Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शिक्षक सेवा आयोग अध्यापन अनुमतिपत्र परीक्षामा लोकसेवाले सोधेका प्रश्नहरू

  • Ritisha Shakya
  • October 27, 2024
  • 1173

शिक्षक सेवा आयोग अध्यापन अनुमतिपत्र परीक्षामा लोकसेवाले सोधेका प्रश्नहरू

शिक्षक सेवा आयोग अध्यापन अनुमतिपत्र परीक्षामा लोकसेवाले सोधेका प्रश्नहरू

१. बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा कहिले पारित भएको हो ?

A. सन् १९७९

B. सन् १९८९

C. सन् १९९१

D. सन् १९९८

स्रोत: अध्यापन अनुमितपत्र परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न २१५ को प्रश्न न ७६१

२. वाचनालय सञ्चालन सम्बन्धी व्यवस्था तालका मध्ये कुन शिक्षासँग सम्बन्धित छ ?

A. औपचारिक शिक्षा

B. साक्षरोत्तर शिक्षा

C. अरीतिक शिक्

D. सामुदायिक शिक्षा

३. तलका मध्ये समावेशी शिक्षाको मुख्य सिद्धान्त कुन हो ?

A. अपाङ्ता भएका विद्यार्थीहरूलाई छुट्टै शिक्षा दिने

B. शैक्षिक मापदण्ड पुरा गर्ने विद्यार्थीहरूको लागि मात्र शिक्षा दिने

C. क्षमता वा पुष्टि भूमि फरक भएका सबै विद्यार्थीहरूले सँगै सिक्ने

D. प्रतिभाशाली विद्यार्थीहरूको लागि विशेष कार्यक्रमको व्यवस्था गर्ने

४. Abraham H. Maslow का अनुसार सिकाइलाई फेरि गर्ने आवश्यकताहरूमा तलमध्ये सबैभन्दा उच्चतहको आवश्यकता कुन हो ?

A. शारीरिक आवश्यकता (Physiological needs)

B. आत्म प्रकटिकरणको आवश्यकता (Self actualization needs)

C. सुरक्षा सम्बन्धी आवश्यकता (Safety needs)

D. आत्म समानको आवश्यकता (Self-esteem needs)

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न २७५

५. तल दिएका मध्ये कुन चाहिँ कुराले वंशानुगत गुणलाई प्रस्फुटित हुन सहयोग गर्दछ ?

A. सिकाइ

B. अभ्यास

C. परिपक्वटा

D. वातावरण

६. सहयोगितामक सिकाइमा शिक्षकको कस्तो भूमिका अपेक्षित हुन्छ ?

A. विद्यार्थीलाई व्यक्तिगत रूपमा अध्ययन गर्न प्रेरित गर्ने

B. विद्यार्थीहरूलाई व्यक्तिगत परियोजनामा मात्र केन्द्रित गराउने

C. समूहगत कामको लागि मार्ग निद्रेशण गर्ने

D. विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रममा प्रतिस्पधी बनाउने

७. निरन्तर विद्यार्थी मूल्याङबाट विद्यार्थीको शैक्षिक एवम् बेहवारिक पक्षको ठीक लेखाजोखा गर्ने तथा टोकिएका सक्षमता हासिल भए नभएको छुट्याउने आधार तय गर्नुपर्नेमा यसको भावकारी उपयोग नभएको गुनासो आउनुमा तलकामध्ये कुन भनाइ सही छ ?

A . निरन्तर विद्यार्थी मूल्याइनमा विद्यार्थी अनुत्तीर्ण गर्ने पाइँदैन भन्ने गलत बुझाई हुनु

B. निरन्तर विद्यार्थी मूल्याइनका लागि आवश्यक अभिलेखीकरण गर्ने साधनको अभाव हुनु

C. निरन्तर विद्यार्थी मूल्याइन गर्ने शिक्षकलाई समय नै हुँदैन भने दावी हुनु

D. निरन्तर विद्यार्थी मूल्याइनका बारेमा शिक्षकलाई अभिमुखीकरण नै भएको छैन भन्ने तर्क हुनु

८. तलको कुन कुरा पत्ता लगाउन परीक्षण पुन: परीक्षण विधि प्रयोग गरिन्छ ?

A. बैधता

B. विश्वशनियता

C. वस्तु निष्ठता

D. दक्षता

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ६६७

९. बहुवैकल्पिक प्रश्नका गलत विकल्पहरूमा आउने प्रतिक्रियाको प्रभावकारिताबारेमा कुन भनाइ उपयुक्त छ ?

A. एउटै गलत विकल्पमा धेरै प्रतिक्रिया आउनु

B. एउटै गलत विकल्पमा थोरै प्रतिक्रिया आउनु

C. सबै गलत विकल्पमा बराबरप्रतिक्रिया आउनु

D. माथिका सबै

१०. लेटर ग्रेडिङको आधारमा मूल्याइन गर्दा कुन कुरालाई निसेज ध्यान दिनुपर्दछ ?

A. शिक्षाको मनोवृति

B. कक्षाको सङ्ख्यात्मक मूल्याइन्

C. विद्यार्थीको उपस्थिको आधार

D. ग्रेडको एक रूपता

११. हाम्रो नियम बनाउन जान्ने व्यक्तिले पियानो सिद्धा हुने सहजतालाई सिकाइको कस्तो सिद्धान्तरण मात्र सकिन्छ ?

A. सखरात्मक स्थानान्तरण

B. नकारात्मक स्थानान्तरण

C. शून्य स्थानान्तरण

D. सामान्य स्थानान्तरण

स्रोत:अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न २८३

१२. विद्यालयको समाजिक परीक्षण गर्दा दहायका मध्ये कुन विषयवस्तु समावेश गर्दैन ?

A. तहगत सिकाइस्तर

B. शैक्षिक साम्राग्रीको उपलब्धता

C. विद्यालय विकास योजना

D. विद्यालय क्षेत्र सुधार योजना

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ३३६

१३. तलका मध्ये कुन बुँदा विद्यालय शिक्षामा नागरिक समाजको भूमिकाससँग प्रत्यक्ष रूपमा जोडिँदैन ?

A. शिक्षकको हक र अधिकारको रक्षा गर्ने

B. समुदायका सदस्यहरूलाई विद्यालयको विकास र सुधारमा संलगन गराउने

C. अनुगमन र मूल्याइन गरेर गुणस्तर र प्रभावकारिता सुनिश्चित गर्न मद्दत गर्ने

D. दुर्गम र सीमान्तकृत समुदायमा शिक्षाको पहुँच र अवसर वृद्धि गर्न सहयोग गर्ने

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ३३ ४

१४. तलका मध्ये शिक्षाको लागि आवश्यक नैतिक मूल्य कुन हो ?

A. आफ्नो व्यवसायिक आचरणमा निष्ठा र इमान्दारी

B. सुविधा जनक विद्यालय नीतिको अवलम्बन

C. व्यक्तिगत स्वाथलाई प्राथमिकता

D. सहकमीहरूसँगैको सहकार्यबाट अलग

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ३७२

१५. शिक्षक पैसागत विकास पारूप २०८० ले कुन कार्य पेसागत विकासका विधिमा समेटेको छैन ?

A. शिक्षक मेन्ट्रिङ

B. शैक्षिक योजना निर्माण कार्यशाला

C. स्वनिर्देशित सिकाइ

D. पाठ अध्ययन

स्रोत:अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न

१६. चिकित्साशास्त्रमा स्थानक तह (MBBS) अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले लिने परीक्षा कुन प्रकारको मुल्याङ्कन हो ?

A. निर्माणात्मक

B. निर्णययात्मक

C. निदानात्मक

D. स्थान निर्धारण

 स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पेज नं ६४६

१७. कक्षामा अध्यापन गराई सकेपछि मुल्याङ्कन गर्दा एकजना विद्यार्थीमा सिकाइ सम्बन्धी समस्या देखा परिरहेको अवस्थामा कस्तो खालको अनुसन्धान गर्ने उपयुक्त होला भनी सुशुझाव माग्ने शिक्षकलाई तलका मध्य कस्तो अनुसन्धान गर्ने सुझाउदिनु उपयुक्त होला ?

A. कार्यमूलक अनुसन्धान

B. घटना अध्ययन

C. लघु अनुसन्धान

D. बृहत अनुसन्धान

स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ६१७

१८. सोहौ पञ्चवर्षीय योजना (२०८१ ।०८२ २०८५ ।०८६ ) ले योजनाको अन्तसम्ममा अनुसन्धान तथा विकासमा कतिप्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको छ ?

 A. कुल बजेटको एक प्रतिशत

B. शिक्षाको बजेटको २० प्रतिशत

C. शिक्षाको बजेटको १० प्रतिशत

D. कुल बजेटको दुई प्रतिशत

१९. मामला अध्ययनबाट शिक्षकलाई कक्षा शिक्षणमा हुने मूल्य फाइदा कुन हो ?

A. पेसागत दक्षतामा अभिवृद्धि हुन्छ

B. शिक्षकलाई अद्यावधिक बनाउँछ

C. अध्ययन गर्ने बानीको विकास गराउँछ

D. कुनै घटनाको गहिराईमा पुगेर विशेषण गर्ने क्षमतामा वृद्धि हुन्छ।

स्रोत:अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ७०७

२०. विषय शिक्षक बिद्यालयमा अनुपस्थित हुँदा सोको अनुभूति हुन नदिई कक्षा कोठामा विद्यार्थीलाई सिकाई क्रियाकलापमा सक्रिय रूपमा क्रियाशील गराउन तलका मध्ये कुन उपाय अपनाउनु उपयुक्त हुन्छ ?

A. प्रत्येक विद्यार्थीहरूलाई मोबाइल चलाउन दिएर

B. विद्यार्थीहरूलाई कम्प्युटर प्रयोगशालामा अभ्यास गर्न दिएर

C. विद्यालयको डिजिटल बोर्डमार्फत विषय शिक्षकले शिक्षण गरेको भिडियो विद्यार्थीहरूलाई नै चलाउन दिएर

D विभित्र विषयमा दिएको गृहकार्य गर्न लगाएर

२१. ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको सब्लिकरण गर्ने लक्ष्य लिएको "Digital Nepal Framework 2076" नेपाल सरकारले कहिले स्वीकृत गरेको थियो। ?

A. २०७६ साउन ५ गते

B. २०७६ असोज २० गते

C. २०७६ असोज १८ गते

D. २०७६ असार ०२ गते

२२. नेपालमा इन्टरनेटको सुरुवात कहिले भएको हो ?

A. सन् १९९१

B. सन् १९९२

C. सन् १९९३

D. सन् १९९४

२३. १,८ ,२७ ......,१२५ सम्म छुटेको संख्या कुन हो ?

A. ९१

B. ७५

C. ६४

D. ४५

२४. समूहमा नमिल्दो जिल्ला कुन हो ?

A. डोल्पा

B. जाजरकोट

C. बझाङ

D. मनाङ

२५. तल दिएको तालिकामा छुटेको अक्षर (?) कुन हो ?

A  C  F 
R  T  W 
H  J  ?

A. Z

B. M

C. Y

D. N

२६. नेपालको संविधानको धारा ३१ले गरेको व्यवस्था अनुसार तल हकमध्ये कुन चाहिँ शिक्षासम्बन्धी हक अन्तर्गत पर्दछ ?

A. दलित विद्यार्थीलाई प्राथमिकदेखि मध्यमिक तहसम्म कानुन बमोजिम छात्रवृत्तिसहित नि: शुल्क शिक्षाको हक

B. अपाङ्गता भएका र आर्थिक रूपले विपत नागरिकलाई कानूनबमोजिम नि: शुल्क उच्च शिक्षा पाउने हक

C. महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर गर्ने हक

D. प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, सवास्थ्य, पालनपोषण. उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक

स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ८

२७. सन् २०१५ मा पारित इन्चोन घोषणापत्र (Inchon Declaration) ले शिक्षाको लागि विश्वयापी प्रतिबध्यता जनाउँछ | उक्त घोषणाको कुन उद्देश्यलाई दिगो विकास लक्ष्यहरूले (SDGS )अङ्गिकार गरेको छ ?

A. सन् २०३० सम्ममा निजी लगानी मार्फत शिक्षाको लगत घटाउने

B. सन् २०३० सम्ममा समावेशी समतामूलक शिक्षा र जीवनपर्यटन सिकाइलाई सुनिश्चित गर्ने

C. सन् २०३० सम्ममा विकाससोन्मुख देशहरूमा उच्च शिक्षा पूर्वाधार विकास गर्ने

D. सन् २०३० सम्ममा प्रविधिक तथा व्यवसायिक शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने

स्रोत:अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं १४८

२८. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विद्यालयका प्रकार कस्तो हुने व्यवस्था गरेको छ ?

A. समुदायिक. संस्थागत. गुठी र परम्परागत

B. समुदायिक. संस्थागत. गुठी र सहकारी

C. समुदायिक. संस्थागत. निजी र परम्परागत

D. समुदायिक. संस्थागत. परम्परागत र सहकारी

स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ११२

२९. तलका मध्ये स्थापना मितिअनुसार विद्यालयको क्रम कुन सही छ ?

A. त्रिभुवन. नेपाल संस्कृत. काठमाडौँ. पूर्वाञ्चल. लुम्बिनी बौद्ध. कृषि तथा वनविज्ञान. नेपाल खुला विश्वविद्यालय

B. त्रिभुवन. नेपाल संस्कृत. काठमाडौँ. पूर्वाञ्चल. लुम्बिनी बौद्ध, कृषि तथा वनविज्ञान, नेपाल खुला विश्वविद्यालय

C. त्रिभुवन.. नेपाल संस्कृत. काठमाडौँ. पूर्वाञ्चल. कृषि तथा वनविज्ञान, लुम्बिनी बौद्ध, नेपाल खुला विश्वविज्ञान

D. त्रिभुवन. लुम्बिनी बौद्ध. नेपाल संस्कृत. काठमाडौँ. पूर्वाञ्चल. नेपाल खुला. कृषि तथा वन विज्ञान विश्वविद्यालय

स्रोत" अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ४१

३०. विविधतायुक्त कक्षाका विद्यार्थीका विवित्र चाहना इच्छा र लक्ष्य पूरा गर्ने शिक्षकले प्रयोग गर्ने बहुयामिक प्रक्रिया तलका मध्ये कुन शिक्षामा आइपुगिन्छ ?

A. अनौपचारिक शिक्षा

B. विशेष शिक्षा

C. समावेशी शिक्षा

D. परम्परागत शिक्षा

स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं १५३

३१. विद्यालय शिक्षक र विद्यार्थीबीच नजिकको सम्बन्ध कायम राख्न सबैभन्दा प्रभावकारी उपाय कुन हुन सक्दछ ?

A. सम्बन्ध बढाउने बारे प्रवचन

B. र विद्यार्थीका भावनालाई एकापसमा आदानप्रदान गर्ने वातावरण निर्माण

C. भूमिका निर्वाह विधिबाट कक्षामा शिक्षण

D. शिक्षकले घरदैलो कार्यक्रम

स्रोत: अध्यापन अनुमोदन परीक्षा प्रतिवेदन मा छ उल्लेख पृष्ठ नं ५२०

३२. Donald Zohar ले सन् १९९७ मा अघि सारेको ९ बौद्धिकता कुन हो ?

A. अन्तबैयत्तिक

B. अन्त मुर्खी

C. प्रकृतिमुखी

D. आध्यामिक

स्रोत:अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न २८६

३३. शिक्षण साम्राग्री छनोट गर्दा ध्यान दिनुपर्ने मुख्य कुरा कुन हो ?

A. विद्यार्थी सङ्ख्या

B. पाठको उद्देश्य

C. कक्षा कोठाको आकार र प्रकार

D. सामग्रीको प्रकार

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ५०५

३४. कुन कुन कक्षामा राष्ट्रिय पाठ्यमक्रम पारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम परीक्षण नगरीकनै लागू गरिएको थियो ?

A. कक्षा चार र कक्षा ७

B. कक्षा ६ र कक्षा ८

C. कक्षा ८ र कक्षा १०

D. कक्षा ९ र कक्षा १२

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ५५ ९

३५. शिक्षकले नपढाए पनि विद्यार्थीहरूले विद्यालयबाट सिक्ने कुरा कुन पाठ्यक्रमले समेट छ ?

A. सुषुप्त पाठ्यक्रम

B. बिषयगत पाठ्यक्रम

C. अपेक्षित पाठ्यक्रम

D. अनपेक्षित पाठ्यक्रम

३६. शिक्षक सक्षमता पारूप २०७२ अनुसार विषम परिस्थितिमा समेत उपयुक्त वातावरण सिर्जना गरी सिकाइलाई निरन्तरता दिन भनिएको सक्षमता देहायअनुसार कुन सक्षमतामा पर्दछ ?

A. सिकाई वातावरण तथा कक्षा व्यवस्थापन

B. शिक्षक सिकाइका तोरतरिका सम्बन्धी ज्ञान

C. निरन्तर सिकाइ तथा पेसागत विकास

D. सिकारु सम्बन्धी ज्ञान

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ३५४

३७. सिकाइ संस्थाको रूपमा विद्यालयमा " डबल- लुप लर्निङ (double-loop learning)" को आवधरानाले तलका मध्ये कुन कुरालाई जनाउँछ ?

A. गलत कार्यलाई सुधार्नु र निरन्तर सुधारमा ध्यान दिनु

B. एकै तरिकामा सिक्न र काम गर्न ध्यान दिनु

C. नयाँ जानकारीका आधारमा निर्णय लिनु

D. समस्या समाधानका लागि नियम र प्रक्रियाहरूको पुनरवलोकान तथा परिवर्तन गर्नु

३८. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको आ. व. २०७९/0८0 को वार्षिक प्रतिवेदनअनुसार विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणले देखाएका नतिजामा तलका मध्ये कुन विषय समावेश भएको छैन ?

A. शिक्षकको नियमितता र विद्यार्थी कोशिकाई उपलब्धिबीच सकारात्मक सम्बन्ध छ।

B. विद्यार्थीले फुर्सदको समय विद्यालयमा बिताउने कार्य र विद्यार्थीको सिकाई उपलब्धि बीच सकारात्मक सम्बन्ध छ।

C. छात्रा र छात्रबीच सिकाइ उपलब्धिमा उक्लेखनीय असमान्यता रहेको छैन

D. विद्यालयमा हुने बुलिङ. उपचारत्मक शिक्षणको अभाव जस्ता तत्त्वले विद्यार्थी सिकाइ उपलब्धिमा हामी पुर्‍याउँछ

३९. अभिभावक. सामुदायिक संस्था र विद्यालय बीचको सहयोग तथा साँझोदारीले डिगो गुणस्तरीय शिक्षामा कसरी योगदान दिन सक्छ ?

A. विद्यालयको अन्तरिक कार्यक्रमहरूमा ध्यान क्रेन्डित गरेर

B. शिक्षाको गुणस्तरमा सुधारका लागि दृष्टिकोण र स्रोतहरूको समन्वय गरेर

c. अभिभावक र सामुदायिक संस्थालाई विद्यालयका गतिविधिहरूबाट अलग गरेर

D. शिक्षालाई केवल सरकारी नीतिहरूमा निभर गरेर

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ४४३

४०. आ व २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि लगाएको विद्यालयसँग सम्बन्धित आवधारणा तल दिएका मध्ये कुन चाहिँ हो ?

A . एक विद्यालय, एक नर्स

B. एक पालिका, एक स्मार्ट विद्यालय

C. एक वडा, एक स्मार्ट सूचना केन्द्र

D. स्मार्ट शिक्षक, स्मार्ट शिक्षालय

४१. विद्यालयले सम्पादन गरेको काम कार्यवाहीको गुणस्तर प्रभावकारिता तथा त्यसमा हुन सक्ने अनियमितता सम्बन्धमा प्राप्त गुनासो रहने गुनासो पेटीका कति दिनमा हुनुपर्ने व्यवस्था छ ?

A. एक हप्तामा

B. प्रत्येक ३ दिनमा

C. प्रत्येक १ महिनामा

D. गुनासो प्राप्त भए नभएको आधारमा

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ४५९

४२. नेतृत्वको प्रमुख कार्यतल दिएका मध्ये कुन हो ?

A. जोखिमको न्यूनीकरण

B. पुष्ठ पोषण

C. चुनौती पहिचान

D. कार्यको संयोजन

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ४६५

४३. विद्यार्थीहरूमा आत्मचिन्तन र आत्ममूल्याइनको क्षमता विकास गर्ने शिक्षकले बढी प्राथमिकता दिई के गर्नुपर्दछ ?

A. आत्म मूल्याइनको अवसर दिने

B. शिक्षकले आफैँ मात्र मूल्याइन गर्ने

C. विद्यार्थीहरूलाई आत्मविश्वास बढाउने सुझाउदिने

D. विद्यार्थीहरूलाई आफ्ना गल्तीहरूबारे सोच्न समय दिने

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ४७७

४४. शैक्षिक नेतृत्वमा देखिएको सृजनात्मकताको मुख्य समस्या कुन हो ?

A. परम्परागत पद्धतिबाट बाहिर नआउनु

B. परम्परागत विधिबाट निभर रहनु

C. नयाँ प्रविधि र विधिलाई अपनाउन कठिनाइ हुनु

D. शिक्षणमा परिवर्तनको प्रयास नहुनु

४५. दिएका विधिहरूमध्ये विद्यार्थी केन्द्रित विधि कुन हो ?

A. खोज

B. आगमन

C. निगमन

D. माथिका सबै

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ६०८

४६. उद्देश्यको वर्णन, सिकाइ अनुभवको छनोट, सिकाइ अनुभवहरूको सङ्गठन, पाठ्यक्रमको मूल्याइन जस्ता कुराहरू पाठ्यक्रमको कुन नमूना अन्तर्गत पर्दछ ?

A. तार्किक नमुना

B. चक्रीय नमूना

C. गतिशील नमुना

D. दार्शनिक नमुना

४७. शिक्षक निर्देशिकाको प्रयोगका सम्बन्धमा तलका मध्ये कुन भनाइ सही हो ?

A. यसले पाठ्यक्रमको आधारमा प्रश्न निर्माण गर्न सहयोग गर्दछ

B. विद्यालयको कार्यतालिका कार्यान्यवनमा सहयोग गर्दछ।

C. दैनिक पाठ योजना निर्माण गर्नु पर्दैन

D. दैनिक पाठ योजना निर्माण गर्न सहयोग गर्दछ।

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ५८१

४८. महामारी तथा विपतको समयमा वैकल्पिक विधियबाट शिक्षण प्रक्रियालाई निरन्तरता दिन सरकारी तहबाट निर्माण भई उपयोगमा रहेका विद्युतीय साम्राज्यहरू पाइने learning portal तलका मध्ये कुन हो ?

A. www.learning.cchrd.edu.np

B. www.youtube.com/ncedvirtual

C. www.moecdc.gov.np

D. माथिका सबै

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ६३२

४९. विद्यालयभित्रको शैक्षणिक योजनाको सूक्षम शैक्षिक योजना तलका मध्ये कुन हो ?

A. वार्षिक शैक्षणिक योजना

B. वार्षिक कार्य तालिका

C. पाठ योजना

D. साप्ताहिक योजना

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ५१५

५०. शिक्षकको निर्देशन तथा विद्यार्थीको सक्रियातामा शिक्षण क्रियाकलाप सञ्चालन गर्ने तलका मध्ये कुन शिक्षण विधि बढी प्रभावकारी हुन्छ ?

A. क्षेत्र भ्रमण

B. प्रयोतात्मक

C. प्रदर्शन

D. छलफल

स्रोत: अध्यापन अनुमित पत्र परीक्षा परीक्षा प्रतिबिम्ब मा वि बुकको पेज न ६१५

 

 

 

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 107
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 97
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA