लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (६ फागुन २०८२, बुधबार)
१. भ्रष्टाचार अवधारणा सूचकाङ्क२०२५ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
➤ १०९ औँ (१८२ देशमा)
- ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुवरी १० मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क२०२५ मा नेपालले यो वर्ष ३४ अङ्क प्राप्त गरेको । नेपालले गत वर्ष पनि ३४ अङ्क नै प्राप्त गरेको थियो ।
- गत वर्षको तुलनामा अङ्क समान भए पनि नेपालको वरीयता भने खस्किएको छ । गत वर्ष १०७ औँ स्थान (१८० देश) मा रहेको नेपाल यस वर्ष १०९ औँ स्थान (१८२ देश) मा रहेको ।
२. सरकारले जङ्गली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो ?
➤ वि.सं. २०८२ माघ २९
- सरकारले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो ।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले दिएको अधिकार प्रयोग गरी जङ्गली रातो बाँदरले किसानको खेतबारीमा आई बालीनाली वा जनधनको हानि नोक्सानी पुराएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्तो बाँदरलाई धपाउन, लेखट्न वा पक्रन सक्ने छ ।

३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वि.सं २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थनमा रहन सफल प्रदेश कुन हो ?
➤ सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)
- प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कुनै पनि प्रदेशले ५० प्रतिशत अङ्क कटाउन सकेका छैनन् ।
- यो मूल्याङ्कन आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिइने आधारमध्ये एक आधारका रूपमा प्रयोग हुने छ ।
- दोस्रो स्थान : कोशी (४४.२९ अङ्क)
- तेस्रो : बागमती (४२.४६ अङ्क)
- सबैभन्दा कमजोर मधेश प्रदेश (२७.२८ अङ्क) रहेको छ ।
- मूल्याङ्कन प्रवितेदन अनुसार महानगरपालिकामध्ये विराटनगर पहिलो (७८.११ अङ्क), ललितपुर दोस्रो (७६.३३ अङ्क), भरतपुर तेस्रो (६८.०४ अङ्क), पोखरा चौथो (५८.०४ अङ्क), वीरगन्ज पाँचौँ (५४ अङ्क) र काठमाडौँ छैटौँ (४४.९७ अङ्क) स्थानमा रहेका छन् ।
- ७५३ स्थानीय सरकारमध्ये कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका (८३.८४ अङ्क) देशभरिकै सबैभन्दा अब्बल साबित भएको छ ।
- रुकुम पश्चिमको चौरजहारी नगरपालिका दोस्रो (८२.१५ अङ्क), गुल्मीको मालिका गाउँपालिकाले तेस्रो (८१.९८ अङ्क) र गुल्मीकै धुर्कोट गाउँपालिका चौथो (८०.५२ अङ्क) स्थानमा रहन सफल भएका छन् ।
- कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशका अधिकांश स्थानीय तहको अङ्क कमजोर आएको छ ।
४. अमेरिका र रुसबिचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो ?
➤ सन् २०२६ फेब्रुअरी ५
सम्झौताको समाप्तिले नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विज्ञहरूले आशङ्का व्यक्त गरेका छन्
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौताको अवधि विस्तार गर्न तयार रहेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्ने योजना बनाउन चाहेको सङ्केत गरेका छन् ।
बेइजिङले आफ्नो बढ्दो आणविक शस्त्रागारमा कुनै प्रतिबन्ध स्वीकार नगर्ने जनाएको छ ।
न्यु स्टार्ट सम्झौताले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षक तथा एक हजार ५५० आणविक हतियारमा सीमा लगाएको थियो ।

५. आइसिसी टी२० विश्वकप, २०२६ (दसौँ संस्करण) को आयोजना मिति कुन हो ?
➤ सन् २०२६ फेब्रुवरी ७मार्च ८
- आयोजक : भारत र श्रीलङ्का
- सहभागी राष्ट्र : २०
- टी२० विश्वकपमा नेपाल तेस्रो पटक (सन् २०१४, २०२४, २०२६) सहभागी भएको हो ।
६. नेपाल राष्ट्र बैङ्कका अनुसार आ.व २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट कति रेमिट्यान्स बाहिरिएको छ ?
➤ छ अर्ब ९८ करोड २६ लाख रुपियाँ
- गत आवको पहिलो छ महिनामा नेपालबाट चार अर्ब ५७ करोड ३८ लाख रुपियाँ रेमिट्यान्स बाहिरिएको थियो । सो तुलनामा यो वर्ष नेपालबाट बाहिरिने रेमिट्यान्समा ५२.६६ प्रतिशतको वृद्धि भएको छ ।
- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार हालसम्म २२ हजार ४३९ जना विदेशी कामदारले श्रम इजाजत लिएका छन् ।
- नेपालमा काम गर्न आउने विदेशी कामदारले आफूले कमाएको ७५ प्रतिशत रकम आफ्नो देशमा पठाउन पाउने व्यवस्था छ । विदेशी कामदारले आफूले कमाएको २५ प्रतिशत रकम नेपालमै खर्च गर्नुपर्ने प्रावधान रहेको छ ।
- नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी, जलविद्युत् आयोजना, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीमा विदेशी कर्मचारी पनि कार्यरत छन् ।
७. दक्षिण एसियाली राष्ट्र बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनमा दुई तिहाइ बहुमत ल्याउन सफल पार्टी कुन हो ?
➤ बङ्गलादेश नेस्नलिस्ट पार्टी (बीएनपी)
- बीएनपीले कुल २९९ (३०० सिटमध्ये एक सिटमा चुनाव स्थगित) सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ । यससँगै १५ वर्षपछि पुनः यो पार्टी सत्तामा फर्किन सफल भएको छ ।
- निर्वाचन सम्पन्न मिति : सन् २०२६ फेब्रुवरी १२
८. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
➤ श्री ५ राजेन्द्र
९. करिब १५ सय वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ ?
➤ तिलौराकोट, कपिलवस्तु (विसं २०८२ माघ)
- कपिलवस्तु सहरको तिलौराकोटमा यो अद्वितीय मन्दिरको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्धि तथा दक्षिण एसियाका प्राचीन बौद्ध तीर्थमार्गमा यसको महìवलाई थप पुष्टि गर्ने छ ।
- सय बिगाहा क्षेत्रफल ओगटेको तिलौराकोटमा हाल करिब ३४ बिगाहा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ ।
१०. फ्रान्सको राज्यक्रान्ति पछि त्यहाँको शासन सत्ता कसले समालेका थिए ?
➤ नेपोलियन बोनापार्ट
११. नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?
➤ उष्ण मनसुनी हावापानी
१२. पञ्च महाभूत भन्नाले केकेलाई बुझाउँछ ?
➤ पृथ्वी, जल, तेज, वायु र आकाश
१३. नेपालमा पहिलो पटक सालकसम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
➤ वि.सं. २०८२ माघ २६, माडी, चितवन
- बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना भएको हो ।
- सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षणसम्बन्धी सङ्घ संस्थाका प्रतिनिधि तथा विज्ञसहित २०० भन्दा बढीको सहभागिता रहेको छ ।
- सम्मेलनमा संरक्षित वन्यजन्तु सालकको वर्तमान अवस्था, संरक्षणको आवश्यकता, चुनौती तथा भावी रणनीतिका विषयमा छलफल केन्द्रित भएको हो ।
- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
- हाल सालक लोपोन्मुख अवस्थामा रहेको छ । बालीनालीमा लाग्ने हानिकारक किराफट्याङ्ग्रा खाने भएकाले यो किसानको साथीको रूपमा रहेको छ ।

१४. सरकारले कुन प्रदेशबाट क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
➤ कर्णाली प्रदेश
१५. नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो ?
➤ वि.सं. २०८२ वैशाख २
१६. नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको हो ?
➤ वि.सं. २०८१ चैत्र २
१७. एसियाली विकास बैङ्कको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्त हुने नेपाली को हुन् ?
➤ अर्थशास्त्री सोना श्रेष्ठ
- नियुक्तिः विसं २०८२ माघ २९ (सन् २०२६ फेब्रुअरी १२)
- नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का हेर्ने गरी उहाँलाई नियुक्त गरिएको हो । उहाँले यी मुलुकमा एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने छ ।
- २३ वर्षदेखि एडिबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उपमहानिर्देशक हुनुहुन्थ्यो ।

१८. विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो ?
➤ बेलायत
१९. सातौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
➤ मच्छिन्द्र फुटबल क्लब (उपविजेता : एपिएफ क्लब)
- विसं २०८२ फागुन ४ मा सम्पन्न फाइनल
- प्रतियोगितामा मछिन्द्रले ३१ गोलअन्तरले एपिएफलाई हराएको हो ।
- मच्छिन्द्र फुटबल क्लबले प्रथम भई ट्रफीसहित १५ लाख रुपियाँ तथा एपिएफले द्वितीय भई सात लाख ५० हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् ।
- सर्वोत्कृष्ट खेलाडी : पेमा तामाङ (मच्छिन्द्र फुटबल क्लब)
- उत्कृष्ट गोलरक्षक : विशाल श्रेष्ठ (मच्छिन्द्र फुटबल क्लब)
प्रस्तुतकर्ता : टङ्क केसी