Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Ajnabee Khadka
  • June 26, 2026
  • 422

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
  • सौर्यमण्डलका ८ ग्रहहरूलाई तिनीहरूको बनोट, अवस्थिति र विशेषताका आधारमा भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets) गरी दुई भागमा विभाजन गरिएको,
  • यिनीहरूलाई बीचमा रहेको क्षुद्रग्रहको पेटी (Asteroid Belt) ले छुट्याउँछ,

१.) भित्री ग्रहहरू (Inner Planets)

  • यी ग्रहहरू सूर्यको नजिक रहेका छन् र मुख्यतया चट्टान तथा धातुहरूले बनेका हुन्छन्,
  • समावेश ग्रहहरू: बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), र मङ्गल (Mars)
  • भौतिक बनोट: यिनीहरूको सतह ठोस र चट्टानी हुन्छ, जसका कारण यिनीहरूलाई धरातलीय ग्रह (Terrestrial Planets) भनिन्छ,
  • आकार: बाहिरी ग्रहहरूको तुलनामा यिनीहरूको आकार सानो हुन्छ,
  • वायुमण्डल: यिनीहरूको वायुमण्डल पातलोदेखि निकै बाक्लो (जस्तै शुक्र) सम्म हुन सक्छ
  • उपग्रह (Moons): यिनीहरूको उपग्रह संख्या एकदमै कम हुन्छ (बुध र शुक्रको एउटै छैन, पृथ्वीको १ र मङ्गलको २ वटा छ)

२.) बाहिरी ग्रहहरू (Outer Planets)

  • यी ग्रहहरू सूर्यबाट एकदम दुरीमा रहेका छन् र मुख्यतया ग्याँसले बनेका हुन्छन्,
  • समावेश ग्रहहरू: वृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus) र वरुण (Neptune)
  • भौतिक बनोट: भित्री ग्रहहरु जस्तो यिनीहरूको निश्चित ठोस सतह हुँदैन; यी ग्रहहरु मुख्यतया ग्यास र बरफले बनेका हुन्छन् त्यसैले यिनीहरुलाई Jovian Planets भनिन्छ,
  • आकार: भित्री ग्रहहरुको तुलनामा यिनीहरू आकारमा निकै विशाल हुन्छन्; त्यसैले यिनीहरूलाई ग्यास दिग्गज (Gas Giants) वा बरफ दिग्गज (Ice Giants) पनि भनिन्छ,
  • उपग्रह: यिनीहरूसँग अत्यधिक संख्यामा उपग्रहहरू (चन्द्रमाहरू) हुन्छन्,
  • चक्र (Rings): यी सबै ग्रहहरूको वरिपरि धुलो, चट्टान र बरफले बनेका चक्रहरू (Rings) हुन्छन्,

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 46
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 64
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 55
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA