Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२१३औं भानु जयन्ती

  • Ajnabee Khadka
  • July 13, 2026
  • 288

२१३औं भानु जयन्ती

213th Bhanu Jayanti
  • २१३ औं जन्मजयन्ती वर्ष: वि.सं. २०८३, असार २९ (सन् २०२६ जुलाई १३)
  • भानु जन्मजयन्तीको अन्तर्राष्ट्रिय पहुँच: २१३ औं जयन्ती नेपालबाहेक नेपाली भाषाभाषी बाहुल्य रहेका भारत (दार्जिलिङ, सिक्किम, आसाम), भुटान, बर्मा र नेपाली डायस्पोरा रहेका विश्वका विभिन्न मुलुकमा मनाइन्छ,
शीर्षक विवरण
नाम भानुभक्त आचार्य
नक्षत्रको नाम
देवीभक्त
उपाधि/उपनाम

आदिकवि (नेपाली भाषाका प्रथम कवि)

  • 'आदिकवि' उपाधि दिने व्यक्ति: युवाकवि मोतीराम भट्ट (वि.सं. १९४८ मा भानुभक्तको जीवनी लेख्ने क्रममा)
  • आदिकविको रूपमा सरकारी मान्यता: वि.सं. १९९७ मा राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा औपचारिक घोषणा
जन्म मिति वि.सं. १८७१ असार २९
जन्मस्थान चुम्दी रम्घा, तनहुँ जिल्ला
पिता / माता
धनञ्जय आचार्य र धर्मावती देवी 
प्रसिद्ध कृतिहरु

रामायण, वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता आदि

आदिकवि भानुभक्त आचार्यको मुख्य योगदान
  • भाषिक एकीकरण: पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणलाई भानुभक्तले नेपाली भाषा र साहित्यका माध्यमबाट भावनात्मक एवं सांस्कृतिक एकीकरणमा रूपान्तरण गरेका,
  • साहित्यको सरलीकरण: तत्कालीन समयमा संस्कृत भाषामा मात्र सीमित रहेको साहित्य र ज्ञानलाई सरल नेपाली भाषामा प्रस्तुत गरी आम सर्वसाधारणको पहुँचमा पुर्‍याएका,
  • कालजयी कृति रचना: संस्कृतको रामायणलाई जनबोलीको भाषा र अलौकिक छन्दमा भावानुवाद गर्नुका साथै वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला जस्ता महत्त्वपूर्ण कृतिहरूको सिर्जना गरेका,
  • मौलिक संस्कृतिको विकास: नेपाली समाजमा सस्वर लय हालेर रामायण पाठ गर्ने परम्परा बसाले, जसले गर्दा विवाह, व्रतबन्ध आदिमा खेलिने सिलोक र वर्तमान लोकदोहोरीको प्रादुर्भाव भएको,

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 56
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 49
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA