Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ब्रुटल्याण्ड कमिसन

  • Ajnabee Khadka
  • July 08, 2026
  • 209

ब्रुटल्याण्ड कमिसन

Brundtland Commission
  • औपचारिक नाम: वातावरण र विकाससम्बन्धी विश्व आयोग (World Commission on Environment and Development - WCED)
  • स्थापना: सन् १९८३ मा संयुक्त राष्ट्र संघका महासचिवद्वारा गठन गरिएको,
  • अध्यक्ष: ग्रो हार्लेम ब्रुटल्याण्ड (नर्वेको पूर्व प्रधानमन्त्री)
  • प्रतिवेदनको नाम: 'हाम्रो साझा भविष्य' (Our Common Future)
  • प्रतिवेदन प्रकाशन भएको वर्ष: सन् १९८७
  • प्रमुख योगदान: यस कमिसनले 'दिगो विकास' (Sustainable Development) को अवधारणालाई परिभाषित गर्दै विश्वव्यापी रूपमा लोकप्रिय बनाएको,
  • दिगो विकासको परिभाषा: "भविष्यका पुस्ताको आफ्ना आवश्यकताहरू पूरा गर्ने क्षमतामा कुनै सम्झौता नगरी वर्तमान पुस्ताका आवश्यकताहरू पूरा गर्ने विकास नै दिगो विकास हो"
  • कमिसनको जनादेश (Mandate): वातावरणीय अवस्थामा आइरहेको तीव्र ह्रास र यसले आर्थिक तथा सामाजिक विकासमा पार्ने असरहरूको बारेमा अध्ययन गरी समाधानका उपायहरू सिफारिस गर्ने,
  • समावेशी संरचना: कमिसनले फराकिलो दृष्टिकोण समेट्नका लागि आफ्ना कम्तीमा आधा सदस्यहरू विकासोन्मुख राष्ट्रहरूबाट हुनुपर्ने व्यवस्था गरेको,
  • ऐतिहासिक प्रभाव: यस कमिसनको सिफारिसकै आधारमा सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा 'संयुक्त राष्ट्र संघ वातावरणीय तथा विकास सम्मेलन' (Earth Summit) आयोजना गरियो, जहाँ दिगो विकासलाई विश्वव्यापी लक्ष्यको रूपमा स्वीकार गरिएको,
  • SDGs को आधार: हाल कार्यान्वयनमा रहेका १७ वटा दिगो विकास लक्ष्यहरू (SDGs) को आधारशिला ब्रुटल्याण्ड प्रतिवेदनकै "वातावरण, अर्थतन्त्र र समाजलाई सन्तुलनमा राख्नुपर्ने" मान्यतामा अडिएको,

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 44
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 64
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 55
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA