Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लुम्बिनी प्रदेशमा ५ औ तहलाई सोधिएका प्रश्नहरु २०८१ वैशाख

  • Susmita Shrestha
  • May 11, 2024
  • 759

लुम्बिनी प्रदेशमा ५ औ तहलाई सोधिएका प्रश्नहरु २०८१ वैशाख

लुम्बिनी प्रदेशमा ५ औ तहलाई सोधिएका प्रश्नहरु २०८१ वैशाख

1. नेपालमा चराको राजधानी भनेर कुन ताललाई चिनिन्छ ?

A) फोक्सुण्डो

B) विसहजारी

C) घोडाघोडी

D) जगदीशपुर

2. दिइएका भनाइमध्ये कुनचाहि सहि छ पत्ता लगाउनुहोस् ।

A) विरालो, सर्प, भ्यागुता, व्वाँसो प्राथमिक उपभोक्ता हुन ।

B) अक्सिजन, नाइट्रोजन, कार्वन र विभिन्न लवणहरु वनस्पति र जनावर हुँदै पुनः वातावरणमा नै फर्कने क्रियालाई भू-रासायनिक चक्र भनिन्छ ।

C) माटोमा हुने स्वतन्त्र जिवाणुलाई नाइट्रेड व्याक्टोरिया भनिन्छ ।

D) हावा, सौर्य उर्जा, माटो, पानी आदि जैविक तत्वहरु हुन ।

3. नेपाल र तिब्बतबीच सन् १७८९ मा भएको सन्धिलाई के नामले चिनिन्छ ?

A) वेत्रावती सन्धि

B) केरुङ सन्धि

C) थापाथली सन्धि

D) ल्हासा सन्धि

4. नेपालसँग दौत्यसम्बन्ध कायम भएका मुलुकहरुको पहिलेदेखि पछिसम्मको क्रममा कुनचाँहि सहि छ ?

A) भारत, चीन, दक्षिण अमेरिका, अष्ट्रेलिया

B) चीन, भारत, अष्ट्रेलिया, दक्षिण अमेरिका

C) भारत, अष्ट्रेलिया, दक्षिण अमेरिका, चीन

D) दक्षिण अमेरिका, भारत, चीन, अष्ट्रेलिया

5. तलका भनाइहरु ठीक र बेठीक छुट्याउनुहोस् ।

१) सन् २०२४ फेब्रुअरीमा अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रकाशन गरेको तथ्याङ्क अनुसार विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुक बेलायत हो ।

२) नेपाल र स्विटजरल्याण्डबीच वि.सं.२०८० माघ २३ मा द्विपक्षीय हवाई सम्झौता भएको हो ।

A) १ ठीक २ बेठीक

B) १ बेठीक २ ठीक

C) १ र २ दुवै ठीक

(D) १ र २ दुवै बेठीक

6. जोडा मिलाई उपयुक्त विकल्प छान्नुहोस् ।

क) नेपाली भाषाको प्रथम चलचित्र                  १) कुमारी

ख) प्रथम नेपाली चलचित्र                                २) राँको

ग) प्रथम नेपाली रंगिन चलचित्र                        ३) आमा

घ) प्रथम नेपाली सिनेमास्कोप चलचित्र            ४) हरिश्चन्द्र

A) क-१, ख २, ग-३, घ-४

B) क-२, ख १, ग-४, घ-३

C) क-४, ख-३, ग-२, घ-१

D) क-४, ख-३, ग-१, घ-२

7. सन् २०२३ को FIFA महिला विश्वकपको उपाधि कस्ले जितेको थियो ?

A) England

B) Spain

C) Sweden

D) Australia

8. सन् २०२३ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ?

A) Pierre Agostini

B) Drew Weissmen

C) Moungi Bawedi

D) Claundia Goldin

9. संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) ले सन् २०२४ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार मानव विकास सूचकांकमा नेपाल कति औं स्थानमा रहेको छ ?

A) १४३ औं

B) १४४ औं

C) १४५ औं

D) १४६ औं

10. निम्नलिखित क्रममा प्रश्नचिन्ह (?) राखिएको ठाउँमा के आउँछ ?
zao, byp, xcq, dwr, ?

A) evs

B) vet

C) eve

D) ves

Last letter: o, p, q, r , (s)
a, b , c, d alternate mid र first मा alternate हुदै गैरहेको छ. अब पालो e को बीचमा हुनु पर्छ ।
So answer is ves.

11. तल दिइएअनुसार प्रश्नचिन्ह (?) भएको स्थानमा के आउछ ?

EHN:: LMQ:                      NOW : : UVZ;                      FIO: : ?

A) LMQ

B) MNR

C) NOS

D) OPU

12. दिइएको व्यवस्थाको आधारमा दिइएको प्रश्नको जवाफ दिनुहोस् ।

A D 4 R % G 1 # O I + F E 2 M 5 $ Q @ L O C & 8 S X

माथिको श्रेणीमा कुन वर्ण दायाँ छेउबाट आठ को बायाँतिर तेस्रो हुन्छ ?

A) S

B) 5

C) S

D) L

13. एउटा टेबुलघडी टेबुलमाथि यस प्रकार राखिएको रहेछ कि बिहान 9 बजे घडीको सानो सुइले दक्षिण फर्केको थियो साँझ 4:30 उक्त सुइ कता फर्किएला ?

A) दक्षिण-पूर्व

B) दक्षिण-पश्चिम

C) उत्तर-पश्चिम

D) उत्तर-पूर्व

14. Here are some words translated from an artificial language.

migenlasan means cupboard

lasanpoen means boardwalk

cuopdansa means pullman

Which word could mean “walkway”?

A) poenmigen

B) cuopeisel

C) lasandansa

D) poenforc

15. समूहमा नमिल्ने कुन हो ?

A) KQ

B) DJ

C) SZ

D) RX

16. रातो ग्रह भनेर तलकामध्ये कुन ग्रहलाई चिनिन्छ ?

A) शनि

B) मंगल

C) शुक्र

D) बुध

17. तलका हिमालको उचाईसँग उपयुक्त जोडा मिलाउनुहोस ।

क) कंचनजंघा                          १) ८५८६ मि.

ख) ल्होत्से                                २) ८५१६ मि.

ग) मकालु                                ३) ८४६३ मि.

घ) अन्नपूर्ण                               ४) ८०९१ मि.

A) क-१, ख २, ग-३. घ-४

B) क-२, ख-१, ग-४, घ-३

C) क-३, ख-४, ग-१, घ-२

D) क-४, ख-३, ग-२, घ-१

18. विश्वको सबैभन्दा लामो नदीको रुपमा रहेको नाइल नदी कतिवटा देश भएर बग्दछ ?

A) १० वटा

B) ११ वटा

C) १२ वटा

D) १३ वटा

19. ७००० देखि ११००० फिट सम्मको उचाइमा कस्तो प्रकारको हावापानी पाइन्छ ?

A) न्यानो समशितोष्ण

B) उष्ण मनसुनी

C) लेकाली

D) ठण्डा समशितोष्ण

20. ढोरपाटन शिकार आरक्षले नछुने जिल्ला तलका मध्ये कुन हो ?

A) रुकुम पूर्व

B) बाग्लुङ

C) म्याग्दी

D) डोल्पा

21. नगरपालिकाको वर्गिकरणको प्रयोजनार्थ उपयुक्त जिल्लाको जोडा मिलाउनुहोस् ।

क) हिमाली जिल्ला                                           १) सुर्खेत

ख) पहाडी जिल्ला                                            २) डडेलधुरा

ग) भित्री मधेशको जिल्ला                                 ३) भक्तपुर

घ) काठमाण्डौ उपत्यकाको जिल्ला                  ४) धादिङ

A) क-२, ख-१, ग-३, घ-४

B) क-४, ख-२, ग-१, घ-३

C) क-१, ख-३, ग-२, घ-४

D) क-३, ख-४, ग-२, घ-१

22. काठमाण्डौ उपत्यकामा कस्तो हावापानी पाइन्छ ?

A) उपोष्ण

B) न्यानो समशीतोष्ण

C) शीतोष्ण

D) दिइएको कुनै पनि होइन

23. इतिहास र संस्कृतिसँग सम्बन्धित व्यक्ति र देशको सही जोडा मिलाउनुहोस ।

क) निकोलो मैकियावेली                                १) ब्रिटिस इतिहासकार

ख) माइकल फोकल्ट                                    २) मोरक्कल इतिहासकार

घ) अर्नोल्ड जोसेफ टायनवी                          ३) फ्रेञ्च इतिहासकार

ग) इब्न बतुता                                                ४) इटालियन विचारक तथा लेखक

A) क-२, ख-१, ग-४, घ-३

B) क-४, ख-३, ग-२, घ-१

C) क-३, ख-२, ग ४, घ-१

D) क-२, ख-३, ग-४, घ-१

24. नेपालमा त्रयी शासन कस्को पालमा चलेको थियो ?

A) राजेन्द्र वीर विक्रम शाह

B) सुरेन्द्र वीर विक्रम शाह

C) गिर्वाण युद्ध वीर विक्रम शाह

D) प्रताप सिंह शाह

25. लिच्छविकालमा कपडामा लगाइने करलाई के भनिन्थ्यो ?

A) भागकर

B) मल्लकर

C) चैलकर

D) सिंकर

26. चित्रको क्रमलाई कुन विकल्पले पुरा गर्दछ ?

A) a

B) b

C) c

D) d

27. निम्न आकृतिहरुमा चारवटा आकृतिहरु निश्चित रुपमा समान छन्। यी आकृतिहरु मध्ये फरक एक आकृति पत्ता लगाउनुहोस् ।

A) P

B) Q

C) S

D) T

28. चित्रहरु 1, 2, 3 र 4 को बीच एकरुपता छ। त्यस्तै एकरुपता भएको चित्रहरु कुन हो दिईएको विकल्पहरु A, B, C D चित्रहरु मध्येबाट खोज्नुहोस ।

A) A

B) B

C) C

D) D

29. Father, Mother र child लाई प्रतिविम्बित गर्ने भेनचित्र पहिचान गर्नुहोस् ।

A) A

B) B

C) C

D) D

30. तल उल्लेखित प्रश्न चित्र (X) को आकृति कुन चित्रमा लुकेको वा खाँदिएको छ ? सो चित्र छान्नुहोस् ।

A) A

B) B

C) C

D) D

31. प्रश्नचिन्हमा रहेको खाली ठाउँमा मेट्रिक्स विकल्पबाट छनौट गरी पुरा गर्नुहोस् ।

A) A

B) B

C) C

D) D

32. कमबाट बढी बोलिने भाषाको क्रममितानमा दिइएको कुन ठीक हो ?

A) थारु, मैथली, भोजपुरी, नेपाली

B) भोजपुरी, थारु, मैथली, नेपाली

C) भोजपुरी, मैथली, थारु, नेपाली

D) थारु, भोजपुरी, मैथली, नेपाली

33. पशुपतिनाथको मन्दिर नेपाली वास्तुकलाको कुन शैलीमा निर्माण भएको छ ?

A) प्यागोडा शैली

B) शिखर शैली

C) मिश्रित शैली

D) गुम्बज शैली

34. ‘स्वर्गको दरबार’ कृतिका लेखक को हुन् ?

A) धर्मभक्त माथेमा

B) गंगालाल श्रेष्ठ

C) शुक्रराज शास्त्री

D) विवेक कुमार शाह

35. निम्न विषयमा सही जोडा मिलाउनुहोस ।

क) मैथली भाषाका महाकवि                                        १) भक्तराज आचार्य

ख) राउटे समुदायका मुखिया                                       २) पारिजात

ग) भजन शिरोमणि                                                      ३) विद्यापति

घ) मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला                    ४) मानबहादुर

A) क-४, ख-३, ग-२, घ-१

B) क-२, ख-१, ग-४, घ-३

८) क-३, ख-२, ग-१, घ-४

D) क-३, ख-४, ग-१, घ-२

36. उत्पादन क्षमताका आधारमा तलकामध्ये कुन क्रम सही ही ?

(A) मध्यमर्स्याङ्दी, सोलु दुधकोशी, भोटेकोशी, सुपरमादी

B) सोलु दुधकोशी, मध्यमर्स्याङ्दी, भोटेकोशी, सुपरमादी

C) सोलु दुधकोशी, मध्यमर्स्याङ्दी, सुपरमादी, भोटेकोशी

D) मध्यमर्स्याङ्दी, सोलु दुधकोशी, सुपरमादी, भोटेकोशी

37. पन्ध्रौं पञ्चवर्षीय योजनाको अनुमानित आर्थिक वृद्धिदर कति   प्रतिशत हुने अनुमान गरिएको थियो ?

(A) १०.३ प्रतिशत

B) ८.१ प्रतिशत

C) ९.५ प्रतिशत

D) ९ प्रतिशत

38. निम्न कार्यका लागि प्रसिद्ध जिल्लाहरुको सही जोडा मिलाउनुहोस ।

क) कफी                                        १) पाल्पा

ख) अष्ट्रिच पालन                            २) गुल्मी

ग) सारस प्रजनन केन्द्र                   ३) रुपन्देही

घ) रानीमहल दरबार                     ४) कपिलवस्तु

A) क-२, ख-३, ग-४, घ- १

B) क-४, ख-३, ग-२, घ-१

C) क-२, ख-१, ग-४, घ-३

D) क-३, ख ४, ग-१, घ-२

39. कुन जोडा सही छैन ।

A) सुकेनास = कार्बोहाइडेट र प्रोटिन

B) फुकेनास = प्रोटिन

C) बेरिबेरी = भिटामिन सि

D) रिगेट्स = भिटामिन डि

40. विश्वमा इमेलको शुरुवात कहिले देखि भएको थियो ?

A) सन् १९७१

B) सन् १९७२

C) सन् १९७३

D) सन् १९७६

41. क्षयरोगविरुद्ध दिइने खोपलाई के भनिन्छ ?

A) DPT

B) BCG

C) TT

D) HPV

42. तल दिइएको क्रम अनुसार प्रश्नचिन्ह भएको स्थानमा कुन अंक आउछ ?
4, 9, 12, 7, 14, 19, 10, 2, 26

A) 18

B) 19

C) 20

D) 21

43. प्रश्नचिन्हलाई कुन संख्याले प्रतिस्थापन गर्दछ ?
8:36:72: ?

A) 344

B) 356

C) 364

D) 376

44. Find the missing character.


A) 16

B) 21

C) 61

D) 81

45. A shopkeeper expects a gain of 22.5% on his cost price. If in a week, his sale was of Rs. 392, what was his profit ?

A) Rs.18.20

B) Rs.70

C) Rs. 72

D) Rs. 88.25

46. यदि एक ३९ वर्षीय पुरुषको स्थानमा नयाँ पुरुष आउँछ भने, २८ पुरुषको औषत उमेर १.५ वर्षले बढ्छ । नयाँ मानिसको उमेर कति हो ?

A) ४१ वर्ष

B) ५४ वर्ष

C) ७९ वर्ष

D) ८१ वर्ष

47. If 2994 / 14.5 = 172, then 29.94 / 1.45=?

A) 0.172

B) 1.7

C) 17.2

D) 172

48. P र Q ले कुनै एउटा काम मिलेर 24 दिनमा पूरा गर्न सक्छन। उनीहरुले मिलेर 6 दिनसम्म काम गरे; त्यसपछि Q ले काम छोड्यो रP ले बाँकी काम अर्को 9 दिनपछि पुरा गन्यो भने त्यो काम P एक्कैले कति दिनमा पूरा गर्न सक्छ ?

A) 12 दिन

B) 15 दिन

C) 16 दिन

D) 18 दिन

49. प्रतिकिलो रु. ११५ र रु. १२८ पर्ने दुई किसिमको चिनी मिलाएर रु. १५० प्रतिकिलोमा बेच्दा २०% नाफा मिल्ने गरी कुन अनुपातमा चिनी मिलाउनुपर्छ ?

A) ३ : १०

B) ४ : ९

C) ४:५

D) १० : ७

50. ओजन तहको विनासमा कुन ग्याँस बढी दोषी छ ?

A) Chlorine

B) Carbon Monoxide

C) Carbon Dioxide

D) Chlorofluorocarbon

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 49
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 64
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 55
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA