Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कर्णाली प्रदेश चौथो २०८१/०२/०५ लोकसेवामा सोधिएको प्रश्न

  • Binisha Pradhan
  • May 19, 2024
  • 806

कर्णाली प्रदेश चौथो २०८१/०२/०५ लोकसेवामा सोधिएको प्रश्न

कर्णाली प्रदेश चौथो २०८१/०२/०५ लोकसेवामा सोधिएको प्रश्न

प्रदेश लोक सेवा आयोग,

कर्णाली प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह, सहायकस्तर चौथो तह, सहायक पदको

खुला प्रतियोगितात्मक लिखित परीक्षा

मितिः २०८१।०२।०५

 

KEY [C]

चरणः प्रथम                                                                       समयः ४५ मिनेट                                                                          पूर्णाङ्कः १००

विषयः सामान्य ज्ञान र सामान्य बौद्धिक परीक्षण                                                                                                  अङ्कभारः २०x५०=१००

उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रुपले उल्लेख गर्नुपर्नेछ। KEY उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ। परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन।

 

१. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले गरिवी निवारणको सम्बन्धमा लिएको लक्ष्य के हो?

  1. निरपेक्ष गरिवीलाई १८% मा झार्ने।
  2. बहुआयामिक गरिवीलाई २५% मा झार्ने।
  3. निरपेक्ष गरिवीलाई १८% र बहुआयामिक गरिवीलाई २५% मा ल्याउने।
  4. निरपेक्ष गरिवीलाई १०% र बहुआयामिक गरिवीलाई १५% मा ल्याउने।

 

२. पन्ध्रौं योजनाले वायु प्रदुषणको औसत मात्रा कति प्रति माइक्रोग्राम घनमिटरमा झार्ने लक्ष्य लिएको छ?

  1. २५
  2. ३०
  3. ४०
  4. ४५

 

३. जैविक विविधता शब्द कुन दशकबाट प्रयोगमा आएको थियो?

  1. सन् १९७०
  2. सन् १९६०
  3. सन् १९८०
  4. सन् १९९०

 

४. बिमस्टेक (BIMSTEC) को सचिवालय कहाँ रहेको छ?

  1. थाइल्याण्डको बैङ्कक
  2. बङ्गलादेशको ढाका
  3. भारतको दिल्ली
  4. भुटानको थिम्पु

 

५. UN को अङ्ग अन्तर्राष्ट्रिय न्यायालय कुन देशमा रहेको छ?

  1. आइसल्याण्ड
  2. फिनल्याण्ड
  3. नेदरल्याण्ड
  4. आयरल्याण्ड

 

६. अणुबमका पिता भनेर कसलाई चिनिन्छ?

  1. अलवर्ट आइन्सटाइन
  2. ग्यालिलियो ग्यालिली
  3. सर आइज्याक न्यूटन
  4. माइकल फराडे

 

७. मोवाइल फोनमा प्रचलनमा रहेको SMS को पुरा रुप के हो?

  1. Simple Message Service
  2. Small Message Service
  3. Short Message Service
  4. Secret Message Service

 

८. नेपालको स्ट्याण्डर्ड नापतौल सम्बन्धी नियम अनुसार ढकको सतह कस्तो हुनुपर्दछ?

  1. यथासक्य चिल्लो
  2. यथासक्य खस्रो
  3. यथासक्य खोट भएको
  4. आवश्यकता अनुसार

 

९. फिफाले विश्वकपमा डोपिङ परीक्षणको सुरुवात कहिलेदेखि गर्न थालेको हो?

  1. सन् १९७८
  2. सन् १९६६
  3. सन् १९७०
  4. सन् १९७४

 

१०. नेपालमा डिजिटल भिसा प्रणालीको शुरुवात कहिले देखि भएको हो?

  1. वि.सं. २०७७ असार १४
  2. वि.सं. २०७७ पौष १४
  3. वि.सं. २०७८ असार १४
  4. वि.सं. २०७८ पौष १४

 

११. “छाना : घर” जस्तै मिल्ने जोडा कुन हुन्छ? [Verbal Analogy]

  1. पाठशाला : प्रधानाध्यापक
  2. विर्को : बोतल
  3. मन्दिर : गजुर
  4. झ्याल : पर्दा

घरको सबैभन्दा माथिल्लो भाग छाना भएजस्तै बोत्तलको सबैभन्दा माथिल्लो भाग  विर्को हो ।

 

१२. तलका शब्दहरुमध्ये अन्यभन्दा फरक कुन छ? छान्नुहोस् । [Verbal Classification]

  1. Frost
  2. Dew
  3. Fog
  4. Monsoon

Monsoon बाहेक अरु सबै precipitation का विभिन्न स्वरुप हुन् ।

 

१३. गोपाल आफ्नो घरबाट पश्चिमतिर हिड्छन्। ३० मिटर पैदल हिडेपछि उनी दायाँतिर फर्किए र २० मिटर हिँडे। त्यसपछि उनी बायाँ मोडिए र १० मिटरको दुरीमा सर्दै फेरि आफ्नो बायाँतिर फर्किए र ४० मिटर हिँडे। उनी अव बायाँ घुम्छन् र ५ मिटर हिँड्छन् । अन्ततः बायाँतिर फर्कन्छन् भने अहिले उनी कुन दिशामा हिडिरहेका छन्? [Verbal Direction and Distance]

  1. North
  2. South
  3. East
  4. South-west

 

१४. यदि कुनै कोड भाषामा BAZAR को कोड ABYBQ भए MARKET को कोड के होला? [Verbal Code Decode]

  1. NCRMEV
  2. LBRTVS
  3. LBQLDU
  4. NZCLDU

 

१५ . दिइएका शब्दहरुलाई अर्थपूर्ण क्रममा मिलाउनुहोस् । [ Verbal Ranking Order]

१) हाँगा

२) पात

३) फूल

४) फल

५) रूख

  1. ५१२३४
  2. ४२१५३
  3. १२३५४
  4. १३२४५
सहि क्रम रुख हाँगा पात फूल फल
५ १ २ ३ ४

 

१६. Stone को Onset भएझैँ Friend को के हुन्छ? [ Verbal Analogy]

  1. Ruined
  2. Rifted
  3. Refind
  4. Editor
f r i e n d
r e f i n d

दोस्रो, पहिलोको पुर्नब्यबस्थित रुप हो ।

(Anagram pair भन्न सकिन्छ )

 

१७. Fill the blank in the series. 22, 24, 28, ?, 52, 84 [Verbal Series]

  1. 36
  2. 38
  3. 42
  4. 46

 

१८. ९ मिटर लम्बाई, ६ मिटर चौडाई र ८ मिटर उचाई भएको एउटा कोठाको क्षेत्रफल पत्ता लगाउनुहोस् । [Numerical Arithmetic]

  1. ७८ व. मि.
  2. ४८ व. मि.
  3. ५४ व. मि.
  4. ७२ व. मि.

क्षेत्रफल = ९ × ६ = ५४ वर्ग मि

 

१९. १७ लाई २ ले गुणन गरी आएको गुणनफललाई २ ले भाग गरी २ घटाउँदा कति बाँकी रहन्छ? [ Numerical Numbers and Digit]

  1. १२
  2. १९
  3. १३
  4. १५

१७ × २ = ३४ / २ = १७ – २ = १५

 

२४. ७० को कति प्रतिशत १४ हुन्छ? [Numerical Percentage]

  1. ५%
  2. १०%
  3. १५%
  4. २०%

१४/-७० × १००% = २०%

 

२१. एउटा हल १५ मिटर लामो र १२ मिटर चौडा छ। यदि भुइँ र सिलिंगको क्षेत्रफलको योगफल र चारवटै पर्खालको क्षेत्रफलको योगफल बराबर रहेको छ भने उक्त हलको आयतन कति हुन्छ? [ Numerical Arithmetic ]

  1. ७२० घ. मि.
  2. ९०० घ. मि.
  3. १२०० घ. मि.
  4. १८०० घ. मि.

2lb = 2h(l+b)

= 2×15×2

= 2h (15+12)

h = 15 × 12 / 27

= 20/3

आयतन= l × b × h

= 15 × 12 × 20/3

= 1200 घ. मि.

 

२२. The expression (11.98×11.98+11.98xx+0.02×0.02) will be a perfect square for x equal to; (अभिव्यक्ति (11.98×11.98+11.98×x+0.02×0.02) x बराबरको लागि पूर्ण वर्ग कति हुन्छ? [ Quantitative Decimal]

  1. 0.02
  2. 0.2
  3. 0.04
  4. 0.4

11.98×11.98+11.98×x+0.02×0.02

= (11.98)² + 11.98×x+(0.02)²

यो पुर्न वर्ग हुनको लागि,

11.98×x= 2×11.98×0.02

x = 2 × 0.02 = 0.04

 

२३. एउटा पसलको सम्पूर्ण सामानको विक्रिमा ६५% नाफा रहेछ। यदि लागतमा २०% ले वृद्धि भयो तर विक्रि मूल्य स्थिर रहेमा उक्त पसललाई कति प्रतिशत नाफा होला? [Quantitative/Numerical Profit and Loss]

  1. २५.५%
  2. २६.२७%
  3. २६.७३%
  4. ३७.५ %

Let C.P1 = 100
सुरुमा 65% नाफा छ so, S.P1 = 165
लगानीमा २०% व्रिद्धी so, C.P2 = 120
विक्रि मूल्य स्थिर रहेकाले S.P2 = S.P1= 165
Profit% = (S.P2 – C.P2)/CP2×100
= 165-120/120×100
= 37.5%

लोकसेवाको परिक्षामा भने कुनै पनि विकल्प सहि थिएन ।

 

१४. तल दिइएको अनुसार प्रश्नचिन्ह रहेको स्थानमा कुन चित्र रहन्छ? [Non verbal Figure matrix]

Answer B :  प्रत्येक row मा चित्र 45º ACW को दरले घुम्दै गएको छ ।

 

२५. रिक्त स्थानमा मिल्दो A, B, C र D मध्ये कुन हो, छान्नुहोस्।

पहिलो row मा 4 खण्ड भएका आकृतिहरु छन् । दोस्रो row मा 2 खण्ड भएका आकृतिहर, छन । तेस्रो row मा एउटा चित्र भित्र अर्को फरक चित्र रहेको छ। माथिका दुई row  हरुमा वर्ग, वृत्त र त्रिभूज नदोहोरिकन एक-एक पटक मात्र आएका छन् । विकल्प (B) गलत हुन्छ किनकि भित्रपट्टि वृत्त भएको design तेस्रो row को पहिलो कोठामै छ। अतः सहि उत्तर विकल्प (c) हुन्छ ।

 

२६. दिइएका चित्रहरुमध्ये कुन चित्रले मोबाइल, टेलिफोन र ल्यापटपलाई सबैभन्दा राम्रोसँग जनाउँछ? १) मोबाइल २) टेलिफोन ३) ल्यापटप [ Non-verbal Venn Diagram]

Answer D

 

२७. Problems चित्रबाट उस्तै विशेषताहरु भएको उत्तर चित्र छान्नुहोस्। [Non verbal Analogy]

Ans (D) हरेक चरणमा अघिल्लो चित्रको water image बन्दै एक नयाँ रेखा थपिंदै गएको छ।

 

२८. तल दिईएका चित्रवाट Figure X जस्तै विशेषता भएको उपयुक्त चित्र छान्नुहोस् । [Non verbal analogy]

Ans (D) प्रश्न चित्रमा फरक फरक size भए दुई उस्तै आकृतिहरु विपरीत दिशातर्फ फर्केका छन् । यस्तै विशेषता भएको चित्र विकल्प (D) हो।

 

२९. अरुभन्दा फरक चित्र छान्नुहोस् । [non verbal classification]

विकल्प (B) बाहेक अन्य सबै चित्रहरुमा vertical र horizontal दुवै symmetry रहे‌को छ भने (B) मा चाहिँ vertical symmetry मात्र छ।

 

३०. चित्र X को दर्पण आकृति दिइएको विकल्पहरु A, B, C र D मध्येबाट छान्नुहोस् । [non verbal mirror image]

  1. A
  2. B
  3. C
  4. D

 

३१. पृथ्वीको भूमध्य रेखीय व्यास र ध्रुवीय व्यासबीच कति दूरीको फरक छ?

  1. ३७ कि.मी.
  2. ४२ कि.मी.
  3. ४७ कि.मी.
  4. ५२ कि.मी.

 

३२. तलकामध्ये सबैभन्दा बढी उचाईमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो?

  1. रारा
  2. शे-फोक्सुण्डो
  3. खप्तड
  4. सगरमाथा

 

३३. याला भंज्याङ कुन जिल्लामा पर्छ?

  1. डोल्पा
  2. हुम्ला
  3. मुगु
  4. दार्चुला

 

३४. तलकामध्ये कुन खनिज पदार्थलाई रणनीतिक खनिज भनेर चिनिन्छ?

  1. तामा
  2. युरेनियम
  3. फलाम
  4. सुन

 

३५. सोमवंशी राजाहरुको शासन केन्द्र कहाँ थियो?

  1. गोकर्ण
  2. कीर्तिपुर
  3. गोदावरी
  4. मातातीर्थ

 

३६. तलकामध्ये कुन पर्वलाई राजाले घटाएको पर्व भनिन्छ?

  1. भण्डारखाल पर्व
  2. कोत पर्व
  3. अलौ पर्व
  4. मकै पर्व

 

३७. पाण्डिकी अड्डा कहाँ रहेको थियो?

  1. हनुमानढोका दरवार
  2. पाटन दरवार
  3. सिंहदरवार
  4. पचपन्न झ्याले दरवार

 

३८. किराँती राजा यलम्वरको शालिक कुन जिल्लामा रहेको छ?

  1. ताप्लेजुङ
  2. भोजपुर
  3. संखुवासभा
  4. तेह्रथुम

 

३९. मध्यपहाडी लोकमार्गको लम्बाई कति रहेको छ?

  1. १०६४ कि.मी.
  2. १७७६ कि.मी.
  3. १६७८ कि.मी.
  4. ११४३ कि.मी.

 

४१. कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा शिक्षा क्षेत्रको लक्ष्य तलकामध्ये कुन छ?

  1. सभ्य, सु-संस्कृत र समृद्ध समाज
  2. शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने
  3. शिक्षाको विकास र विस्तार गरी समन्यायिक र समावेशी पहुँच सुनिश्चित गर्ने
  4. माथिका सबै

 

४१. नेपाल सरकारले अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको सेवा कुन हो?

  1. रियल स्टेट सेवा
  2. विमा सेवा
  3. ईन्टरनेट सेवा
  4. माथिका सबै

 

४२. कर्णाली प्रदेशको आ.व. २०७९/०८० को नीति कार्यक्रममा तलकामध्ये कुन पूर्वाधार विकासलाई समावेश गरिएको थियो?

  1. खेलकूद पूर्वाधार विकास
  2. सुर्खेत विमानस्थल विस्तार
  3. सुर्खेत दैलेख सडक विस्तार
  4. माथिका सबै

 

४३. कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम व्यवसायीले आफ्नो व्यवसायीक क्रियाकलापबाट अधिकतम कति नाफा आर्जन गर्न पाउँछ?

  1. ३५%
  2. ३०%
  3. २५%
  4. २०%

 

४४. काइनाइट खनिज पदार्थ तलकामध्ये कर्णाली प्रदेशको कुन जिल्लामा पाइएको छ?

  1. सल्यान
  2. डोल्पा
  3. जाजरकोट
  4. जुम्ला

 

१५. नेपाल कृषि अनुसन्धान परिषद्‌को स्थापना कहिले भएको हो?

  1. वि.सं. २०४६
  2. वि.सं. २०५१
  3. वि.सं. २०४८
  4. वि.सं. २०५०

 

४६. कृषि विकास रणनीतिले प्रक्षेपित वृद्धिदर हासिल गर्न अवलम्वन गर्नुपर्ने रणनीतिक खम्वामध्ये पहिलो रणनीति खम्बा कुन हो?

  1. उत्पादन र उत्पादकत्वमा वृद्धि
  2. नाफामूलक व्यवसायीकरण
  3. सुशासन
  4. प्रतिस्पर्धात्मकता

 

४७. नेपालको संविधान अनुसार “जग्गाको अभिलेख” कसको अधिकार क्षेत्रमा पर्छ?

  1. स्थानीय तह
  2. प्रदेश
  3. संघ
  4. माथिका सबै

 

४८. नेपालको संविधानमा कति अनुसूची रहेका छन्?

  1. ५
  2. ७
  3. ९
  4. १२

 

४९. कर्णाली प्रदेशमा स्थानीय तहको कुल संख्या कति रहेको छ?

  1. ७९ वटा
  2. ६९ वटा
  3. ८९ वटा
  4. ७२ वटा

 

५०. सक्रिय जनसंख्या भनेर कुन उमेर समूहको जनसंख्यालाई चिनिन्छ?

  1. १५-५९ वर्ष
  2. १५-५० वर्ष
  3. १९-४९ वर्ष
  4. २५-३० वर्ष

 

 

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 58
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 69
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 57
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 106
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA