Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR)

  • Ajnabee Khadka
  • May 30, 2026
  • 130

मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR)

Universal Declaration of Human Rights (UDHR)
  • घोषणा मिति: संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ मा यो घोषणापत्र जारी गरेको (यसै दिनलाई विश्वभर  "मानव अधिकार दिवस (Human Rights Day)" को रूपमा मनाइन्छ,)
  • उद्देश्य: दोस्रो विश्वयुद्धको विभत्स घटनाहरू पछि भविष्यमा त्यस्ता अत्याचारहरू नदोहोरिउन् भन्ने सुनिश्चित गर्न र सबैका लागि आधारभूत अधिकारको साझा मापदण्ड तय गर्न यो ल्याइएको,
  • घोषणापत्रको मस्यौदा समितिको अध्यक्ष: एलिनोर रुजवेल्ट (संयुक्त राज्य अमेरिकाका ३२ औं राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टको पत्नी)
  • प्रमुख सिद्धान्त र संरचना:
    • मूल नारा (धारा १): "सबै मानिसहरू जन्मजात स्वतन्त्र हुन् र उनीहरूको प्रतिष्ठा र अधिकार समान हुन्छ"
    • संरचना: यसमा जम्मा ३० वटा धाराहरू रहेका;
      • नागरिक र राजनीतिक अधिकार: धारा ३ देखि २१ सम्म (जस्तै: जीवनको अधिकार, दासता विरुद्धको अधिकार, न्यायको अधिकार, अभिव्यक्ति स्वतन्त्रता आदि)
      • आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार: धारा २२ देखि २७ सम्म (जस्तै: सामाजिक सुरक्षा, कामको अधिकार, शिक्षा र स्वास्थ्यको अधिकार आदि)
  • कानुनी हैसियत र विशेषताहरू:
    • कानुनी हैसियत: यो आफैमा कानुनी रूपमा बाध्यकारी सन्धि होइन, तर यसले विश्वव्यापी रूपमा उच्च नैतिक शक्ति प्राप्त गरेको,
    • अन्तर्राष्ट्रिय विधेयक (International Bill of Human Rights): मानव अधिकारको विश्वव्यापी घोषणापत्र (UDHR), आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र र नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र (र तिनका ऐच्छिक प्रोटोकलहरू) लाई संयुक्त रूपमा "मानव अधिकारको अन्तर्राष्ट्रिय विधेयक" भनिन्छ,
    • अनुवादको विश्व कीर्तिमान: यो विश्वकै सबैभन्दा धेरै अनुवाद गरिएको दस्ताबेज (यो ५०० भन्दा बढी भाषाहरूमा उपलब्ध छ र यसले गिनिज वर्ल्ड रेकर्ड राखेको,)
  • यस घोषणापत्रले जाति, वर्ण, लिङ्ग, भाषा वा धर्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई निम्न अधिकारहरू प्रदान गर्दछ;
    • जीवन, स्वतन्त्रता र सुरक्षाको अधिकार
    • यातना वा क्रूर व्यवहार विरुद्धको अधिकार
    • कानुनको नजरमा समानता र समान संरक्षण 
    • स्वेच्छाचारी गिरफ्तारी वा निर्वासन विरुद्धको अधिकार
    • अभिव्यक्ति, विचार र धर्मको स्वतन्त्रता 
    • शिक्षा र स्वास्थ्यको अधिकार
    • काम गर्ने र उचित पारिश्रमिक पाउने अधिकार 
  • प्रभाव र उपलब्धिहरू:
    • यो घोषणापत्रले पछि बनेका ८० भन्दा बढी अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि र घोषणाहरूको लागि जग तयार गरेको,
    • यसले विश्वभर 'मानव अधिकारको संस्कृति' निर्माण गर्न र महिला, बालबालिका, अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षणमा मार्गदर्शन गरेको,
    • नेपालको सन्दर्भमा, UDHR का सिद्धान्तहरूलाई नेपालको संविधान (२०१५) को मौलिक हकहरूमा व्यापक रूपमा समावेश गरिएको,

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 96
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA