Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हरित पेटिका अभियान

  • Ajnabee Khadka
  • July 19, 2026
  • 137

हरित पेटिका अभियान

Green Belt Movement - GBM
  • अवधारणा: यो वातावरण संरक्षण, दिगो विकास र महिला सशक्तीकरणलाई जोड्ने एक ऐतिहासिक र विश्वव्यापी रूपमा चर्चित गैर-सरकारी अभियान,
  • स्थापना वर्ष: सन् १९७७
  • सुरुवात भएको देश: केन्या, अफ्रिका
  • मुख्य नारा: "जब हामी रूख रोप्छौँ, हामी आशाका बीउहरू रोप्छौँ।" (When we plant trees, we plant the seeds of peace and hope.)
  • संस्थापक: वाङ्गारी माथाई (Wangari Maathai)
  • ऐतिहासिक कीर्तिमान: वाङ्गारी माथाई पर्यावरण र दिगो विकासको क्षेत्रमा योगदान पुर्‍याएबापत नोबेल शान्ति पुरस्कार (सन् २००४) पाउने पहिलो अफ्रिकी महिला र पहिलो पर्यावरणविद् (Environmentalist) बन्न सफल भएका,
  • यस अभियानको सुरुवात 'केन्याका महिलाहरूको राष्ट्रिय परिषद् (National Council of Women of Kenya - NCWK)' को अग्रसरतामा भएको,
  • अभियानको मुख्य उद्देश्य र रणनीति (Core Objectives & Strategy)
    • वन विनाश रोक्नु (Afforestation): तीव्र रूपमा भइरहेको वन विनाश र मरुभूमीकरण नियन्त्रणका लागि व्यापक रूपमा वृक्षरोपण गर्ने,
    • महिला सशक्तीकरण (Women Empowerment): ग्रामीण क्षेत्रका महिलाहरूलाई वृक्षशाला (Nursery) स्थापना र व्यवस्थापन गर्न सिकाउने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने,
    • खाद्य र जल सुरक्षा: जैविक विविधताको संरक्षण र जलस्रोतको पुनरुत्थान गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने,
    • नागरिक चेतना र सुशासन (Democracy & Peace): लोकतन्त्र, मानव अधिकार र वातावरणीय सुशासनका लागि आवाज उठाउने,
  • अभियानका मुख्य उपलब्धि र प्रभाव (Key Achievements & Impact)
    • वृक्षरोपणको तथ्याङ्क: यस अभियान अन्तर्गत अफ्रिका (विशेष गरी केन्या) मा हालसम्म ५,००० भन्दा बढी नर्सरीमार्फत ५ करोड १० लाखभन्दा बढी रूख रोप्न सफल भएको,
    • महिला सहभागिता: हजारौँ ग्रामीण महिलाहरूले रोजगारी र नर्सरी व्यवस्थापनको सीप पाएर आर्थिक आत्मनिर्भरता हासिल गरेको,
    • राजनीतिक प्रभाव: तत्कालीन केन्याको तानाशाही सरकारविरुद्ध पर्यावरण र नागरिक अधिकारको रक्षाका लागि यस अभियानले ठुलो जनचेतना फैलाएको,
    • विश्वव्यापीकरण: यो मोडल पछि 'प्यान-अफ्रिकन हरित पेटिका सञ्जाल (Pan-African Green Belt Network)' मार्फत तान्जानिया, युगान्डा, मलावी जस्ता अन्य अफ्रिकी देशहरूमा पनि विस्तार भएको,

Categories

  • Current Affairs 722
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 104
  • Nepal Police 8

Latest Blogs

World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 91
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 145
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 88
Economic Survey 2082/083: Consolidated Table of Key Figures
Current Affairs

आर्थिक सर्वेक्षण २०८२/०८३: मुख्य तथ्याङ्कहरूको एकीकृत तालिका

  • Jul 26, 2026
  • 136
Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA