Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

निजामति कर्मचारीले पाउने बिदा (नि.से.ऐ. २०४९,दफा ७१)

  • Prija Shrestha
  • April 24, 2023
  • 1794

निजामति कर्मचारीले पाउने बिदा (नि.से.ऐ. २०४९,दफा ७१)

निजामति कर्मचारीले पाउने बिदा (नि.से.ऐ. २०४९,दफा ७१)
  • भैपरी आउने र पर्व विदा
  • घर बिदा
  • बिरामी बिदा
  • प्रसुति बिदा
  • प्रसुति स्याहार बिदा
  • किरिया बिदा
  • अध्यन बिदा
  • असाधरण विदा
  • बेतलबी बिदा
  • सट्टा बिदा

भैपरि आउने र पर्व बिदा – नियम ५६

  • मौखिक अनुरोधको आधारमा पनि बिदा लिन सकिने
  • ६/६ दिन गरी जम्मा १२ दिन बिदा लिन सकिने
  • आधा दिन पनि लिन सकिने
  • यस्तो प्रकृतिको बिदा सञ्चित गर्न भने सकिदैन्‌

घर बिदा -नियम ५७

  • १८० दिन सम्म सञ्चित गरेर राख्न मिल्ने यो बिदा काम गरेको
  • अवधिको १२ दिनको १ दिन का दरले १ बर्षमा ३० दिनसम्म पाइन्छ
  • ७ दिन भन्दा बढि घर बिदा बस्नुपर्ने अवस्थामा बर्षको १ पटक बाटोको म्याद समेत पाइने
  • हिँउदे वा बर्खे बिदा पाउने कर्मचारी ले भने यो बिदा पाउने छैनन्‌

बिरामी बिदा -नियम ५८

  • सञ्चित गरेर राख्न मिल्ने यो बिदा प्रत्येक बर्ष १२ दिन पाइन्छ
  • यदी सञ्चित बिदा ले नपुगेको खण्डमा १२ दिन पेश्की बिरामी बिदा लिन मिल्ने,
  • यदी पेश्की बिदा ले पनि नपुगेमा चिकित्सक को सल्लाह अनुरुप ४५ दिन बिदा लिन सकिन्छ
  • यदी ४५ दिन को बिदा ले पनि नपुगेमा मेडिकल बोर्डको सिफारिसमा असाधारण विदा बाट कट्टा हुने गरी थप १ बर्षको बिरामी बिदा लिन मिल्छ
  • जम्मा भएको बिरामी बिदाको रकम अवकाश भएका बखत खाईपाई आएको तलवको दरले एकमुष्ट प्राप्त हुने

प्रसुति बिदा -नियम ५९

  • निजामति कर्मचारी प्रसुति भएमा निजले प्रसुति बिदा पाउने,
  • सुत्केरीको अघि वा पछि गरी जम्मा ९५ दिनसम्म यो विदा पाइने
  • प्रसुति बिदा लिएको महिला कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप ६ महिना बेतलवी प्रसुती बिदा लिन सक्ने ।
  • बेतलवी प्रसुति बिदामा बसेको अवधि सेवा अवधिमा गणना भने गरिन्छ

प्रसुति स्याहार बिदा-नियम ५९-क

  • कनै पनि निजामति कर्मचारी की श्विमति सुत्केरी भएमा निजले १५ दिन प्रसूति स्याहार बिदा पाउने व्यवस्था रहेको छ ।
  • यो बिदामा बस्ने निजामति कर्मचारी ले बिदा लिएको मितिले ३ महिनाभित्र जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि कार्यालयमा पेश गर्नुपर्ने तर नगरेमा यसरी लिएको बिदा अन्य बिदाबाट कट्टा गरिनछ ।
  • प्रसुति स्याहार बिदा निजामति कर्मचारी ले सेबा अवधिमा २ पटक मात्र प्राप्त गर्ने

किरिया बिदा -नियम ६०

  • आफै किरिया मा बस्नु पर्ने भएमा कुल धर्म अनुसार १५ दिनसम्मको किरिया बिदा पाइन्छ ।
  • बिदा लिएको १५ दिनभित्र मृत्यु भएको व्यक्तिको मृत्युदर्ता तथा मृतकसँगको नाता खुल्ने प्रमाण पेश गर्नुपर्नेछ
  • यदी १५ दिनभित्रमा पनि नाता प्रमाणित नगरेमा निज कर्मचारीको अन्य बिदा बाट यस बिदा कट्टा गरिने व्यवस्था छ ।

अध्यन बिदा -नियम ६१

  • नेपाल सरकार बाट छात्रवृत्ति पाएका कर्मचारी ले मात्र यस बिदा प्राप्त गर्नेछन्‌ ।
  • सेवा अवधिमा एकैपटक वा एक एक गरी ३ बर्षसम्म बिदा लिन पाउने
  • नेपाल सरकारको स्वीकृतीमा बिदालाई २ बर्ष थप गर्न मिल्ने
  • अध्यन विदा लिनको लागी सेवा अवधि कम्तिमा ३ बर्ष पुगेको हुनुपर्ने

असाधारण बिदा-नियम ६२

  • ५ बर्ष सेवा अवधि नपुगी कुनै पनि निजामति कर्मचारीले असाधारण बिदा बस्न पाउदैनन्‌ र १ पटकमा १ बर्षमा नबढाई सेवा अवधि भरिमा जम्मा ३ बर्ष असाधारण बिदा लिन सकिन्छ ।
  • यस्तो बिदाको अवधि सेवा अवधिमा गणना नहुने साथै सो अवधिभरिको तलव पनि पाइदैन

बेतलवी बिदा -नियम ६२ क

  • नेपाल सरकारबाट यो बिदा स्वीकृत हुनुपर्छ
  • एकै पटकमा वा पटक पटक गरी सेवा अवधि भरि ५ बर्षसम्म बेतलवी बिदा लिन सकिन्छ ।

सट्टा बिदा -नियम ७०

  • विमानस्थल, अस्पताल, वारुणयन्त्र, हुलाक, संग्राहलयजस्ता सार्वजनिक बिदाको दिनमा पनि काम गर्नुपर्ने कार्यालयहरुमा कार्यरत निजामती कर्मचारीहरुले सार्वजनिक बिदाको दिन काम गरे वापत सट्टा तलवी बिदा पाउन सक्नेछ ।
  • त्येस्तो बिदा १ बर्षमा पालो मिलाई बस्नु पर्नेछ ।

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 62
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1552
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 54
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 113
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 117
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA