Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोरखापत्र लोकसेवा तयारी सामग्री ,१३ वैशाख २०८० बुधबार

  • Prija Shrestha
  • April 26, 2023
  • 521

गोरखापत्र लोकसेवा तयारी सामग्री ,१३ वैशाख २०८० बुधबार

गोरखापत्र लोकसेवा तयारी सामग्री ,१३ वैशाख २०८० बुधबार

१. नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९ कस–कसलाई प्रदान गरियो ?

  • सङ्गीत विधातर्फ : गायक तथा सङ्गीतकार गणेश रसिक, 
  • लोकसङ्गीत विधातर्फ : लोकगायक नवीनकिशोर राई,
  • परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ : सङ्गीतकार विजयकुमार श्रेष्ठ,
  • रङ्गमञ्च विधातर्फ : नाट्य निर्देशक भैरव क्षेत्री,
  • नाटक विधातर्फ : नाट्यकर्मी प्रा. डा. रामचन्द्र पोखरेल र 
  • नृत्य विधातर्फ : लोक नृत्यकार कुलमान नेपाली 

२. एकदिवसीय क्रिकेटको इतिहासमा सर्वाधिक तेज विकेट लिई विश्व कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडीको हुन्?

  • सन्दीप लामिछाने 
  • सन्दीपले ४२ खेलमा एक सय विकेट हासिल गर्दै विश्व कीर्तिमान कायम गरेका । 
  • यसअघि सबैभन्दा तेज एक सय विकेटको कीर्तिमान अफगानिस्तानका लेग स्पिनर रसिद खान (४४ खेलमा १०० विकेट)को नाममा थियो । 
  • त्रि.वि. खेल मैदानमा २०८० वैशाख ८ (२०२३ अप्रिल २१) मा ओमानविरुद्ध भएको खेलमा आफ्नो पहिलो ओभरको तेस्रो बलमा नै आदिल सफिकलाई एलबीडब्लूको धरापमा पारेर उनले सो कीर्तिमान हासिल गरेका । उनी एकदिवसीय खेलमा एक सय विकेट लिने नेपालका पहिलो बलर पनि बनेका ।

३. वानिरा प्रज्ञा पुरस्कार (वि.सं. २०८० मा) कसलाई प्रदान गरियो ?

  • प्राज्ञ वैरागी काइँला
  • नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनमा निरन्तर समर्पित प्राज्ञ काइँलालाई सो पुरस्कार प्रदान गरिएको ।
  • पुरस्कार राशि रु. एक लाख रहेको । 
  • त्यसैगरी ५० हजार रुपियाँ राशिको ‘वानिरा पुरस्कार’ कवि गोपाल पराजुलीलाई प्रदान गरिएको । 
  • वानिरा सेवा पुरस्कार (पुुरस्कार राशि: २५,०००।–)बाट साहित्यकार भीमबहादुर बोटे सम्मानित भएका । 

४. वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको निधन कहिले भएको हो ?

  • वि.सं. २०८० वैशाख २
  • सय वर्षको उमेरमा उहाँको निधन भएको ।
  • यसअघि सत्यमोहन जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । 
  • शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशी विगत ८३ वर्षदेखि विवाह बन्धनमा बाँधिनुभएको थियो ।
  • राधादेवी जोशीको शरीर किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई प्रदान गरिएको । जोशी दम्पतीले २०७७ साल माघ ३० गते राजधानीमा आयोजित ‘शरीर दान घोषणा सभा’मार्फत चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि सो कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो ।

५. विराटनगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा कहिले गरिएको हो ?

  • वि.सं. २०८० वैशाख ३

६. गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यअनुरूप संयुक्त राष्ट्रसङ्घद्वारा विश्व शान्ति वर्षका रूपमा कहिले मनाइएको हो ?

  • सन् १९८६

७. मैथिली संस्कृतिमा नयाँ वर्षको सुरुवात कहिलेदेखि भएको मानिन्छ ?

  • वैशाख २
  • मिथिला क्षेत्रमा बसोबास गर्ने मिथिलावासीले विक्रम संवत् सुरु भएको दोस्रो दिन मनाउने ।
  • यो पर्वमा वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु र प्रगतिको कामनासहित ज्येष्ठ सदस्यले आपूmभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर पर्व मनाइने । 
  • जुडशीतल पर्वलाई वैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणले समेत महìवपूर्ण मानिएको । शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालासम्बन्धी रोगसमेत नलाग्ने विश्वास रहेको । 
  • बढ्दो गर्मीका माझ आरम्भ हुने जुडशीतललाई जीवनमा शीतलता दिने पर्वका रूपमा लिइने । 
  • थारू समुदायमा यो पर्व सिरुवा पर्वका नामले मनाइने । 

८. नेपाल दूरसञ्चार प्राधिकरणद्वारा एमडीएमएस सिस्टम कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?

  • वि.सं. २०७९ भदौ ३०
  • अवैध रूपमा राजस्व नतिरी नेपाल भिœयाइएका मोबाइल प्रयोग गर्न नदिने उद्देश्यका साथ यो प्रणाली सञ्चालनमा ल्याइएको।
  • नेपालमा दर्ता नभएका मोबाइल नेपालको कुनै पनि मोबाइल नेटवर्कमा सञ्चालन हुन नसक्ने विद्युतीय प्रणाली नै एमडीएमएस हो । 
  • एमडीएमएसको पूरा रूप मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम हो । 

९. १५औँ संस्करणको एसिया कप क्रिकेट, २०२२ को उपाधि विजेता राष्ट्र कुन हो ?

  • श्रीलङ्का 
  • प्रतियोगिता सञ्चालन मिति : सन् २०२२ अगस्ट २७–सेप्टेम्बर ११
  • आयोजक राष्ट्र : युएई
  • सहभागी राष्ट्र : छ (भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र हङकङ)
  • श्रीलङ्कामा हुने भनिएको यो प्रतियोगिता युएईमा सारिएको ।
  • चौधौँ संस्करणको विजेता भारत तथा उपविजेता बङ्गलादेश रहेका । 

१०. नेपाल राष्ट्र बैङ्कले सुन निक्षेपको व्यवस्था कहिले गरेको हो ?

  • वि.सं. २०७६ फागुन २२
  • व्यक्तिसँग भएको सुनलाई बैङ्कमा डिपोजिट गरी ब्याज प्राप्त गर्न सकिने । 
  • ‘क’ वर्गका वाणिज्य बैङ्कमा सुन निक्षेप गर्न सकिने । 
  • ब्याजदर सुन निक्षेप स्वीकार गर्ने बैङ्कले नै गर्ने । 
  • सुनको परिमाण न्यूनतम २५ ग्राम हुनुपर्ने । 
  • निक्षेपको अवधि : न्यूनतम तीन वर्षदेखि अधिकतम पाँच वर्ष । 

११. ब्रेन पुलिङ भनेको के हो ?

  • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा विदेशमा रहेका नेपाली प्राविधिक÷वैज्ञानिकलाई नेपाल बोलाई देश विकासमा सरिक गराउन ‘फर्क है फर्क वैज्ञानिक, तिमीलाई डाक्छ नेपाल’ भन्ने आह्वानका साथ सञ्चालित कार्यक्रम । 

१२. सन् २०२२ मेमा भएको विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा सर्ट फिल्म विधातर्पm स्पेसल मेन्सन अवार्डबाट सम्मानित नेपाली वृत्तचित्र कुन हो ?

  • लोरी (अविनाशविक्रम शाहद्वारा निर्देशित) 

१३. ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तकका लेखक को हुन् ?

  • भीमनारायण रेग्मी

१४. सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला चिकित्सक को हुन् ?

  • डा. प्रीति भुसाल (वि.सं. २०७९ वैशाख २९)
  • ग्रान्डी अस्पतालमा कार्यरत चिकित्सक डा. प्रीति भुसालले सो आरोहण गर्दै नयाँ रेकर्ड कायम गरेकी । 
  • जलवायु परिवर्तनको असर कम गर्नुपर्ने र हिमालय क्षेत्रमा बढ्दो प्रदूषण रोक्नुपर्ने सन्देश विश्वभर पु¥याउन भन्दै उनीसहितको टोली गत २९ चैतमा सगरमाथा यात्रामा निस्किएको थियो । 

१५. नेपालको प्रतिनिधि सभाले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन कहिले गरेको हो ?

  • वि.सं. २०७८ फागुन १५ (सन् २०२२ फेबु्रअरी २७)

१६. ‘ज्येष्ठ पत्रकार वृत्ति’ वितरणको सुरुवात कहिलेदेखि गरिएको हो ?

  • वि.सं. २०७९ साउन ९
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा प्रसारण विभागमार्पmत ज्येष्ठ पत्रकार वृत्ति वितरण सुरु गरेको । 
  • पत्रकारत्रय चिरञ्जीवी अर्याल, निरोधराज पाण्डे र पद्मभक्त खरेललाई पहिलो वृत्ति प्रदान गरिएको । 
  • सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वृत्ति वितरणको प्रारम्भ गरेका । 
  • पत्रकार वृत्ति स्थापना तथा सञ्चालन निर्देशिका, २०७५ र पत्रकार वृत्ति कोष सञ्चालन मापदण्ड, २०७८ बमोजिम वृत्ति वितरण गरिएको । 
  • ३० वर्ष निरन्तर पत्रकारिता गरेका तथा ६५ वर्ष उमेर पुगेका पत्रकारलाई मासिक रूपमा वृत्ति प्रदान गरिने । 

उमेर समूह रकम (मासिक)

६५–६९ वर्ष रु. ५०००

७०–७५ वर्ष रु. ७०००

७६–८० वर्ष रु. १०,०००

८१ वर्षभन्दा माथि रु. १५,०००

१७. प्रतिष्ठित भारतीय क्रिटिक्स च्वाइस अवार्ड–२०२३ मा बेस्ट सर्ट फिल्म र बेस्ट सिनेम्याटोग्राफी अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ?

  • द साइलेन्ट इको (निर्देशक : सुमन सेन)
  • बलिउड अभिनेता राजकुमार रावले निर्माता रामकृष्ण पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गरेका । 
  • अवार्ड फिल्म क्रिटिक्स गिल्ड अफ इन्डियाले बर्सेनि प्रदान गर्ने । 

१८. ‘इन्टरनेसनल बाउन्ड्रिज अफ नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

  • सीमाविद् बुद्धिनारायण श्रेष्ठ 
  • यो पुस्तक अङ्गे्रजी भाषाबाहेक अन्य आठ भाषामा लातिभिया ल्याम्बर्ट एकेडेमिक पब्लिसिङले प्रकाशित गरेको । 
  • फ्रेन्च, स्पेनिस, जर्मन, डच, इटालियन, रुसी, पोर्चुगिज र पोलिस भाषामा प्रकाशन गरिएको । 

१९. राष्ट्रिय जनगणना, २०७८ अनुसार नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या कति रहेको छ ?

  • ६६.२ प्रतिशत (गाउँपालिका : ३३.८ प्रतिशत), राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा २०७९ चैत १० मा प्रकाशित नतिजाअनुसार नगरपालिकाको जनसङ्ख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या ३३.८३ प्रतिशत रहेको उल्लेख गरेको ।
  • राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८० वैशाख १० मा सार्वजनिक गरेको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्या विवरणअनुसार (कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ मध्ये) ः 
  • नगरपालिकाको जनसङ्ख्या ः एक करोड ९२ लाख ९६ हजार ७८८
  • गाउँपालिकाको जनसङ्ख्या : ९८ लाख ६७ हजार ७९०
  • नगरपालिकाको जनसङ्ख्या वृद्धिदर : १.३६ प्रतिशत र गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर : ०.११ प्रतिशत रहेको । 
  • नगरपालिकाको जनघनत्व : ३७३/व.कि.मि.
  • गाउँपालिकाको जनघनत्व : १०५/व.कि.मि.
  • नगरपालिकामा अक्सर बसोबास गर्ने प्रतिपरिवार औसत सदस्य : ४.३१
  • गाउँपालिकामा अक्सर बसोबास गर्ने प्रतिपरिवार औसत सदस्य : ४.५१
  • २०६८ सालको जनगणनाअनुसार सहरी क्षेत्रको जनसङ्ख्या १७.१ र ग्रामीण क्षेत्रको जनसङ्ख्या ८२.९ प्रतिशत रहेको । 
  • सङ्घीय संरचनापछि समायोजित हुँदा नगरपालिकाको जनसङ्ख्या ६३.१९ र गाउँपालिकाको जनसङ्ख्या ३६.८१ प्रतिशत रहेको थियो । 

२०. नेपालले पहिलोपल्ट एकदिवसीय क्रिकेटको मान्यता कहिले प्राप्त गरेको हो ?

  • सन् २०१८
  • क्रिकेट खेलमा नेपालको उपलब्धि 
  • सन् २०१० : विश्व डिभिजन–५ विजेता 
  • सन् २०१२ : आईसीसी विश्व डिभिजन–४ विजेता
  • सन् २०१२ : एसीसी ट्रफी च्याम्पियन 
  • सन् २०१३ : आईसीसी विश्व डिभिजन–३ विजेता 
  • सन् २०१३ : विश्वकप छनोट (डिभिजन २ बाट)
  • सन् २०१३ : टी–२० विश्वकप छनोट 
  • सन् २०१४ : टी–२० विश्वकपमा सहभागी
  • सन् २०१४ : विश्वकप छनोटमा नवौँ स्थान
  • सन् २०१५ : एसीसी टी–२० कपमा सहभागी
  • सन् २०१८ : एकदिवसीय मान्यताप्राप्त 
  • सन् २०१८ : आईसीसी विश्वकप छनोटमा आठौँ स्थान
  • सन् २०२३ : एकदिवसीय मान्यता पुनः प्राप्त 
  • सन् २०२३ : आईसीसी विश्वकप छनोटमा स्थान

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 86
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 77
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 61
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 110
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 50
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA