल्म (एनिमेटेड): द विन्डशिल्ड वाईपर
– सर्ट फिल्म (लाइभ एक्सन): लङ गुडबाई
– ओरिजिनल सङ: नो टाइम टु डाइ
– साउन्ड:डुन
– भिजुअल इफेक्ट्स: डुन
– फिल्म सम्पादन : डुन (जो वाकर)
– ओरिजिनल स्क्रिनप्रले: बेल फास्ट (केनिथ ब्रनाघ)
– एडप्टेड स्क्रिनप्ले: कोडा (सियान हेडर)
– ओरिजिनल स्कोर: डुन (ह्यान्स जिमर)
१४. मरुभूमि नभएको एक मात्र अरब राष्ट्र कुन हो ?
 लेवनान

१५. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आसु नझार्ने जीव कुन हो ?
 चिम्पाञ्जी

१६. हिन्द महासागर र बङ्गालको खाडीमा चल्ने वायुलाई के भनी चिनिन्छ ?
 साइक्लोन
– (थार तथा गोवी मरुभूमिमा बहने तातो हावालाई ‘लु’ भनी चिनिने ।)

१७. प्रमुख निर्वाचन आयुक्त वा निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता कति हो ?
 स्नातक तह

१८. हरित जलवायु कोषको मुख्यालय कहाँ रहेको छ ?
 दक्षिण कोरिया

१९. भारतमा वस्तु तथा सेवा कर कहिलेदेखि लागू गरिएको हो ?
 सन् २०१७ जुलाई १

२०. सन् २०२२ को ग्रामी अवार्ड प्राप्त गर्ने वर्षको उत्कृष्ट एल्बम कुन हो ?
 वी आर
– जोन बाटिस्टीको एल्बम ‘वी आर’ले ग्रामी अवार्डमा ‘वर्षको उत्कृष्ट एल्बम’ जितेको ।
– अमेरिकाको लस भेगासको आयोजनामा सोमबार ६४औँ ग्रामी अवार्ड सम्पन्न भएको । फिल्मको सङ्गीतको उत्कृष्ट मानिने ग्रामी अवार्डमा वर्षका उत्कृष्ट गीत–सङ्गीतलाई अवार्ड दिइएको ।
ग्रामी अवार्ड विजेताहरू
– उत्कृष्ट एल्बमः वी आर (जोन बाटिस्टी)
– गीतः लिभ द डोर ओपन (सिल्क सोनिक)
– रक गीतः फू फाइटर्स
– नव कलाकारः ओलिभिया रोड्रिगो
– न्यू एज एल्बमः रिकी केज
– एकल प्रस्तुतिः ड्राइभर्स लाइसेन्स (ओलिभिया रोड्रिगो)
– पप सामूहिक प्रस्तुतिः किस मी मोर
– परम्परागत पप भोकल एल्बमः लभ फर सेल (टोनी बेनेट र लेडी गागा)
– पप भोकल एल्बमः सावर (ओलिभिया रोड्रिगो)
– इलेक्ट्रोनिक रेकर्डिङः अलाइभ
– -याप गीतः जेल
– -याप प्रस्तुुतिः फ्यामेली टाइज
– निर्माताः ज्याक एन्टोनाफ
– कमेडी एल्बमः सिन्सियरली
– म्युजिक भिडिओः फ्रिडम
– नृत्यः अलाइव
– अमेरिकन एल्बमः नेटिव सन्स
– ग्लोबल म्युजिक एल्बमः मदर नेचर
– बाल एल्बम अवार्डः फाल्गुनी शाह

२१. चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार आवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?
 सन् १९२९

२२. पूर्वजबाट सरेर नआएको तर पछि अकस्मात् देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई
के भनिन्छ ?
 उत्परिवर्तन
– एउटै जातिका सजीवहरूको बीचमा देखापर्ने असमानतालाई परिवृत्ति (मातापितामा भन्दा सन्तानमा देखिने केही न केही भिन्नता) भनिन्छ ।
– एकै खाले वंशाणु भएर पनि फरक–फरक किसिमको वातावरणमा हुर्कदै जाँदा विभिन्नता देखा पर्नुलाई वातावरणीय परिवृत्ति भनिन्छ ।

२३. राणाशासन विरुद्ध सम्झौताहीन सङ्घर्ष गर्ने चार शहीदमध्ये सबैभन्दा पहिला मारिने शहीद को थिए ?
 शुक्रराज शास्त्री

२४. कुशे औँसी पर्व कहिले पर्दछ ?
 भाद्र कृष्ण औँसी (बुवाको मुख हेर्ने दिन अर्थात् पिता पर्वका रूपमा मनाइने ।)

२५. सम्पूर्ण जीवजन्तुहरूले श्वासप्रश्वासका लागि अक्सिजन लिने र कार्बनडाइअक्साइड छाड्ने तथा उक्त कार्बनडाइअक्साइडलाई बोटविरुवाले खाना बनाउनका लागि लिई अक्सिजन हावामा उत्सर्जन गर्ने प्रक्रियालाई के भनिन्छ ?
 अक्सिजन चक्र

२६. अन्तर्राष्ट्रिय न्यायालयमा कति जना न्यायाधीशहरू रहने व्यवस्था छ ?
 १५

२७. ASYCUDA के सँग सम्बन्धित छ ?
 भन्सार

२८. नेपालमा हाल कति स्थानीय तह रहेका छन् ?
 ७५३

२९. काठमाडौँमा सम्पन्न नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीचको त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज कसले जित्यो ?
 नेपाल
– वि.सं. २०७८ चैत २२ गते कीर्तिपुरस्थित त्रिवि मैदानमा पीएनजीलाई ५० रनले हराउँदै नेपाल च्याम्पियन बनेको ।
– नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.२ ओभरमा ११८ रनमा समेटिएको ।
– उक्त सिरिजमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी उत्कृष्ट खेलाडी घोषित भएका । उनले प्रतियोगिताभर २५५ रन जोड्दै ७ विकेट लिन सफल भएका ।
– सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो
उपाधि जितेको ।

३०. निजामती कर्मचारीहरूले एकै प्रकारको पोसाक लगाउनु पर्ने व्यवस्था कहिलेदेखि गरिएको हो ?
 वि.सं. २०६८ साउन १

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 96
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA