Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

  • Ajnabee Khadka
  • October 15, 2023
  • 872

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

राष्ट्रिय सतर्कता केन्द्र नेपालमा भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने संस्था हो ।

यसले मुख्य रूपमा दुई किसिमका कार्यहरू गर्दैछ। पहिलो भ्रष्टचार रोक्नको लागि जनउत्तरदायित्व तथा चेतनाको अभिबृद्धि गर्ने कार्य गर्दछ । दोस्रो, भ्रष्टचार भैसकेको ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सघाउने काम गर्दछ ।

काम, कर्तव्य र अधिकार:

भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३८ले यस केन्द्रलाई देहाय बमोजिम काम, कर्तव्य तथा अधिकार प्रदान गरेको छ।

  • नेपाल सरकारका मन्त्रालय/विभाग/कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमितरूपमा भए नभएको बिषयमा सूचना सङ्कलन गर्ने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थाबाट नियमितरूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो बिषयमा र्सतर्क गर्ने।
  • र्सार्वजनिक पदधारण गरेको ब्यक्तिले प्रचलित कानुन बमोजिम दिएको सम्पत्ति बिवरण र आयको अनुगमन गर्ने।
  • प्राप्त सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम छानविन गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायहरूमा लेखी पठाउने।
  • भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने।
  • भ्रष्टचार नियन्त्रण सम्बन्धमा अपनाउनु प्रने नीति, रणनीति र तत् सम्बन्धी काननूमा कनु सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थामा उजुरी पेटीका राख्ने व्यवस्था मिलाउने।
  • भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने।
  • भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गर्राई राख्ने।
  • भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने।
  • नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने।
  • सार्बजनिक निकायहरुबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी संकलन गर्ने ।
  • सार्बजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रबाह प्रभाबकारी तुल्याउन नियमन, अनुगमन गरि सुझाब, निर्देशन दिने ।
  • सार्बजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति र आयको अनुगमन गर्ने ।
  • विकास निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरि तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राबिधिक परीक्षण गर्ने ।
  • भ्रष्ट्राचार निवारणका लागि जिल्लास्तरमा जनचेतना मुलक गोष्ठी तथा अन्य प्रचार प्रसारका कार्यक्रम स‌ंचालन गर्ने ।
  • विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारत्मक कार्यहरु गर्ने ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 79
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 86
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 41
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA