Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र संघीय कोष र कार्यक्रमहरू

  • Ajnabee Khadka
  • July 11, 2026
  • 138

संयुक्त राष्ट्र संघीय कोष र कार्यक्रमहरू

United Nations funds and programs
कोष र कार्यक्रमहरू मुख्यालय
विवरण

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (United Nations Development Programme - UNDP)

न्युयोर्क शहर, संयुक्त राज्य अमेरिका

  • संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) ले झन्डै १७० देश र क्षेत्रहरूमा गरिबी निवारण गर्न, असमानता घटाउन र देशहरूले निरन्तर प्रगति हासिल गर्न सकून् भनी उत्थानशीलता (resilience) निर्माण गर्न मद्दत गर्दछ,
  • संयुक्त राष्ट्र संघको विकास नियोगको रूपमा, UNDP ले देशहरूलाई दिगो विकास लक्ष्यहरू हासिल गर्न मद्दत गर्न महत्त्वपूर्ण भूमिका खेल्छ,

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रम (United Nations Environment Programme - UNEP)

नैरोबी, केन्या

  • सन् १९७२ मा स्थापना भएको संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (UNEP) संयुक्त राष्ट्र संघ भित्र वातावरणका लागि स्थापितप्रमुख संयन्त्र
  • UNEP ले विश्वव्यापी वातावरणको बुद्धिमानीपूर्वक उपयोग र दिगो विकासलाई प्रवर्द्धन गर्न उत्प्रेरक, वकालतकर्ता, शिक्षक र सहजकर्ताको रूपमा काम गर्दछ,

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (United Nations Population Fund - UNFPA)

न्युयोर्क शहर, अमेरिका

  • संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (UNFPA) प्रत्येक गर्भ अवस्था चाहेको जस्तो होस्, प्रत्येक जन्म सुरक्षित होस् र हरेक युवाको क्षमता प्रस्फुटित हुन सकोस् भन्ने संसार निर्माणका लागि काम गर्ने संयुक्त राष्ट्र संघको प्रमुख नियोग,

संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT)

नैरोबी, केन्या

  • संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को मुख्य उद्देश्य सामाजिक र वातावरणीय रूपमा दिगो मानव बसोबासको विकासलाई प्रवर्द्धन गर्नु र सबैका लागि उपयुक्त आवासको उपलब्धता सुनिश्चित गर्नु, 

संयुक्त राष्ट्र सङ्घीय बाल कोष (United Nations Children's Fund - UNICEF)

न्युयोर्क शहर, अमेरिका

  • संयुक्त राष्ट्र संघीय बाल कोष (UNICEF) ले बालबालिकाको जीवन बचाउन, उनीहरूको अधिकारको रक्षा गर्न र प्रारम्भिक बाल्यकालदेखि किशोरवस्थासम्म उनीहरूको क्षमतालाई पूर्ण रूपमा प्रस्फुटित गराउन १९० वटा देश र क्षेत्रहरूमा काम गर्दछ,

विश्व खाद्य कार्यक्रम (World Food Programme - WFP)

रोम, इटाली

  • विश्व खाद्य कार्यक्रम (WFP) को उद्देश्य भोक र कुपोषण उन्मूलन गर्नु हो। विश्वकै सबैभन्दा ठूलो यस मानवीय नियोगले खाद्यान्न वा नगद वितरण लगायतका माध्यमबाट प्रत्येक वर्ष करिब ८८ देशका झन्डै १०० मिलियन (१० करोड) मानिसहरूलाई सहायता प्रदान गर्दछ,
  • विश्व खाद्य कार्यक्रमलाई सन् २०२० मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको,

 

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 56
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 49
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA