Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर – गोर्खापत्र

  • Engineering Nepal
  • June 29, 2022
  • 788

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर – गोर्खापत्र

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर – गोर्खापत्र

१. एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ? 

 सुरेन्द्र भट्टराई 

– मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको । 

– ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालका तर्फबाट भट्टराई सम्मानित हुनुभएको ।

२. सञ्चारकर्मी रवि लामिछानेले नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन् ?

 वि.सं. २०७९ असार ७

– सङ्घ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका ।

– केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा बढी युवालाई समेट्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा सहभागी हुने बताइएको ।

३. अन्तर्राष्ट्रिय सङ्गीत दिवस कहिले मनाइन्छ ?

 जुन २१

– सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।

– नेपालमा वि.सं. २०५५ देखि यो दिवस मनाउन थालिएको ।

४. मानव जातिको भावी पुस्तामा सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी चिनिन्छ ?

 युजेनिक्स 

५. नेपालका प्रमुख पर्यटकीय गन्तव्य एवं सोसँग सम्बन्धित विविध गतिविधि समेटिएको एपलाई के भनी चिनिन्छ ?

 वेलकम नेपाल 

६. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

 सुमन सत्याल

७. गोल्डन रुल भन्नाले के बुझिन्छ ?

 कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमका साथै नैतिक आचरणसँग सम्बन्धित नियमहरू ।

८. ‘लिच्छवि लिपि’ नामक कृतिका लेखक को हुन् ?

 डा. नयनाथ पौडेल 

९. हाल (मे २०२२) नेपालका लागि भारतीय राजदूत को नियुक्त भएका छन् ?

 नवीन श्रीवास्तव 

– भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया डिभिजनका प्रमुख श्रीवास्तव सन् २०१५ देखि १०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका । 

– उनी अमेरिका, चीन र हङकङमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरेका । 

१०. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?

 पौडीकी ओलम्पियन गौरिका सिंह र व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल 

– अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा गौरिकाले एनओसी उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेकी ।

– त्यस्तै सन् २०२२ को पुरुषतर्फ उत्कृष्ट भएका व्याडमिन्टनका दाहालले एनओसी अवार्ड प्राप्त गरेका ।

११. मन्ट्रियल महासन्धि कहिले जारी भएको हो ?

 सन् १९९९ मे ८ 

– (यो सन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको ।)

१२. लमजुङ जिल्लास्थित डादीखोलामा निर्माण गरिएको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

 ३० मे.वा. 

– न्यादी जलविद्युत् आयोजनाले २०७९ वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको । 

– सो आयोजनाले वैशाख २७ देखि उत्पादित विद्युत् शुल्क पाउने गरी २०७९ असार ७ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको ।

– आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको ।

१३. काठमाडौँको मौसम सम्बन्धमा जानकारी गराउने उद्देश्यले ‘सफा हावा एप’ कहिले सार्वजनिक गरियो ?

 वि.सं. २०७४ चैत १५

१४. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?

 वि.सं. २०७५ भदौ १८

– प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद ८ को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।

– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।

१५. विराटनगर र वीरगञ्जलाई महानगरपालिका घोषणा कहिले गरिएको हो ?

 वि.सं. २०७४ जेठ १७ 

१६. सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो ?

 रौतहट (१६ वटा) 

१७. भृकुटी कागज कारखाना कहिलेदेखि बन्द भएको हो ?

 वि.सं. २०६७

– वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो । 

– यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।

१८. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?

 सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८  (आयोजक : कतार) 

– यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र :

– एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक कतार, साउदी अरब, जापान, दक्षिण कोरिया, इरान र अस्ट्रेलिया, 

– युरोप : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।

– उत्तर तथा मध्य–अमेरिका  : क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका । 

– दक्षिण अमेरिका :ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर । यस पटक दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया, पेरु र चिली विश्वकपमा छनोट हुन नसकेका । 

– अफ्रिका :घाना, सेनेगल, ट्युनिसिया, मोरक्को  र क्यामरुन । 

१९. हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

 अफ्रिका 

२०. व्यापार तथा निकासी प्रवद्र्धन विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

 वाणिज्यमन्त्री वा राज्यमन्त्री

२१. अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

 प्लुटो 

२२. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? 

 धर्म कचहरी 

२३. नेपालमा दिगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ? 

 कृषि 

२४. नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

 १४ प्रतिशत

– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य राखिएको । नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण सन् २०१६ मा ३६ प्रतिशतमा झरेको ।

– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको ।

– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको ।

– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका ३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको । त्यस्तै २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको ।

– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको ।

– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।

२५. क्लोरिन ग्यासको खोजकर्ता को हुन् ?

 कार्ल–विलहेल्म शिले (सन् १७७४)

– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ ।)

२६. प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

 काठमाडौँ

– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्व बागमती नदी किनारमा रहेको ।)

२७. सरकारले नेपाल स्वच्छ वातावरण महाअभियान घोषणा कहिले गरेको हो ?

 वि.सं. २०७५ असार २२

२८. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?

 चीन

२९. भारतीय प्रिमियर लिग (आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो ?

 गुजरात टाइटन्स

– राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात पार्न सफल भएको ।

– उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले २० करोड भा.रु. पुरस्कार प्राप्त गरेको । त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको । तेस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स 

बैङ्गलोरले सात करोड भा.रु. पुरस्कार प्राप्त गरेको ।

– लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त गरेको । 

– राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै पुरस्कार रकम हात पारेका । 

– फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त गरेका ।

३०. यस वर्षको इच्छुक स्मृति पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ?

 प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी (संयुक्त रूपमा) 

– पुरस्कारको राशि रु. एक लाख रहेको । 

– यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८ काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको ।

– जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको । 

– यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान गर्दै आएको ।

Source: GorkhapatraOnline

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA