Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

समपूरक अनुदान

  • Ajnabee Khadka
  • September 27, 2023
  • 339

समपूरक अनुदान

समपूरक अनुदान

के हो समपूरक अनुदान ?

समपूरक अनुदान भनेको निश्चित आयोजना वा विकास कार्यक्रमका निम्ति दिइने अनुदान हो । यसमा स्थानीय तह वा प्रदेशले यति रकम हामीसँग उपलब्ध छ, अब यति रकम केन्द्रले उपलब्ध गराइदेओस् भन्ने निवेदन गर्न सक्छन् । यसरी पूरकका रूपमा वा काउन्टरपार्ट फन्डका रूपमा उपलब्ध गराइने अनुदानै समपूरक अनुदान हो ।

 

कसले पाउँछन्, कति आयोजना माग गर्न पाउँछन् ?

समपूरक अनुदान स्थानीय तह (गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) प्रदेश सरकारले कुनै विकास कार्यक्रमका निम्ति सरकारसमक्ष अनुदान माग गर्न पाउनेछन् । यसमा प्रत्येक पालिकाले ५ वटा र महानगरले ७ वटासम्म आयोजना माग गर्न पाउँछन् ।

 

कार्यविधि संसोधनको तयारी

समपूरक र विशेष अनुदानको कार्यविधि संशोधन गरिँदै छ । संशोधित कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएर आएपछि कार्यान्वयनमा आउनेछ । आयोगका एक अधिकारीका अनुसार कार्यविधिमा प्राविधिकबाहेक अन्य परिवर्तन गरिएको छैन । बहुवर्षीय आयोजनाका लागि मात्र समपूरक तथा विशेष अनुदान माग गर्न पाइनेछ । त्यसमा पनि तीन वर्षसम्मको मात्र हुनुपर्नेछ ।

 

कति हो अनुदानको सीमा ?

समपूरक अनुदानअन्तर्गत गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन गरिने आयोजनाको लागत १ करोडदेखि १० करोड रुपैयाँसम्म र उपमहानगर र महानगरबाट कार्यान्वयन गरिने आयोजनाको लागत ५ करोडदेखि २५ करोड रुपैयाँसम्म र प्रदेशबाट कार्यान्वयन हुने आयोजनाको लागत २० करोडदेखि १ अर्ब रुपैयाँसम्मको हुनेछ ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 47
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA