Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भूकम्प (Earthquake)

  • Ajnabee Khadka
  • July 23, 2026
  • 207

भूकम्प (Earthquake)

Earthquake
  • वैज्ञानिक परिभाषा: पृथ्वीको स्थलमण्डल (Lithosphere) मा रहेका टेक्टोनिक प्लेटहरू (Tectonic Plates) को गतिशीलता, घर्षण वा विस्थापनका कारण पृथ्वीको गर्भमा सञ्चित ऊर्जा अचानक विसर्जन हुँदा उत्पन्न हुने भूकम्पीय तरङ्ग (Seismic Waves) का कारण सतह कम्पन हुने प्रक्रिया
  • एकदम साधारण परिभाषा: पृथ्वीको आन्तरिक हलचलका कारण जमिनको सतह अचानक थर्कने वा काँप्ने प्राकृतिक प्रक्रिया
  • भूकम्प र भूकम्पीय लहरहरूको वैज्ञानिक अध्ययन गर्ने शास्त्र: Seismology
भूकम्प सम्बन्धि प्रमुख शब्दावलीहरू:
शब्दावली
परिभाषा/विवरण
भूकम्प (Earthquake)
पृथ्वीको भित्री भागमा अचानक ऊर्जा निस्कँदा पृथ्वीको सतह थर्कने वा हल्लिने प्रक्रिया
भूकम्प विज्ञान (Seismology)
भूकम्प र भूकम्पीय लहरहरूको वैज्ञानिक अध्ययन गर्ने शास्त्र
सिज्मोोग्राफ (Seismograph)
भूकम्पीय लहरहरूको रेकर्ड राख्ने वा मापन गर्ने यन्त्र
केन्द्रविन्दु (Focus/Hypocentre)
भूकम्पीय लहरहरू उत्पन्न हुने पृथ्वीको गर्भभित्रको केन्द्रीय बिन्दु
अधिकेन्द्र (Epicentre)
केन्द्रीय बिन्दुको ठीक माथि पृथ्वीको सतहमा पर्ने बिन्दु, जहाँ भूकम्पको झट्का सबैभन्दा पहिले महसुस गरिन्छ,
भूकम्पीय लहर (Seismic Waves)
भूकम्प जाँदा केन्द्रविन्दुबाट चारैतिर फैलने ऊर्जाका लहरहरू
परिमाण (Magnitude)
भूकम्पको केन्द्रबाट कति ऊर्जा निस्कियो भन्ने मापन, जसलाई रेक्टर स्केलमा देखाइन्छ,
रेक्टर स्केल (Richter Scale)
भूकम्पको परिमाण (Magnitude) मापन गर्ने १ देखि १० सम्मको एउटा 'लघुगणक (Logarithm)' स्केल
तीव्रता (Intensity)
भूकम्पले पुर्‍याएको क्षति र मानिसले गरेको महसुसको मापन, जसलाई मर्काली स्केलमा देखाइन्छ,
मर्काली स्केल (Mercalli Scale)
भूकम्पको तीव्रता (Intensity) मापन गर्ने I देखि XII सम्मको रोमन अङ्क भएको स्केल
समभूकम्पीय रेखा (Isoseismal Lines)
नक्सामा भूकम्पको समान तीव्रता महसुस गरिएका स्थानहरूलाई जोडेर खिचिएको काल्पनिक रेखा
छाँया क्षेत्र (Shadow Zone)
सिज्मोोग्राफमा भूकम्पीय लहरहरू रेकर्ड नहुने विशिष्ट क्षेत्र (अधिकेन्द्रबाट १०५° देखि १४५° सम्म)
पराकम्पन (Aftershock)
मुख्य भूकम्पपछि आउने साना खालका भूकम्पका झट्काहरू
सुनामी (Tsunami)
समुद्री पिँधमा भूकम्प जाँदा उत्पन्न हुने विनाशकारी विशाल समुद्री छालहरू
दरार (Fault Line)
पृथ्वीको सतहमुनिको चट्टानमा पर्ने चिरा वा दरार जहाँबाट ऊर्जा निस्कन्छ र भूकम्प जान्छ,

भूकम्पका कारणहरू:

क्रम प्रकार कारणहरुको विवरण
१. प्राकृतिक कारणहरू (Natural Causes)
  • टेक्टोनिक प्लेटहरूको हलचल (Plate Tectonics): पृथ्वीको सतह मुनि रहेका विशाल चट्टानी खण्डहरू (Plates) आपसमा ठोक्किँदा, टाढा जाँदा वा घिस्रिँदा भूकम्प जान्छ,
  • ज्वालामुखी विष्फोट (Volcanic Eruptions): ज्वालामुखी विष्फोट हुँदा म्याग्मा र ग्याँसहरू अत्यधिक दबाबका साथ बाहिर निस्कने हुनाले वरपरको जमिन कडा रूपमा थर्कन्छ,
  • भ्रंश वा दरार निर्माण (Faulting): जमिनमुनिका चट्टानका पत्रहरूमा चाप (Stress) बढ्न गई अचानक दरारहरू आउँदा वा चट्टानहरू विस्थापित हुँदा कम्पन उत्पन्न हुन्छ,
  • ग्याँसको दबाब (Gas Pressure): पृथ्वीको गर्भमा रहेका विभिन्न ग्याँसहरू अत्यधिक तातो भई बाहिर निस्कन खोज्दा माथिल्लो चट्टानी तहमा दबाब परी भूकम्प जान्छ,
  • गुफा वा जमीन धसिनु (Collapse Earthquakes): जमिनमुनि रहेका ठूला प्राकृतिक गुफाहरू वा चुनढुङ्गाका खानीहरू अचानक धसिँदा साना खालका स्थानीय भूकम्पहरू जान्छन्,
२.

मानवीय कारणहरू (Man-made Causes) — मानवीय कारणले उत्पन्न हुने भूकम्पलाई Anthropogenic earthquakes पनि भनिन्छ,

  • भूमिगत आणविक परीक्षण (Nuclear Explosions): शक्तिशाली बम वा परमाणु हतियारहरूको भूमिगत परीक्षण गर्दा निकै कडा कम्पन उत्पन्न हुन्छ,
  • जलाशय प्रेरित भूकम्प (Reservoir Induced): ठूला बाँधहरू निर्माण गरी विशाल मात्रामा पानी जम्मा गर्दा त्यसको भार र दबाबका कारण जमिनमुनिको चट्टानमा असन्तुलन पैदा भई भूकम्प जान सक्छ,
  • खानी उत्खनन (Mining & Quarrying): जमिनमुनिबाट धेरै गहिराइसम्म पुगेर खनिज पदार्थ वा कोइला निकाल्दा माथिल्लो भाग कमजोर भई धसिने र भूकम्प जाने हुन्छ,
  • तरल पदार्थ निष्कासन वा अन्त:क्षेपण (Fracking): जमिनमुनिबाट पेट्रोलियम पदार्थ निकाल्दा वा फोहोर पानी उच्च दबाबका साथ भित्र पठाउँदा चट्टानका पत्रहरू चिप्लिने सम्भावना बढ्छ,

भूकम्पीय तरङ्गहरू (Seismic Waves)

  • भूकम्प जाँदा वा भूमिगत आणविक परीक्षणहरू गर्दा पृथ्वीको भित्री भागबाट उत्पन्न भई चारैतिर फैलिने ऊर्जाका लहरहरूलाई भूकम्पीय लहर (Seismic Waves) भनिन्छ,
  • यी लहरहरू पृथ्वीको गर्भभित्रको निश्चित बिन्दु, जसलाई केन्द्रविन्दु (Focus/Hypocentre) भनिन्छ, त्यहाँबाट ऊर्जा निस्कँदा सिर्जना हुन्छन् र सबै दिशामा यात्रा गर्छन्,
  • भूकम्पीय लहरहरूको मुख्य वर्गीकरण:
    १.) गर्भ तरङ्ग (Body Waves) — यी लहरहरुको प्राथमिक तरङ्ग (P-waves) र द्वितीयक तरङ्ग (S-waves) गरी दुई उप-प्रकारहरु हुन्छ,
    २.) सतही तरङ्ग (Surface Waves)
क्रम मुख्य वर्गीकरण विवरण
१. गर्भ तरङ्ग (Body Waves)
  • यी तरङ्गहरू पृथ्वीको भित्री भाग (Body) भएर सबै दिशामा प्रसारित हुन्छन्,
  • यी तरङ्गहरुको प्राथमिक लहर (P-waves) र द्वितीयक लहर (S-waves) गरी दुई उप-प्रकारहरु हुन्छ,

१.) प्राथमिक लहर (P-waves)

  • पूर्ण नाम: Primary Waves
  • प्रकृति: यो एक प्रकारको अनुदैर्ध्य तरङ्ग (Longitudinal Wave)
  • अन्य नाम: दबाब (Compression) वा लम्बवत् (Vertical) तरङ्ग
  • गतिको अवस्था: सबैभन्दा तीव्र गतिमा यात्रा गर्ने र सतहमा सर्वप्रथम पुग्ने तरङ्ग
  • पार गर्ने माध्यम: ठोस, तरल र ग्यास (Solid, Liquid, Gas) तीनै माध्यमबाट माध्यमबाट आरपार हुन सक्छ,
  • कणहरूको चाल: लहरको दिशासँगै समानान्तर (Parallel) रूपमा अघि-पछि (To and Fro) सर्छन्,
  • विनाशकारी शक्ति: सबैभन्दा कम विनाशकारी

२.) द्वितीयक तरङ्ग (S-waves)

  • पूर्ण नाम: Secondary Waves
  • प्रकृति: यो एक प्रकारको अनुप्रस्थ तरङ्ग (Transverse Wave)
  • अन्य नाम: छाल तरङ्ग (Shear Wave) 
  • गतिको अवस्था: प्राथमिक तरङ्ग भन्दा ढिलो र सतही तरङ्ग भन्दा छिटो
  • पार गर्ने माध्यम: यो केवल ठोस (Solid) माध्यमबाट मात्र बहन सक्छ र तरल पदार्थमा पुगेपछि रोकिन्छ वा हराउँछ,
  • कणहरूको चाल: लहरको दिशासँग ९० डिग्री (Perpendicular) को कोणमा दायाँ-बायाँ हल्लिन्छन्,
  • विनाशकारी शक्ति: मध्यम विनाशकारी
२. सतही लहर (Surface Waves)
  • पूर्ण नाम: Surface Waves
  • अन्य नाम: यसलाई 'लभ तरङ्ग (Love Wave)' वा 'रेले तरङ्ग (Rayleigh Wave)' पनि भनिन्छ,
  • गतिको अवस्था: सबैभन्दा कम गति भएको तर सबैभन्दा लामो दूरी पार गर्ने,
  • पार गर्ने माध्यम: यो पृथ्वीको भित्री भागमा बहँदैन, केवल जमीनको सतह (Surface) मा मात्र बहने गर्दछ,
  • कणहरूको चाल: यो तरङ्ग तेर्सो (Horizontal) र वृत्ताकार (Circular) दुवै दिशामा हल्लिन्छन्,
  • विनाशकारी शक्ति: सबैभन्दा बढी विनाशकारी र हिंस्रक तरङ्ग — पृथ्वीको सतहमा भौतिक संरचना भत्काउने महाविनाशकारी तरङ्ग यही हो,

भूकम्पको मापन (Measurement of Earthquake)

  • भूकम्पको मापन मुख्यतया दुईवटा आधारमा गरिन्छ; परिमाण (Magnitude) र तीव्रता (Intensity) — परिमाण (Magnitude) लाई वैज्ञानिक रूपमा 'रेक्टर स्केल (Richter Scale)' मा मापन गरिन्छ र तीव्रता (Intensity) लाई वैज्ञानिक रूपमा 'मर्कली स्केल (Mercalli Scale) मा मापन गरिन्छ,
  • भूकम्प कत्रो थियो अर्थात् त्यसको परिमाण (Magnitude) र कति खतरनाक थियो अर्थात् त्यसको तीव्रता (Intensity) भनेर मुख्यतया दुईवटा मापदण्डको आधारमा गरिन्छ; परिमाण (Magnitude) लाई वैज्ञानिक रूपमा 'रेक्टर स्केल (Richter Scale)' मा मापन गरिन्छ र तीव्रता (Intensity) लाई वैज्ञानिक रूपमा 'मर्कली स्केल (Mercalli Scale) मा 
क्रम मापदण्ड विवरण
१. रेक्टर स्केल (Richter Scale)
  • के मापन गर्छ: यसले भूकम्प जाँदा केन्द्रबाट निस्किएको ऊर्जा (Energy) वा भूकम्पीय तरङ्गको आयामलाई मापन गर्दछ,
  • सामान्यत भन्नु पर्दा: यसले परिमाण (Magnitude) मापन गर्दछ,
  • आविष्कार: सन् १९३५ मा अमेरिकी भूकम्पविद् चार्ल्स एफ. रेक्टर (Charles F. Richter) ले यसको विकास गरेका,
  • प्रकृति: यो एक लघुगणकीय स्केल (Logarithmic Scale) हो; यसको अर्थ प्रत्येक १ अङ्कको वृद्धि हुनु भनेको लहरको शक्तिमा १० गुणा वृद्धि हुनु हो,
  • अङ्क र एकाइ: यसलाई ० देखि १० सम्मको दशमलव सङ्ख्यामा व्यक्त गरिन्छ (जस्तै: ७.९)
  • यन्त्र: यसको मापन सिज्मोोग्राफ (Seismograph) जस्ता उपकरणहरूबाट गरिन्छ
२. मर्काली स्केल (Mercalli Scale)
  • के मापन गर्छ: यसले भूकम्पले पृथ्वीको सतहमा पुर्‍याएको दृश्य क्षति (Visible Damage) र मानिसहरूले गरेको महसुसलाई मापन गर्दछ,
  • सामान्यत भन्नु पर्दा: यसले तीव्रता (Intensity) मापन गर्दछ,
  • आविष्कार: सन् १९०२ मा इटालीका भूकम्पविद् ज्युसेप मर्काली (Giuseppe Mercalli) ले यसको विकास गरेका थिए, जसलाई सन् १९३५ मा चार्ल्स एफ. रेक्टरले परिमार्जन गरेका,
  • प्रकृति: यो मानिसको अनुभव र संरचनामा पुगेको क्षतिको अवलोकनमा आधारित हुन्छ,
  • अङ्क र एकाइ: यसमा I देखि XII सम्मका रोमन अङ्कहरू प्रयोग गरिन्छ; 
    • I: महसुस नहुने
    • XII: पूर्ण विनाश (Catastrophic total destruction)

विश्वका प्रमुख भूकम्पीय पेटीहरू (Seismic Belts)

 

क्र.सं.
भूकम्पीय पेटीको नाम
विवरण
१.
प्रशान्त महासागरीय पेटी (Circum-Pacific Belt)
  • क्षेत्र: यसले प्रशान्त महासागरलाई घेरेका उत्तर अमेरिका, दक्षिण अमेरिका, पूर्वी एसिया (जापान, फिलिपिन्स) र अष्ट्रेलियाको भित्री तटीय क्षेत्रलाई समेट्छ,
  • अन्य नाम: यसलाई "आगोको घेरा (Ring of Fire)' पनि भनिन्छ,
  • भूकम्पको प्रतिशत: विश्वका करिब ६८% देखि ८१% भूकम्पहरू यसै पेटीमा जाने गर्दछन,
२.
मध्य-महाद्वीपीय पेटी (Mid-Continental Belt)
  • क्षेत्र: यो पेटी युरोपको एल्प्स पर्वतमाला (Alps Mountains) देखि सुरु भई भूमध्य सागर, उत्तर अफ्रिका, पश्चिम एसिया हुँदै हिमालय क्षेत्र (नेपाल, भारत, पाकिस्तान) र म्यानमारसम्म फैलिएको,
  • भूकम्पको प्रतिशत: विश्वका करिब १५% देखि १७% भूकम्पहरू यसै पेटीमा जाने गर्दछन,
  • नेपालको सन्दर्भ: नेपाल यही मध्य-महाद्वीपीय भूकम्पीय पेटी (Mid-Continental Belt) मा अवस्थित
३.
मध्य-आन्ध्र पेटी (Mid-Atlantic Belt)
  • क्षेत्र: आन्ध्र महासागरको बीचमा उत्तर-दक्षिण फैलिएको सामुद्रिक पर्वत शृङ्खला (Ridge) को क्षेत्र
  • भूकम्पको प्रतिशत: तुलनात्मक रूपमा कम र मध्यम तीव्रताका भूकम्पहरु निरन्तर गइरहन्छन्,
  • यो पेटी 'समुद्री पिँधको फैलावट (Sea floor spreading)' र आपसमा टाढा जाने (Divergent Plate Boundary) सँग सम्बन्धित

नेपालको भू-गर्भीय अवस्थिति र भूकम्पीय जोखिम:

  • नेपाल कुन टेकटोनिक प्लेट माथि अवस्थित छ? इन्डियन प्लेट (Indian Plate) र युरेसियन प्लेट (Eurasian Plate) को आपसी टकराव हुने सिमाना (Continental Collision Zone) मा अवस्थित
  • भूकम्पीय जोखिमको आधारमा नेपालको विश्वव्यापी स्थान: ११ औँ स्थानमा
  • नेपालको क्षेत्रीय पेटी: नेपाल विश्वको दोस्रो ठूलो भूकम्पीय क्षेत्र मध्य-महाद्वीपीय पेटी (Alpine-Himalayan Earthquake Belt) मा अवस्थित
  • नेपालमा गएका ऐतिहासिक र हालैका प्रमुख भूकम्पहरू:
    • वि.सं. १२८० असार शुक्ल नवमीको भूकम्प: काठमाडौँ उपत्यकालाई केन्द्रविन्दु बनाएर गएको नेपालको इतिहासमा अभिलेख गरिएको पहिलो भूकम्प, जसमा राजा अभय मल्लको मृत्यु भएको,
    • वि.सं. १९९० अर्थात् नब्बे सालको भूकम्प: वि.सं. १९९० माघ २ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर गएको ८.४ म्याग्निच्युडको नेपालको इतिहासकै सबैभन्दा ठुलो र विनाशकारी भूकम्प; यसै दिनको सम्झनामा हरेक वर्ष माघ २ गते 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाइन्छ,
    • वि.सं. २०४५ अर्थात् पैंतालीस सालको भूकम्प: २०४५ भदौ ५ गते उदयपुर लाई केन्द्रविन्दु बनाएर गएको ६.९ म्याग्निच्युडको भूकम्प
    • वि.सं. २०७२ अर्थात् बहत्तर सालको भूकम्प: वि.सं. २०७२ वैशाख १२ गते गोरखाको बारपाक गाउँलाई केन्द्रविन्दु बनाएर गएको ७.९ म्याग्निच्युडको नेपालको आधुनिक इतिहासको सबैभन्दा ठुलो र विनाशकारी भूकम्प; यसपछि वैशाख २९ गते ७.३ म्याग्निच्युडको ठूलो परकम्प (केन्द्रविन्दु: सिन्धुपाल्चोक) गएको,
    • २०८० कात्तिक १७ गते: वि.सं. २०७२ पश्च्यात रामीडाँडा, जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको,

विश्व इतिहासका प्रमुख भूकम्पहरू:

  • विश्व इतिहासकै सबैभन्दा ठुलो अर्थात् शक्तिशाली (Most Powerful) अभिलेख गरिएको भूकम्प: भ्याल्डिभिया भूकम्प (Valdivia earthquake)
    • मिति: सन् १९६० मे २२
    • परिमाण: ९.५ म्याग्निच्युड
    • यसलाई 'चिलीको महान भूकम्प (Great Chilean earthquake)' भनेर पनि चिनिन्छ,
    • विशेषता: यस भूकम्पले प्रशान्त महासागरमा २५ मिटरसम्म अग्लो सुनामी छाल पैदा गरेको थियो, जसको असर जापान र फिलिपिन्ससम्म पुगेको,
  • एसिया महादेशको इतिहासमा अभिलेख गरिएको सबैभन्दा ठुलो (शक्तिशाली) भूकम्प: हिन्द महासागर भूकम्प
    • मिति: सन् २००४ डिसेम्बर २६
    • परिमाण: ९.३ म्याग्निच्युड
    • केन्द्रविन्दु: इन्डोनेसियाको सुमात्रा टापुको पश्चिमी तट (समुद्रको पिँधमा)
    • मुख्य विशेषता: यो आधुनिक अभिलिखित इतिहासमा विश्वकै दोस्रो र एसिया महादेशको इतिहासकै सबैभन्दा शक्तिशाली भूकम्प 
    • महाविनाशकारी सुनामी: समुद्रमुनि गएको यस भूकम्पले इतिहासकै सबैभन्दा घातक सुनामी (Tsunami) छाल — 'बक्सिंग डे सुनामी (Boxing Day Tsunami)' उत्पन्न गरेको,
  •  मानव इतिहासकै सबैभन्दा घातक भूकम्प (Deadliest by Death Toll): साङ्सी भूकम्प (Shaanxi Earthquake)
    • मिति: सन् १५५६ जनवरी २३ (चीनको मिङ राजवंशको समयमा)
    • मृत्यु संख्या: करिब ८,३०,००० (आठ लाख तीस हजार) जना
    • अनुमानित परिमाण: यसको म्याग्निच्युड ८.० देखि ८.३ को वरपर रहेको अनुमान गरिन्छ,
    • प्रभावित क्षेत्र: चीनको साङ्सी (Shaanxi) प्रान्त र यसको वरपरका ९ वटा प्रान्तहरूमा यसले पूर्ण विनाश निम्त्याएको,

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 89
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 140
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 87
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 135
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA