Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Ajnabee Khadka
  • June 14, 2026
  • 321

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

Protected mammals, birds and reptiles in Nepal

नेपालका संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू:

१. संरक्षित स्तनधारी जन्तुहरू (Mammals)

  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची-१ अनुसार नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुहरूको संख्या २७ रहेको,
  • ऐनको अनुसूचीमा २६ वटा मुख्य शीर्षकहरूमा यी स्तनधारीहरूलाई सूचीकृत गरिएको छ, जसमा 'सालक' अन्तर्गत दुईवटा प्रजाति (म्यानिस क्रसिकाडाटा र म्यानिस पेन्टाड्याक्टाइला) समावेश गरिएकाले कुल प्रजाति संख्या २७ पुगेको हो।
क्र.सं.
नेपाली नाम
वैज्ञानिक नाम
१
आसामी रातो बाँदर
Macaca assamensis
२
सालक
Manis crassicaudata¹ र Manis pentadactyla²
३
हिसापि खरायो
Caprolagus hispidus
४
सोँस
Platanista gangetica
५
ब्वाँसो
Canis lupus
६
हिमाली रातो भालु
Ursus arctos
७
हाब्रे (रेड पाण्डा)
Ailurus fulgens
८
लिङ्गसाङ
Prionodon pardicolor
९
हुँडार
Hyaena hyaena
१०
चरी बाघ
Prionailurus bengalensis
११
लिङ्स
Lynx lynx
१२
ध्वाँसे चितुवा
Neofelis nebulosa
१३
बाघ
Panthera tigris
१४
हिउँ चितुवा
Panthera uncia
१५
जङ्गली हात्ती
Elephas maximus
१६
गैंडा
Rhinoceros unicornis
१७
सानो जातको बँदेल
Sus salvanius
१८
कस्तूरी मृग
Moschus chrysogaster
१९
बाह्रसिङ्गा
Cervus duvaucelii
२०
गौरीगाई
Bos gaurus
२१
जङ्गली याक (चौंरी)
Bos mutus
२२
अर्ना
Bubalus arnee
२३
नयन
Ovis ammon hodgsonii
२४
चिरु
Pantholops hodgsonii
२५
कृष्णसार
Antilope cervicapra
२६
चौका
Tetracerus quadricornis

२. संरक्षित पंक्षीहरू (Birds)

  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची-१ अनुसार जम्मा ९ प्रजातिका चराहरू संरक्षित सूचीमा रहेका,
क्र.सं.
नेपाली नाम
वैज्ञानिक नाम
१
कालो स्टोर्क
Ciconia nigra
२
सेतो स्टोर्क
Ciconia ciconia
३
सारस
Grus grus
४
चीर
Catreus wallichii
५
डाँफे
Lophophorus impejanus
६
मुनाल
Tragopan satyra
७
खर मजुर
Houbaropsis bengalensis
८
सानो खर मजुर
Sypheotides indica
९
ठूलो धनेश
Buceros bicornis

३. संरक्षित घस्रने जन्तुहरू (Reptiles)

  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची-१ अनुसार जम्मा ३ प्रजातिका घस्रने जन्तुहरू संरक्षित सूचीमा रहेका,
क्र.सं.
नेपाली नाम
वैज्ञानिक नाम
१
अजिङ्गर
Python molurus
२
घडियाल गोही
Gavialis gangeticus
३
सुन गोहोरो
Varanus flavescens

संरक्षित वन्यजन्तुहरुको शिकार गरिएको खण्डमा सजाय सम्बन्धी कानुनी प्रावधानहरू:

  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा १० अनुसार यी अनुसूची–१ मा उल्लेखित वन्यजन्तुहरूलाई 'संरक्षित वन्यजन्तु' मानिन्छ र तिनीहरूको शिकार गर्न पूर्ण रूपमा निषेध गरिएको,
  • अनुसूची–१ मा उल्लेखित संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई कसूरको प्रकृति अनुसार भारी जरिवाना र कैदको सजाय हुने व्यवस्था,
    • मुख्य स्तनधारीहरू: गैंडा, बाघ, हात्ती, कस्तूरी मृग, ध्वाँसे चितुवा, हिउँ चितुवा वा गौरीगाई मार्ने वा घाइते बनाउने र तिनको आखेटोपहार राख्ने वा व्यापार गर्नेलाई ५ देखि १० लाख रुपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्छ,
    • अन्य संरक्षित वन्यजन्तुहरू: माथि उल्लेखित बाहेकका अन्य संरक्षित वन्यजन्तुको हकमा १ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ देखि १० वर्षसम्म कैद, वा दुवै सजाय हुने व्यवस्था,
    • संरक्षित पंक्षीहरू: संरक्षित चराहरूको शिकार गर्ने वा मार्नेलाई २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना देखि १ वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्छ,

नेपालका शिकार गर्न पाइने जनावरहरू र पंक्षीहरू:

  • नेपालमा निश्चित प्रक्रिया पूरा गरी शिकार अनुज्ञापत्र (Hunting License) लिएर शिकार गर्न पाइने जनावरहरू र पंक्षीहरू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ९, १०, ११ र १२ बमोजिम उल्लेखित गरिएको,
वर्गीकरण
संख्या (प्रजाति/समूह)
वन्यजन्तुहरूको सूची (प्रमुख उदाहरणहरू)
शिकार गर्न पाइने जनावरहरू (Huntable Mammals)
१३
रातो मृग (Barking Deer), चित्तल, बँदेल, चौका (Four-horned Antelope), लगुना (Hog Deer), घोडगधा (Blue Bull), नाउर (Blue Sheep), जरायो (Sambar), चितुवा, भालु (हिमालयन र स्थल), थार, झारल र घोरल
शिकार गर्न पाइने चराहरू (Huntable Birds)
१२
मजूुर (Peafowl), कालिज, लुइँचे, तित्रा, च्याखुरा, पानी हाँस, चखेवा, ढुकुर, परेवा, जलेसो (Coot), बट्टाई र चाहा (Snipe)

 

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 52
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 57
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 106
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA