Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Engineering Nepal
  • January 18, 2023
  • 516

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. नेपालमा प्रथम ‘राष्ट्रिय कृषि जैविक विविधता दिवस’ कहिले मनाइयो ?

 वि.सं. २०७९ माघ १

– ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ यो दिवस मनाइएको ।

– नेपालमा जैविक विविधताअन्तर्गत देशको कुल २४,३०० प्रजातिमध्ये २८ प्रतिशत कृषिसम्बन्धी प्रजाति रहेका, जसलाई कृषि जैविक विविधता भनिन्छ ।

– सरकारले वि.सं. २०७९ का लागि ‘राष्ट्रिय कृषि जैविक विविधता’ वर्षका रूपमा मनाउने साथै हरेक वर्ष माघ १ गतेका दिन कृषि जैविक विविधता दिवस मनाउने 

निर्णय गरेको ।

२. स्वतन्त्र भारतको पहिलो मतदाता कसलाई मानिन्छ ?

 श्यामशरण नेगी

– बेलायतबाट भारत स्वतन्त्र भएपछि सन् १९५१ को अक्टोबर २५ मा भएको पहिलो निर्वाचनमा नेगीले मतदान गरेका । उनलाई भारतीय लोकतन्त्रको किंवदन्ती पनि भनिने ।

– उनी शिक्षण पेसामा आबद्ध थिए ।

– सन् १९१७ जुलाई १ मा किन्नौरमा जन्मिएका नेगीको सन् २०२२ नोभेम्बर ५ मा निधन भएको ।

३. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

 माघ १

– २०७९ को नारा – स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना ।

– वि.सं. २०७२ मा नेपाल सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

४. सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ?

 राजेन्द्रसिंह रावल 

५. कति वर्षको अन्तरालपछि हरियो रङको पुच्छ«ेतारा पृथ्वीको नजिक आएको हो ?

 ५० वर्ष

– सन् २०२३ जनवरी दोस्रो साताबाट यस पुच्छ«ेतारालाई अवलोकन गर्न सकिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जनाएको । 

– नेपालबाट पनि यस दुर्लभ हरित पुच्छ«ेतारालाई ध्रुवताराको समीपमा माघ महिनाको दोस्रो सातासम्म साँझ ७ बजेपछि अवलोकन गर्न सकिने समितिले जनाएको ।

– उक्त पुच्छ«ेतारा एउटा टाउको र दुईवटा (एउटा लामो र एउटा छोटो) पुच्छरका रूपमा देखिने ।

६. बागमती प्रदेशको सभामुखमा को नियुक्त भएका छन् ?

 राप्रपाका भुवन पाठक 

– २०७९ पुस २९ मा भएको मतदानमा एमाले–माओवादी–राप्रपा गठबन्धनका उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका । उनको विपक्षमा ३९ मत परेको । कुल ११० सदस्यीय प्रदेश सभामा १०९ जनाले मतविभाजन प्रक्रियामा सहभागिता जनाएका । प्रदेश सभाका ज्येष्ठ सदस्यका रूपमा सभा सञ्चालन गरिरहेका रामप्रसाद ढुङ्गानाले मतविभाजन प्रक्रियामा सहभागिता नजनाएका ।

७. विश्वव्यापी अर्थतन्त्रबारे विश्व बैङ्कद्वारा सन् २०२३ जनवरी १० मा सार्वजनिक प्रतिवेदनअनुसार आ.व. २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ?

 ५.१ प्रतिशत

– रुस–युक्रेन युद्धबाट दक्षिण एसियाली अर्थतन्त्र प्रभावित हुँदा नेपालको अर्थतन्त्रमा पनि असर परेको विश्व बैङ्कको भनाइ रहेको ।

– चालू आ.व.मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ५.५ प्रतिशतमा सीमित हुने प्रतिवेदनमा उल्लेख रहेको । 

– दक्षिण एसियाली मुलुकमध्ये चालू आ.व.मा भारतले ६.९ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको । त्यस्तै बङ्गलादेशले ५.२, भुटानले ४.१ र पाकिस्तानले २ प्रतिशतको वृद्धिदर हासिल गर्ने विश्व बैङ्कको प्रक्षेपण रहेको । सन् २०२३ मा माल्दिभ्सले ८.२ प्रतिशतको वृद्धिदर हासिल गर्दा श्रीलङ्काको अर्थतन्त्र भने ४.२ प्रतिशतले ऋणात्मक रहने प्रक्षेपण रहेको ।

८. नेपाल इन्भेस्टमेन्ट बैङ्क र मेगा बैङ्क एकआपसमा मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०७९ पुस २७

– मर्जपश्चात् बैङ्कको नामकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क भएको । 

– मर्जरपछि बैङ्कको कुल चुक्ता पुँजी ३४ अर्ब १२ करोड रुपियाँ, कुल पुँजी ५८ अर्ब रुपियाँँभन्दा बढी र कुल सम्पत्ति चार खर्ब ७१ अर्ब रुपियाँ पुग्ने । त्यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब दुई करोड तथा कर्जा लगानी तीन खर्ब २९ अर्ब छ करोड रुपियाँ पुग्ने बैङ्कले जनाएको ।

९. वि.सं. २०७९ पुसमा सम्पन्न पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

 लुम्बिनी अल स्टार्स (उपविजेता : विराटनगर सुपर किङ्ग्स)

– कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुस २७ मा भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले पहिलो संस्करणको उपाधि जितेको ।

– उपाधि चुमेको लुम्बिनीले ट्रफीसँगै ५० लाख रुपियाँ प्राप्त गरेको । त्यसैगरी उपविजेता बनेको विराटनगरले ३० लाख रुपियाँ, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौँ नाइट्सले पाँच लाख रुपियाँ प्राप्त गरेका ।

– उपविजेता टोली विराटनगरका अलराउन्डर विदेशी खेलाडी हुसेन टलट सर्वोत्कृष्ट खेलाडी चुनिएका ।

१०. नेपालको आन्तरिक उडानमा हालसम्मको ठूलो हवाई दुर्घटना कहिले भएको हो ?

 वि.सं. २०७९ माघ १

– काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ९ एन–एएनसी विमान पोखराको सेती खोँचमा दुर्घटना भएको ।

– जहाजमा ६८ यात्रु र चालक दलका चार सदस्यसहित ७२ जना यात्रु सवार रहेकोमा सबैको मृत्यु भएको ।

– पुरानो विमानस्थल बन्द गर्दै तत्कालका लागि आन्तरिक उडान सुरु गरेको विमानस्थल सञ्चालनमा आएको हप्ता दिन नबित्दै यतीको विमान दुर्घटनामा परेको हो । काठमाडौँबाट पोखरा आएको विमान टेक अफको अनुमति पाइसकेको अवस्थामा पुरानो विमानस्थलदेखि करिब दुई सय मिटरको दूरीमा दुर्घटना भएको हो ।

– पोखरामा व्यावसायिक उडानअन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि २०५९ भदौ ६ गते साङ्ग्रिला एयरको ट्विनअटर दुर्घटन हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

– नेपालमा उडानका लागि तुलनात्मक रूपमा सुरक्षित मानिने एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको ११औँ दुर्घटना हो ।

– युरोपेली सङ्घले लगाएको हवाई प्रतिबन्ध हट्ने अपेक्षा गरिएको बेला भएको यो दुर्घटनाले नेपाली आकाशको सुरक्षामा थप प्रश्न उठेको ।

११. ‘उपमेयर मेरो साथी’ कार्यक्रम सञ्चालनमा ल्याउने स्थानीय तह कुन हो ?

 शिखर नगरपालिका (डोटी)

१२. चितवनको नारायणी नदीमा नेपालको पहिलो क्रुजसिप (सानो पानीजहाज) सर्वसाधारणका लागि कहिलेदेखि खुला भएको हो ?

 वि.सं. २०७९ माघ १

– नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो हो ।

– करिब दुई वर्षअघि नै क्रुजसिप निर्माण सम्पन्न भई परीक्षण गरिएको थियो । 

– एक पटकमा दुई सय जनालाई सेवा दिने गरी निर्माण भएको तीन तलायुक्त क्रुज एक सय फिट लम्बाइ र २५ फिट चौडाइको रहेको । 

– भरतपुर महानगरपालिका–१६, मङ्गलपुर, काभ्रेघाटबाट देवघाटसम्म सञ्चालनमा ल्याउने भनिएको सो क्रुज सिप हिउँदयाममा पानीको सतह कम भएकाले छोटो दूरीमा सञ्चालनमा आउने जनाइएको ।

– विवाह, पार्टी एवं अन्य कार्यक्रमसमेत गर्न मिल्ने गरी स्थान निर्माण गरिएको यस क्रुजमा यात्रा गर्ने यात्रुको १० लाख रुपियाँ बराबरको दुर्घटना बीमा गरिएको ।

१३. अमेरिकाको न्यु अर्लियन्समा सम्पन्न मिस युनिभर्स–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

 अमेरिकी सुन्दरी रबोनी ग्रावियल

– प्रतियोगितामा भेनेजुयलाकी अमान्डा डुडामेल फस्ट रनर्सअप र डोमिनिकन रिपब्लिककी एन्ड्रिना मार्टिनेज फ्युनियर सेकेन्ड रनर्सअप भएका । 

– ८० देशका सुन्दरीको सहभागिता रहेको मिस युनिभर्समा नेपालबाट सोफिया भुजेलले सहभागिता जनाएकी ।

१४. प्रभु बैङ्क र सेन्चुरी कमर्सियल बैङ्कबीच एकापसमा मर्ज भई एकीकृत कारोबारको सुरुवात कहिलेदेखि भएको हो ?

 वि.सं. २०७९ पुस २६

– प्रभु बैङ्कले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको ।

– मर्जरपछि बैङ्ककोे चक्ता पुँजी २३ अर्ब ५२ करोड रुपियाँ पुग्ने ।

१५. मधेश प्रदेशको मुख्यमन्त्रीमा को नियुक्त भएका छन् ?

 सरोजकुमार यादव (जसपा), २०७९ पुस २७

१६. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ कहिले स्वीकृत भएको हो ? 

 वि.सं. २०७६ भदौ २० 

– स्वीकृत गर्ने निकाय : नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

– वि.सं. २०७६ भदौ १९ गते बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई अन्तिम रूप दिई स्वीकृतिका लागि सिफारिस गरेको,

– उक्त प्रारूप विद्यालय शिक्षाको पाठ्यक्रमसम्बन्धी मूल मार्गदर्शक दस्तावेज रहेको,

– यसलाई विद्यालय शिक्षाको सुधारसम्बन्धी मार्गचित्रका रूपमा विकास गरिएको,

– नेपालमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप पहिलो पटक वि.सं. २०६३ माघ २५ मा तयार गरी कार्यान्वयनमा ल्याइएको थियो ।

१७. हालै भारतमा भएको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जित्ने नेपाली अभिनेता को हुन् ? 

 प्रदीप खड्का

१८. नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ? 

 माघ २

– वि.सं. २०७९ मा ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने आदर्श वाक्यका साथ २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको । 

१९. राष्ट्रिय शिक्षा नीति, २०७६ कहिले स्वीकृत भएको हो ? 

 वि.सं. २०७६ कात्तिक १८ 

– राष्ट्रिय शिक्षा नीति, २०७६ मा उद्देश्य : १३, रणनीति : ३३, नीतिगत क्षेत्र : १३, नीति : ५५ रहेका ।

– राष्ट्रिय शिक्षा नीति कार्यान्वयनमा सङ्घको जिम्मेवारी : ११, प्रदेशको जिम्मेवारी : १५, स्थानीय तहको जिम्मेवारी : २७ रहेका ।

दूरदृष्टि : ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति; सामाजिक न्याय, रूपान्तरण र समृद्धि ।’

लक्ष्य : सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकताअनुरूपको मानव संशाधन विकास गर्ने । 

२०. शिक्षक सेवा आयोग नियमावली, २०५७ अनुसार शिक्षक सेवा आयोगका काम, कर्तव्य र अधिकार कतिवटा रहेका छन् ? 

 ७ वटा

– शिक्षक सेवा आयोगका काम, कर्तव्य र अधिकारहरू

– शिक्षकको स्थायी नियुक्ति तथा बढुवाका लागि 

सिफारिस गर्ने,

– शिक्षकको नियुक्ति तथा बढुवाका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षासम्बन्धी अन्य 

कार्य गर्ने,

– विद्यालयमा अध्यापन गर्न चाहने व्यक्तिलाई अध्यापन अनुमतिपत्र दिने,

– अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको पाठ्यक्रम निर्धारण गर्ने तथा परीक्षासम्बन्धी कार्य गर्ने,

– उजुरी परेको अवस्थामा बाहेक नतिजा प्रकाशन भएको एक वर्षपछि परीक्षासम्बन्धी कागजात धुल्याउने,

– शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी विषयमा मन्त्रालयलाई सुझाव दिने,

– ऐन वा यस नियमावलीबमोजिम आयोगले गर्नुपर्ने कामकारबाहीको विषयमा निरीक्षण तथा जाँचबुझ गर्ने । 

Source: Gorkhapatra

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA