Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs Past Questions

नासु २०८१/११/१७ मा लोकसेवाले सोधेका सामान्यज्ञान अन्तर्गतका प्रश्नहरू

  • Ritisha Shakya
  • March 02, 2025
  • 1043

नासु २०८१/११/१७ मा लोकसेवाले सोधेका सामान्यज्ञान अन्तर्गतका प्रश्नहरू

नासु २०८१/११/१७ मा लोकसेवाले सोधेका सामान्यज्ञान अन्तर्गतका प्रश्नहरू

१. नेपालमा तलका सांस्कृतिक सम्पदाहरुसँग तिनीहरुको अवस्थिति मिलान गर्नुहोस ।

a. Pashupatinath 1. Bhaktapur

b. Satasidham 2. Kathmandu

c. Lumbini 3. Jhapa

d. Nyatapola 4. Rupandehi

A) a-2, b-1, c-4, d-3

B) a-2, b-3, c-4, d-1

C) a-4, b-3, c-2, d-1

D) a-3, b-1, c-4, d-2

२. तलको कुन भनाइ सत्य हो ?

  1. परम्परागत था‌ङ्का चित्रकलाहरु बौद्ध धर्मसँग सम्बन्धित छन् ।
  2. नेपालको तराई क्षेत्रमा मैथिली कला प्रख्यात छ।
  3. नेपालका सबै सांस्कृतिक सम्पदाहरु युनेस्को विश्व सम्पदा क्षेत्रहरुमा सूचीकृत छन् ।

✓A) 1 र 2 ठीक

B) 2 र 3 ठीक

C) 1 र 3 ठीक

D) सबै ठीक

३. बौद्ध धर्ममा पहेलो रङगको अर्थ के हो ?

A) बुद्धको अन्तस्करण

B) बुद्धको शरीर

C) बुद्धको दाँत

D) बुद्धको अस्तिधातु

४. जोडा मिलाउनुहोस र सही विकल्प छान्नुहोस ।

पर्व मनाउने दिन

a. तिज 1. जेष्ठ शुक्लपक्ष षष्ठी

b. घोडेजात्रा 2. कार्तिक शुक्लपक्ष षष्ठी

c. छठ पर्व 3. चैत्र कृष्ण चर्तुदशी

d. सिथी नखः 4. भाद्र शुक्ल तृतीया

A) a-4, b-3, c-2, d-1

B) a-4, b-3, c-1, d-2

C) a-3, b-4, c-1, d-2

D) a-3, b-1, c-4, d-2

जानी राखी

  • नेवार परम्परामा सिथी नखः भनेको पानीको स्रोत सफा गर्ने दिन हो। इनार, धारा, कुवा, पोखरी लगायत सफा गरेर यो पर्व मनाइन्छ।
  • घोडे जात्रा : चैत्र कृष्ण औंसीमा पर्दछ ।

५. राष्ट्रिय सडक सञ्जालद्वारा हालसम्म नेपालका कतिवटा जिल्ला सदरमुकामहरु जोडिएका छन ?

A) 74

B) 75

C) 76

D) 77

६. आ.व. 2081/82 को बजट अनुसार तलको मध्ये कुन ठीक होइन ?

(A) राजश्व श्रोत (Revenue source) - Rs. 12 kharba 60 arba 30 crore

(B) बैदेशिक अनुदान (Foreign grant) -Rs. 52 arba 33 crore

(C) बैदेशिक ऋण (Foreign debt) -Rs. 2 kharba 50 arba 65 crore

(D) आन्तरिक ऋण (Internal borrowing) -Rs. 3 kharba 30 arba

७. तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही उत्तर छान्नुहोस् ।

  1. नेपालको कूल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ ।
  2. प्रशिद्ध पर्यटकीय क्षेत्र लिमी उपत्यका हुम्ला जिल्लामा पर्दछ ।

(A) 1 र 2 दुबै ठीक (1 and 2 both correct)

(B) 1 ठीक तर 2 बेठीक (1 correct but 2 wrong)

(C) 2 ठीक तर 1 बेठीक (2 correct but 1 wrong)

(D) 1 र 2 दुबै बेठीक (1 and 2 both wrong)

८. बच्चा जन्मेपछि लगत्तै कुन खोप दिइन्छ?

(A) BCG

(B) PCV

(C) DPT

(D) Polio

९. समूह [I] र समूह [II] जोडा मिलाउनुहोस् अनि सही उत्तर छान्नुहोस् ।

समूह (Group)-I समूह (Group)-II

a. Superior Fountain Pen 1. Michael Faraday

b. Dynamo 2. Lewis Waterman

c. Radium 3. Joseph Priestley

d. Oxygen 4. Marie and Pierre Curie

(A) a-2, b-1, c-4. d-3

(B) a-3, b-4, c-2, d-1

(C) a-4, b-2, c-1, d-3

(D) a-2, b-4, c-3, d-1

१०. तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।

a. Rodenticides मुसा मार्न प्रयोग गरिने रसायन हो।

b. Pyrethrin pesticides को synthetic स्वरूप 'Pyrethriods' हो।

(A) a ठीक, b बेठीक (a correct, b wrong)

(B) a बेठीक, b ठीक (a wrong, b correct)

(C) a र b दुबै ठीक (a and b both correct)

(D) a र b दुबै बेठीक (a and b both wrong) RAWAT

११. नेपालमा हरितगृह ग्याँस उत्सर्जनमा सबैभन्दा बढी योगदान दिने क्षेत्र कुन हो?

(A) औद्योगिक क्षेत्र (Industrial Sector)

(B) कृषि क्षेत्र (Agricultural Sector)

(C) उर्जा क्षेत्र (Energy Sector)

(D) फोहोर (Wastes)

१२. समूह- I र समूह-II बीच जोडा मिलाउनुहोस् र सही विकल्प छान्नुहोस् ।

समूह (Group)-I समूह (Group)-II

a. COP 28 1. Glasgow

b. COP 27 2. Madrid

c. COP 26 3. Dubai

d. COP 25 4. Sharm El-Sheikh

(A) a-4, 6-3, c-2, d-1

(B) a-3, b-4, c-1, d-2

(C) a-3, b-1, c-4, d-3

(D) a-1, b-3, c-4, d-2

1995: COP 1 Berlin, Germany

1997: COP 3 Kyoto, Japan

2002: COP 8 New Delhi, India

2007: COP 13 Bali, Indonesia

2010: COP 16 Cancun, Mexico

2011: COP 17 Durban, South Africa

2015: COP 21 Paris, France

2016: COP 22 Marrakech, Morocco

2017: COP 23 Bonn, Germany

2018: COP 24 Katowice, Poland

2019: COP 25 Madrid, Spain

2021: COP 26 Glasgow, UK

2022: COP 27 Egypt

2023: COP 28 Abu Dhabi, UAE

१३. दिगो विकास लक्ष्यहरू क्रमशः नं. ४ र ५ को सम्बन्धमा कुन विकल्प सही छ ?

(A) गुणस्तरीय शिक्षा र लैङ्गिक समानता

(B) गुणस्तरीय शिक्षा र शुन्य भोकमरी

(C) लैङ्गिक समानता र जलवायु सम्बन्धी कार्य

(D) शुन्य भोकमरी र जलवायु सम्बन्धी कार्य

१४. निम्नमध्ये सही जोडा पत्ता लगाउनुहोस् ।

(A) Maastricht Treaty को आधारमा स्थापना भएको संस्था - European Union

(B) संयुक्त राष्ट्र संघको कूल वर्तमान सदस्य राष्ट्र संख्या - 195

(C) संयुक्त राष्ट्र संघका लागि नेपालका प्रथम स्थायी प्रतिनिधि - Kedar Prasad Koirala

(D) संयुक्त राष्ट्र संघको सदस्यताको लागि आवेदन दिँदा नेपालको औपचारिक लिपी - Devanagari

१५. 2024 मा कुन मुलुकले ASEAN को अध्यक्षता गयो ?

(A) Malaysia

(B) Indonesia

(C) Philippines

(D) Laos

१६. लैंगिक हिंसा बिरुद्धको अन्तर्राष्ट्रिय अभियान कतिदिन सम्म मनाइन्छ?

(A)7

(B) 15

(C) 16

(D) 3

१७. राष्ट्रिय कर दिवस 2081 को नारा के थियो?

(A) कर प्रणालीको सार, लगानीको आधार

(B) लगानीको आधार, कर प्रणालीको सार

(C) कर प्रशासनको सार, लगानीको आधार

(D) करको सार, भविष्यको आधार

१८. तलका भनाइहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।

  1. COVID-19 ले विश्वव्यापी अर्थतन्त्र र रोजगारी बजारमा न्यूनतम प्रभाव पारेको छ।
  2. खोपले गम्भीर बिरामी र मृत्युलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
  3. महामारीले विश्वव्यापी स्वास्थ्य सेवा समन्वयको महत्त्वलाई उजागर गन्यो।

(A) 1 र 2 सही हुन्

(B) 2 र 3 सही हुन्

(C) 1 र 3 सही हुन्

(D) सबै सही हुन्

१९. नेपाल प्रिमियर लिग (NPL) को उपबिजेता को भयो जुन प्रतिस्पर्धा 2081 मंसिर 15 देखि पुष 6 मा संचालन गरिएको थियो?

(A) काठमाडौं गोर्खाज् (Kathmandu Gurkhas)

(B) पोखरा एभेन्जर्स (Pokhara Avengers)

(C) बिराटनगर किङ्ग्स (Biratnagar Kings)

(D) सुदूरपश्चिम रोयल्स (Sudurpaschim Royals)

२०. समूह-1 र समूह-11 बीच जोडा मिलाउनुहोस र सही उत्तर छान्नुहोस् ।

समूह (Group)-I समूह (Group)-11

a. राष्ट्रिय कर दिवस 1. Asoj 2

b. राष्ट्रिय शिक्षा दिवस 2. Mangsir 9

c. राष्ट्रिय उद्योग दिवस 3. Bhadau 29

d. राष्ट्रिय बाल दिवस 4. Mangsir 1

(A) a-4, b-3, c-l, d-2

(B) a-4, b-1, c-2, d-3 29

(C) a-2, b-3, c-4, d-1

(D) a-2, b-4, 6-3, 1

२१. भारत र चीन दुबैको सिमानालाई नेपालका कतिवटा प्रदेशले छुन्छन् ?

(A) 4

(B) 3

(C) 5

(D) 6

२२. Mekong River कुन सागरमा मिल्दछ ?

(A) South China Sea

(B) Mediterranean Sea

(C) Andaman Sea

(D) Red Sea

२३. अन्तर्राष्ट्रिय तिथि रेखा (IDL) को सम्बन्धमा निम्न कथनहरू अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।

  1. IDL विश्व मानचित्रमा १८०° देशान्तरमा रहेको एक सीधा रेखा हो ।
  2. पूर्वबाट पश्चिमतिर IDL पार गर्दा पात्रोमा एक दिन थपिन्छ ।
  3. राजनीतिक कारणहरूले केही क्षेत्र र टापुमा IDL बिचलन हुन्छ ।

(A) 1 र 2 ठीक हुन्

(B) 2 र 3 ठीक हुन्

(C) 1 र 3 ठीक हुन्

(D) सबै ठीक हुन्

नोट: सही उत्तर भएको अप्सन छैन ।

  • IDL एक बाङ्गो टिङ्गो रेखा हो ।
  • पूर्वबाट पश्चिमतर्फ IDL पार गर्दा एक दिन घटाएर जानु पर्दछ । किनकी पूर्वको समय एक दिन छिटो हुन्छ भने पश्चिमको समय १ दिन ढिलो हुने गर्दछ ।

२४. नेपालको हावापानीबारे निम्न कथनहरू विचार गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।

१. नेपालमा पाँचवटा प्रमुख जलवायु क्षेत्र छन् जुन उष्णदेखि ध्रुवीय हावापानीसम्म फैलिएको छ ।

२. मनसुन ऋतु सामान्यतयाः जुनदेखि सेप्टेम्बरसम्म रहन्छ।

३. नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी वार्षिक वर्षा हुन्छ।

(A) १ र २ ठीक

(B) २ र ३ ठीक

(C) १ र ३ ठीक

(D) सबै ठीक

२५. नेपाल कुन अक्षांशभित्र पर्दछ?

(A) 26°22' देखि 30°27' उत्तरी अक्षांश

(B) 26°22' देखि 30°27° दक्षिणी अक्षांश

(C) 80°4' दक्षिणी अक्षांशदेखि 88°22' दक्षिणी अक्षांश

(D) 36°32' उत्तरी अक्षांशदेखि 30°27' उत्तरी अक्षांश

२६. तलकामध्ये कुन जिल्लामा "लार्के पास" अवस्थित छ ?

(A) Shankhuwasabha

(B) Dolpa

(C) Gorkha

(D) Darchula

२७. निम्नमध्ये युरेनियम खानीको लागि नेपालको सम्भाव्य जिल्ला कुन हो?

(A) Manang

(B) Rasuwa

(C) Mustang

(D) Udayapur

२८. फ्रान्सेली राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ ।

a) फ्रान्सेली राज्यक्रान्तिलाई बौद्धिक क्रान्ति पनि भनिन्छ ।

b) दोश्रो विश्वयुद्धमा जर्मनीद्वारा आक्रमण गरिएको पहिलो राष्ट्र पोल्याण्ड थियो ।

(A) दुबै भनाई गलत

(B) a सही र b गलत

(C) दुबै भनाई सही

(D) a गलत र b सही

२९. गोपालराज बंशावली अनुसार नेपालमा कतिजना किराँत राजाहरूले शासन गरे ?

(A) 29

(B) 30

(C) 31

(D) 32

३०. तलका मध्ये नेपालमा पहिलो लिच्छवी राजाको रुपमा कसलाई मानिन्छ?

(A) Mandev

(B) Shivdev

(C) Jayadev I

(D) Anshu Barma

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 91
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1593
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 90
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 122
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA