सुगौली सन्धि (Treaty of Sagauli)
- सुगौली सन्धि नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको एक ऐतिहासिक सम्झौता हो, जसले नेपालको वर्तमान राजनीतिक नक्सा र सिमाना निर्धारण गरेको,
- वि.सं. १८७१–१८७२ (सन् १८१४–१६) को नेपाल-अंग्रेज युद्ध (Anglo-Gorkha War) को अन्त्यसँगै यो सन्धि कार्यान्वयनमा आएको,
सामान्य चिनारी:
- हस्ताक्षर भएको मिति: वि.सं. १८७२ मङ्सिर १७ (डिसेम्बर २, १८१५)
- लागु (अनुमोदन) भएको मिति: वि.सं. १८७२ फागुन २३ (मार्च ४, १८१६)
- पक्षहरू: नेपाल अधिराज्य र ब्रिटिस इस्ट इन्डिया कम्पनी
- हस्ताक्षर भएको स्थान: भारतको तत्कालिन चम्पारण जिल्लाको सुगौली भन्ने ठाउँ (यो ठाउँ हाल भारतको बिहार राज्यको पूर्वी चम्पारण (East Champaran) जिल्लामा पर्दछ,)
- अनुमोदन भएको स्थान: मकवानपुर, नेपाल
हस्ताक्षरकर्ताहरू:
- नेपालको तर्फबाट: राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय
- ब्रिटिस कम्पनीको तर्फबाट: लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राड्स (Lt. Col. Paris Bradshaw)
- अनुमोदन गर्ने: ब्रिटिस गभर्नर जनरल डेभिड ओक्टरलोनी (General David Ochterlony)
सुगौली सन्धिका मुख्य धाराहरू (९ वटा धारा)
|
धारा
|
मुख्य प्रावधान (विषयवस्तु)
|
|---|---|
|
१
|
ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालका राजाबीच शाश्वत शान्ति र मित्रता कायम रहने।
|
|
२
|
युद्धभन्दा अगाडि विवादमा रहेका सबै भूभागमा नेपालले आफ्नो दाबी पूर्ण रूपमा छोड्ने।
|
|
३
|
नेपालले काली र राप्ती, राप्ती र गण्डकी (बुटवल बाहेक), गण्डकी र कोसी तथा मेची र टिस्टा बीचका तराई र पहाडी भूभागहरू अंग्रेजलाई सदाका लागि सुम्पिनुपर्ने।
|
|
४
|
भूमि त्यागका कारण मर्कामा परेका नेपाली भारदारहरूलाई क्षतिपूर्तिका रूपमा अंग्रेज सरकारले वार्षिक दुई लाख रुपैयाँ पेन्सन दिने।
|
|
५
|
नेपालका राजाले काली (महाकाली) नदीभन्दा पश्चिमका मुलुकहरू र त्यहाँका बासिन्दासँगको सबै सम्बन्ध र दाबी परित्याग गर्ने।
|
|
६
|
नेपालले सिक्किमका राजाको भूभागमा कहिल्यै हस्तक्षेप नगर्ने र विवाद भएमा ब्रिटिस सरकारको मध्यस्थता स्वीकार गर्ने।
|
|
७
|
नेपालले ब्रिटिस सरकारको अनुमतिबिना कुनै पनि युरोपेली वा अमेरिकी नागरिकलाई आफ्नो सेवामा राख्न नपाउने।
|
|
८
|
सम्बन्ध सुधारका लागि दुवै देशले एक अर्काको दरबारमा मान्यता प्राप्त आवासीय प्रतिनिधि (मन्त्री) राख्ने।
|
|
९
|
यो सन्धिलाई नेपालका राजाले १५ दिनभित्र अनुमोदन (Ratify) गरी ब्रिटिस सरकारलाई बुझाउनुपर्ने।
|
सुगौली सन्धिको ऐतिहासिक र भौगोलिक प्रभाव:
- यो सन्धिमार्फत नेपालले आफ्नो कुल भूभागको करिब एक-तिहाइ (१/३) हिस्सा गुमाउनु परेको,
- सन्धि हुनुअगाडि नेपालको सिमाना पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलज नदीसम्म (काँगडा किल्ला) फैलिएको थियो भने यो सन्धिमार्फत नेपालको सिमाना पूर्वमा मेची नदी र पश्चिममा महाकाली नदीमा निर्धारित भएको,
- क्षेत्रफल: सन्धिअगाडि नेपालको क्षेत्रफल करिब २,६७,५७५ वर्ग कि.मि. रहेकोमा सन्धिपछि करिब १,४७,१८१ वर्ग कि.मि. मा खुम्चिएको,
सुगौली सन्धिपछिका संशोधन र भूभाग फिर्ता:
- वि.सं. १८७३ मङ्सिर २७ गते (सन् १८१६ डिसेम्बर ११): ब्रिटिस सरकारले कोसीदेखि राप्तीसम्मको तराई भूभाग नेपाललाई फिर्ता दिएको र यसै कारण धारा ४ बमोजिम दिइने २ लाख रुपैयाँ पेन्सनको व्यवस्था खारेज भएको,
- वि.सं. १९१७ कात्तिक १७ गते (सन् १८६० नोभेम्बर १) : सन् १८५७ को सिपाही विद्रोह दबाउन नेपालका तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणाले गरेको सैन्य सहयोगको बदलामा ब्रिटिस सरकारले राप्तीदेखि काली नदीसम्मको तराई भूभाग (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) नेपाललाई फिर्ता दिएको,