Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रतिवेदन लेखन – “खरिदार विशेष”

  • Ajnabee Khadka
  • October 07, 2023
  • 473

प्रतिवेदन लेखन – “खरिदार विशेष”

प्रतिवेदन लेखन – “खरिदार विशेष”

↪ कुनै पनि विषय वा घटनाको विस्तृत अध्ययन र सोधखोजपछि तयार पारिने विवरणलाई प्रतिवेदन भनिन्छ ।
प्रतिवेदन जुनसुकै उल्लेखनीय घटना पनि लेख्न सकिन्छ र यो कुनै गोष्ठी वा सभामा विशिष्ट व्यक्तिहरूका अगानि प्रस्तुत गरिन्छ ।
↪ सभा-समारोह, भ्रमण, जात्रा, मेलापर्व, शैक्षिक गतिविधि, वनभोज दुर्घटना, अनुसन्धानात्मक कार्य, नवीन वैज्ञानिक खोजी आदि प्रतिवेदनका विषय बन्न सक्छन्।
↪ घटनाको अवस्था वा विषय वस्तुको क्षेत्र हेरी प्रतिवेदनको आयाम निर्धारण गरिन्छ त्यसैले प्रतिवेदन यति नै आयाममा लेखिन् पर्छ भन्ने छैन ।
↪ तर, यहाँ लेखिने प्रतिवेदन चाहिँ १००-१५० शब्दसम्मको हुने गर्छ । प्रतिवेदन एक अनुच्छेददेखि दुई -तीन अनुच्छेदसम्म पनि लेख्न सकिन्छ ।
↪ तर, विषयको क्रमिकता चाहिँ यसमा पनि अनिवार्य मानिन्छ। .

⁕ प्रतिवेदन लेख्दा ध्यान दिनु पर्ने कुराहरू

१) प्रतिवेदनका विषयमा गम्भीरता पूर्वक मनन गर्नु पर्छ।
२) सम्बन्धित विषयमा बुंदागत रूपमा तथ्य सङ्कलन गर्नु पर्छ।
३) सङ्कलित बँदाहरूको आदि, मध्य र अन्त्य स्थान निर्धारण गर्नु पर्छ।
४) तथ्यहरूको सत्यता परीक्षण गर्नु पर्छ।
५) विषय वस्तुलाई क्रमबद्ध तरिकाले लेख्दै जानु पर्छ र प्रतिवेदनकै शैलीमा खेसा लेखन गर्नु पर्छ।
६) आवश्यक परिमार्जन सहित विश्वसनीयताका साथ साफी लेखन गर्नु पर्छ ।
७) त्रुटि रहित साफी लेखन गरि सकेपछि प्रतिवेदनका अन्त्यमा दायाँतिर प्रतिवेदकको नाम, पद र संस्था लेख्नु पर्छ।

⁕ प्रतिवेदन लेख्ने तरिका

१. विषयको चयन गर्ने अथवा कुन शीर्षकसँग सम्बन्धित भएर प्रतिवेदन लेने हो भन्ने बारेमा स्पष्ट हुने,
२. विषयको गहन अध्ययन गरी आवश्यक विभिन्न स्थानबाट प्राप्त सामग्रीको विश्लेषण गरी समस्याको मूल जरो पत्ता लगाई समाधानको उपाय प्रस्तुत गर्ने,
३. प्रतिवेदनको आदि भागमा प्रतिवेदन लेखनको विषयको बारेमा सामान्य जानकारी दिइन्छ
४. मध्यभागमा प्रतिवेदन लेखनका लागि सङ्कलित तथ्यहरूको विश्लेषण क्रमबद्ध रूपमा संक्षेपमा प्रस्तुत गरिन्छ
५. अन्त्य भागमा तथ्यहरूको विश्लेषणबाट प्राप्त निष्कर्ष दिई आवश्यक परेमा सुझाव दिइन्छ
६. प्रतिवेदनको भाषा विवरणात्मक वा वर्णनात्मक तथा विश्लेषणात्मक हुन्छ ।
७. प्रतिवेदन प्रायः अन्य पुरुष शैलीमा लेखिन्छ।
८. छोटा पत्र शैलीका प्रतिवेदनमा प्रथम पुरुष शैली पनि प्रयोग गरिन्छ।
९. प्रतिवेदनमा सामान्य भूत वा पूर्ण भूतका वाक्यहरू प्रयोग गरिन्छ।
१०.निष्कर्ष र सुझाव खण्डमा वर्तमान काल वा भविष्यत् कालका ढाँचाका वाक्य प्रयोग गरिन्छ।
११. प्रतिवेदनको अन्तिममा बायाँपट्टि तिथिमिति र दायाँपट्टि प्रतिवेदकको नाम, थर तथा पद बुलाएर लेखिन्छ।
१२. कुनै कार्यालय वा संस्थामा बुझाउनुपर्ने पत्रशैलीका प्रतिवेदनमा सम्बोधन पनि गरिन्छ

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 13
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 85
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 90
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 52
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA