Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”

  • Ajnabee Khadka
  • October 11, 2023
  • 467

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”
जनसम्पर्कले कार्यालयमा कार्यरत कर्मचारी र जनताबीचको सञ्चार, सम्पर्क र सम्बन्धलाई जनाउँछ। सार्वजनिक सेवा प्रवाह गर्दा कुनै पनि राष्ट्रसेवकले कार्यालयभित्र सर्वसाधारण सेवाग्राहीसँग कुन तरिकाबाट कस्तो र कसरी सम्पर्क राख्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । कर्मचारीको प्रमुख कर्तव्य नै जनतालाई बढीभन्दा बढी सेवा छिटो, छरितो, सरल, मितव्ययी तरिकाले प्रदान गरेर जनसेवा गर्नु हो । संघीय गणतान्त्रिक मुलुकको कुनै पनि सरकारी कार्यालय वा संगठित संस्थाको बहुउत्तरदायित्व हुन्छ । जनताले सरकारबाट के कस्तो कुराको चाहना राखेका छन् सो बुझी सरकारले विभिन्न नीति तर्जुमा गरेको हुन्छ । त्यसैका आधारमा सरकारको कार्य विभाजन गरी कार्य सञ्चालन गरिरहेको हुन्छ । विभिन्न योजना, कार्यक्रम र परियोजना संचालन गरी देश विकासको कार्य गर्ने गरिन्छ त्यसका लागि प्रत्येक क्रियाकलाप र चरणमा जनतालाई सहभागी गराउनुपर्दछ । सरकारका काम कारबाहीलाई प्रचारप्रसार गर्नुपर्दछ । जनसम्पर्कको प्रमुख माध्यम प्रचारप्रसार हो । जसले गर्दा सरकार जनताबीचमा आपसी विश्वास बढ्न गई सरकारले गरेका कार्यमा अपनत्व बोध हुने गर्दछ । प्रभावकारी जनसम्पर्कका लागि कर्मचारी र सेवाग्राहीबीच राम्रो सम्बन्ध विकास गर्नका लागि गरिने व्यवस्थापकीय कार्यहरू जस्तैः पोजना, संगठन निर्देशन, नियन्त्रण, समन्वय र सहकार्य नै जनसम्पर्क व्यवस्थापन हो । जनसम्पर्क व्यवस्थापनमा समस्याको पहिचान र विषयवस्तुको छनोट, समस्याको विश्लेषण, उचित विकल्पहरूको खोजी, योजना र कार्यक्रमको तर्जुमा, जनसम्पर्कको प्रभावकारी व्यवस्था, अनुगमन र मूल्यांकन गरी पृष्ठपोषण दिइन्छ । जनसम्पर्क व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने विषयहरू कार्यालयमा सेवा लिन आएका जनतासँग सरल शिष्ट भाषा प्रयोग गरी सभ्य व्यवहार प्रदर्शन गर्ने ।
जनताका पीरमर्का बाधा, अड्चन हटाउन, सुविधा प्राप्त गर्न वा कुनै कुरा प्रस्ट हुन आएमा नियम र कानूनको परिधिभित्र रही आफूले गर्न काम, कर्तव्य यथाशीघ्र गरिदिनुपर्छ। बुझ्न खोजेको विषय आफूसँग सम्बन्धित नभएमा सम्बन्धित व्यक्ति वा कार्यालय बताइदिनुपर्छ । आफूले गरेर भनेर वा बुझाएर हुनेसम्मका कुरा आफूले सम्पन्न गर्ने । अन्यथा माथिल्लो अधिकृतसँग भेट गर्नुपर्ने भएमा भेट गराइदिनुपर्छ । माथिका अधिकृतसँग भेट गर्न वा गराउनुपर्ने सेवाग्राहीहरूको कामको प्रकृति र महत्त्व हेरी आगमनको समयअनुसार प्राथमिकता क्रमअनुसार भेट गराउनुपर्दछ । सेवाग्राहीको लारी बस्ने व्यवस्था, पानीको सुविधा, पत्रपत्रिका स्तनपान कक्षको व्यवस्था गर्नुपर्दछ ।
जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू:
  • रेडियो
  • पत्र-पत्रिका
  • चलचित्र
  • सार्वजनिक सेवा
  • कर्मचारीद्वारा सिधै सम्पर्क
  • प्रतिवेदनबाट
  • सभा, सेमिनार, गोष्ठी
  • सामाजिक सञ्जालमार्फत
  • नियमित प्रकाशन तथा चिठीपत्र
  • प्रदर्शनीहरू
  • सार्वजनिक सूचना, विज्ञापन
  • विभिन्न कार्यक्रम आयोजना / सञ्चालन गरेर
  • विभिन्न क्लब, गैरसरकारी संगठन आदि ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA