पेरिस सम्झौता (Paris Agreement)
- परिभाषा: पेरिस सम्झौता (Paris Agreement) जलवायु परिवर्तन सम्बन्धी एक कानूनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सन्धि
- पारित मिति: १२ डिसेम्बर २०१५ (फ्रान्सको पेरिसमा सम्पन्न COP 21 का क्रममा)
- हस्ताक्षरका लागि खुला: २२ अप्रिल २०१६ (पृथ्वी दिवसको अवसरमा)
- लागू भएको मिति: ४ नोभेम्बर २०१६
-
प्रमुख लक्ष्यहरू:
- तापमान नियन्त्रण: विश्वव्यापी औसत तापमान वृद्धिलाई पूर्व-औद्योगिक स्तर (Pre-industrial levels) भन्दा २°C भन्दा निकै तल राख्ने र तापमान वृद्धिलाई १.५°C मा सीमित गर्ने प्रयास गर्ने,
- उत्सर्जन कटौती: विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनलाई सन् २०२५ अगावै उच्च विन्दु (Peak) मा पुर्याई त्यसपछि तीव्र रूपमा घटाउने,
- अनुकूलन क्षमता: जलवायु परिवर्तनका प्रभावहरू सामना गर्न सक्ने क्षमता र उत्थानशीलता बढाउने,
- नेपालद्वारा पेरिस सम्झौतामा हस्ताक्षर: तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले २२ अप्रिल २०१६ मा न्युयोर्कमा नेपालको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका,
- नेपालद्वारा पेरिस सम्झौता अनुमोदन: नेपालले ४ अक्टोबर २०१६ (१९ असोज २०७३) मा संसद्बाट यो सम्झौता अनुमोदन गरेको (सम्झौता लागू हुनुभन्दा अगावै अनुमोदन गरेकाले नेपाल यसको संस्थापक मुलुक बन्न सफल)
- पेरिस सम्झौता अनुमोदन गर्ने विश्वकै पहिलो राष्ट्र: फिजी (फिजीले सन् २०१६ फेब्रुअरी १२ मा यस सम्झौतालाई सबैभन्दा पहिले अनुमोदन गरेको,)
- पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो सार्क (SAARC) राष्ट्र: माल्दिभ्स (माल्दिभ्सले सन् २०१६ अप्रिल २२ मा (सम्झौतामा हस्ताक्षर गरेकै दिन) यसलाई अनुमोदन गरेको,)
- पेरिस सम्झौताबाट औपचारिक रूपमा अलग हुने पहिलो राष्ट्र: संयुक्त राज्य अमेरिका (अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयअनुसार अमेरिका सन् २०२० नोभेम्बर ४ मा यस सम्झौताबाट औपचारिक रूपमा अलग भएको र छि सन् २०२१ फेब्रुअरी १९ मा जो बाइडेन राष्ट्रपति भएपछि अमेरिका पुनः यस सम्झौतामा आबद्ध भइसकेको,)