Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र संयुक्त राष्ट्रसंघ (UN) बीचको सम्बन्ध

  • Ajnabee Khadka
  • July 07, 2026
  • 303

नेपाल र संयुक्त राष्ट्रसंघ (UN) बीचको सम्बन्ध

Relations between Nepal and the United Nations (UN)
विषय विस्तृत तथ्य र विवरण
संयुक्त राष्ट्रसंघको सदस्यताका लागि नेपालको आवेदन
  • औपचारिक आवेदन मिति: नेपालले सन् १९४९ फेब्रुअरी १३ (वि.सं. २००५ फागुन २) मा संयुक्त राष्ट्रसंघको सदस्यताका लागि औपचारिक आवेदन दिएको,
  • हस्ताक्षरकर्ता: उक्त आवेदन पत्रमा तत्कालीन परराष्ट्र मामिलाका डाइरेक्टर जनरल मेजर जनरल विजय शमशेरले हस्ताक्षर गरेका,
  • आवेदनको भाषा र लिपि: नेपालले आफ्नो सार्वभौमसत्ता र मौलिकता प्रदर्शन गर्न २७ पृष्ठ लामो विस्तृत आवेदन पत्र र संलग्न कागजातहरू नेपाली भाषा र रन्जना लिपि (नेवारी लिपि) मा तयार गरी पठाएको,
  • नेपालले संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन दिँदा आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको प्रमुख कानुनी प्रमाणका रूपमा प्रस्तुत गरेको दस्तावेज: सन् १९२३ को नेपाल-बेलायत सन्धि (सन् १९२३ को यो सन्धिलाई सन् १९२५ मा राष्ट्रसंघ (League of Nations) को अभिलेखमा पनि दर्ता गरिएको,)
सार्वभौमसत्ताको प्रमाण र कानुनी आधार
  • आवेदनमाथि छलफल हुँदा सोभियत संघ (USSR) र युक्रेनले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तामाथि प्रश्न उठाउँदै थप प्रमाण माग गरेका,
  • नेपालले सोभियत संघको प्रश्नको जवाफमा २२ जुलाई १९४९ मा २५ पृष्ठ लामो थप दस्तावेज पेस गरेको,
  • नेपालले सोभियत संघको प्रश्नको जवाफमा पठाएको २५ पृष्ठ लामो थप दस्तावेजमा निम्न ऐतिहासिक सन्धिहरू समावेश;
    • सन् १८१५ को सुगौली सन्धि
    • सन् १८५६ को नेपाल–तिब्बत सन्धि
    • सन् १७९२ को नेपाल–चीन सन्धि
    • सन् १९२३ को नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धि
  • सन् १९२५ अगस्ट ७ मा नेपाल–बेलायत सन्धिलाई लिग अफ नेसन्स (League of Nations) मा दर्ता गरिएको तथ्यलाई पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्वको प्रमाणका रूपमा प्रस्तुत गरेको,
सोभियत संघको भिटो (Veto)
  • भिटो प्रयोग भएको मिति: वि.सं. २००६ भदौ २२ (सन् १९४९ सेप्टेम्बर ७) का दिन सुरक्षा परिषद्मा नेपालको सदस्यता प्रस्तावमाथि सोभियत संघले भिटो प्रयोग गरेको,
  • नेपाललाई सदस्यता पाउनबाट रोक्न सोभियत संघले प्रयोग गरेको भिटोको क्रम संख्या: ३१औं भिटो 
  • संयुक्त राष्ट्रसंघका लागि सोभियत संघका स्थायी प्रतिनिधि याकोभ मलिक (Yakov Malik) थिए, जसले नेपालको विरुद्धमा नकारात्मक मत (भिटो) दिएका,
  • सोभियत संघले भिटो प्रयोग गर्नुका मुख्य कारणहरू;
    • शीतयुद्धकालीन ध्रुवीकरण: नेपाल राणाकालीन समयमा पश्चिमा (अमेरिका/बेलायत) खेमाको नजिक देखिएको कूटनीतिक बुझाइ
    • गोर्खा भर्ती सम्बन्धी विवाद: नेपालको परराष्ट्र तथा सैन्य नीति पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम नभएको सोभियत संघको आरोप
    • प्रतिशोधपूर्ण कूटनीति (Tit-for-Tat): पश्चिमा राष्ट्रहरूले साम्यवादी मुलुकहरूलाई रोकेको बदलामा सोभियत संघद्वारा नेपालको आवेदनमाथि भिटो प्रयोग
नेपालको संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति
  • सदस्यता प्राप्त मिति: १४ डिसेम्बर १९५५ (तदनुसार वि.सं. २०१२ मंसिर २९ गते)
  • सदस्य राष्ट्रको क्रम: नेपाल संयुक्त राष्ट्रसंघको ७२ औं सदस्य राष्ट्र
  • प्रवेशको माध्यम: शीतयुद्धको राजनीतिक गतिरोध अन्त्य गर्न सोभियत संघ र पश्चिमा शक्ति राष्ट्रहरूबीच भएको समझदारी (Package Deal) अन्तर्गत नेपालसहित १६ राष्ट्रले एकैपटक सदस्यता पाएका,
  • प्याकेज डिल मार्फत सदस्यता पाउने १६ देशहरू:
    • एसियाली देशहरू (४): नेपाल, श्रीलङ्का (सेलोन), कम्बोडिया, र लाओस
    • युरोपेली तथा अन्य देशहरू (१२): अल्बानिया, अस्ट्रिया, बुल्गेरिया, फिनल्याण्ड, हङ्गेरी, आयरल्याण्ड, इटाली, जोर्डन, लिबिया, पोर्चुगल, रोमानिया, र स्पेन
  • मतदान विवरण: महासभामा भएको मतदानमा नेपालको पक्षमा ५७ मध्ये ५७ मत (सर्वसम्मत) प्राप्त भएको,
  • नेपाल प्रवेश गर्दाका संयुक्त राष्ट्रसंघको महासचिव: ड्याग ह्यामरसोल्ड (Dag Hammarskjöld)
  • नेपालको सदस्यता महासभाको प्रस्ताव संख्या A/Res/995(X) मार्फत स्वीकृत भएको,
नेपालको संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्ति पछिका प्रमुख कूटनीतिक कदमहरू
  • पहिलो स्थायी प्रतिनिधि: सदस्यता प्राप्त गरेपछि ऋषिकेश शाहलाई सन् १९५६ मा संयुक्त राष्ट्रसंघका लागि नेपालको पहिलो स्थायी प्रतिनिधि नियुक्त गरिएको,
  • महासभामा पहिलो सम्बोधन: सन् १९५६ को ११औं महासभामा नेपालले पहिलोपटक भाग लिएको र टोलीको नेतृत्वकर्ता परराष्ट्रमन्त्री चूडाप्रसाद शर्माले सम्बोधन गरेका,
  • झन्डोत्तोलन: सन् १९५६ मार्च २६ का दिन संयुक्त राष्ट्रसंघ मुख्यालयमा नेपालको राष्ट्रिय झन्डा पहिलोपटक फहराइएको,
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको सहभागिताको इतिहास, वर्तमान अवस्था र योगदान
  • नेपालले सन् १९५८ मा लेबनान (UNOGIL) मा पाँच जना सैनिक पर्यवेक्षक (Military Observers) हरू पठाएर संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो यात्रा सुरु गरेको,
  • पहिलो पूर्ण सैन्य टोली: 
    • ऐतिहासिक पल्टन (पार्टी): श्री पुरानो गोरख गण
    • विशेषता: संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहभागी हुने नेपालको पहिलो पूर्ण सैन्य पल्टन/टोली (First Sizeable Battalion / Contingent)
    • तैनाथी वर्ष: वि.सं. २०३० फागुन २ देखि २०३१ भदौ २० सम्म (सन् १९७४ फेब्रुअरी १३ देखि १९७४ सेप्टेम्बर ५ सम्म)
    • मिसनको नाम: UNEF–II (United Nations Emergency Force II)
    • सैन्य परिचालनको उदेश्य: यो टोली अरब-इजरायल युद्ध पछि इजरायल र इजिप्ट बीच शान्ति स्थापना गर्ने उद्देश्यले खटाइएको,
    • तैनाथ भएको क्षेत्र (देश): सिनाई प्रायद्वीप, इजिप्ट (इजिप्ट र इजरायलको सीमा क्षेत्र)
    • सुरक्षाकर्मीको कुल संख्या: ५७१ जना शान्ति सैनिकहरू
    • नेतृत्वकर्ता (कमान्डर): तत्कालीन गणपति प्रमुख सेनानी गडुल शमशेर ज.ब.रा.
  • नेपाल प्रहरीको सहभागिता:
    • सुरुवात: नेपाल प्रहरीले सन् १९९२ मार्च (वि.सं. २०४८ फागुन/चैत) देखि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो सेवा सुरु गरेको,
    • पहिलो मिसन: नेपाल प्रहरी सहभागी भएको पहिलो मिसन पूर्व युगोस्लाभियामा खटिएको UNPROFOR (United Nations Protection Force)
    • प्रारम्भिक भूमिका: सुरुमा नेपाल प्रहरी नागरिक प्रहरी (CIVPOL) को रूपमा सहभागी भएको,
    • पहिलो टोलीको संख्या: सुरुमा ३७ जना प्रहरी अधिकारीहरू (पर्यवेक्षक र नागरिक प्रहरीका रूपमा) सहभागी भएका,
  • सशस्त्र प्रहरी बलको सहभागिता:
    • सुरुवात: सशस्त्र प्रहरी बलले सन् २००२ अक्टोबर (वि.सं. २०५९ असोज/कात्तिक) देखि संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागिता जनाउन थालेको,
    • सशस्त्र प्रहरी बलको पहिलो मिसन: UNMISET (United Nations Mission of Support in East Timor)
    • सशस्त्र प्रहरी बलको पहिलो कार्यक्षेत्र (देश): पूर्वी टिमोर (East Timor)
  • सन् २०२६ फेब्रुअरी २८ को आधिकारिक तथ्याङ्क अनुसार नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैन्य योगदान पुर्‍याउने राष्ट्रहरूको सूचीमा विश्वभरमै दोस्रो स्थानमा रहेको; यस समयमा ४,४०५ कर्मचारी पठाएर रुवान्डा पहिलो स्थानमा रहेको छ भने भारत ४,२७८ कर्मचारीसहित तेस्रो स्थानमा,
  • २८ फेब्रुअरी २०२६ सम्मको तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालबाट कूल ४,३४० जना वस्त्रधारी कर्मचारीहरू खटिएका;
    • सैन्य टोली (Troops): ४,०३३ जना
    • फर्मड पुलिस युनिट (Formed Police Units - FPU): १६० जना
    • स्टाफ अफिसर (Staff Officers): ८३ जना
    • मिसन विज्ञ (Experts on Mission): ३० जना
    • व्यक्तिगत प्रहरी (Individual Police): ३४ जना
विविध
  • संयुक्त राष्ट्रसंघको सदस्यताका लागि आवेदन पठाउदा ताका नेपालको प्रधानमन्त्री: मोहन शमशेर ज.ब.रा
  • संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गर्दाको बेला नेपालको राजा: राजा महेन्द्र 
  • नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको पहिलो महासचिव: ड्याग ह्यामरसोल्ड (Dag Hammarskjöld)
  • महासभालाई सम्बोधन गर्ने नेपालको पहिलो प्रधानमन्त्री: बी.पी. कोइराला (संयुक्त राष्ट्रसंघको १५ औं महासभामा)
  • संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने नेपालको पहिलो राजा: राजा महेन्द्र (संयुक्त राष्ट्रसंघको २२ औं महासभामा)
  • नेपाल पहिलोपटक सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित: सन् १९६९-१९७० (नेपाल दोस्रो पटक सन् १९८८-१९८९ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्य निर्वाचित भएको,)
  • गणतन्त्र स्थापनापछि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने पहिलो प्रधानमन्त्री: पुष्पकमल दाहाल 'प्रचण्ड'
  • नेपाल पहिलोपटक आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष निर्वाचित: सन् २०२५-२०२६
  • नेपालको सङ्घीय संसदलाई सम्बोधन गर्ने पहिलो महासचिव: एन्टोनियो गुटेरेस
  • नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघको हालका स्थायी प्रतिनिधि: लोकबहादुर थापा
  • नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको पहिलो एसियाली मूलको महासचिव: यू थान्त
  • हालसम्म नेपाल भ्रमण गर्ने कुल महासचिवको संख्या: ७ जना
  • माओवादीको सशस्त्र द्वन्द्वकालीन संक्रमणकालीन नेपालको शान्ति प्रक्रिया, माओवादी सेनाको हतियार र सैनिकहरूको व्यवस्थापन अनुगमनका लागि स्थापित संयुक्त राष्ट्रसंघीय मिसन: २३ जनवरी २००७ (वि.सं. २०६३ माघ ९) मा स्थापित UNMIN - United Nations Mission in Nepal

 

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 52
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 57
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 106
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA