सन् २०२५ समीक्षामा
| जनवरी १ |
पोल्याण्डद्वारा युरोपेली परिषद्को अध्यक्षता ग्रहण । |
| जनवरी ६ | इन्डोनेसिया BRICS को १०औँ सदस्यका रूपमा आबद्ध । |
| जनवरी ७ | चीनको तिब्बत केन्द्रविन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प । |
| जनवरी १५ |
राष्ट्रपति युन सुक योलको गिरफ्तारी र महाअभियोग । |
| जनवरी २० |
डोनाल्ड ट्रम्पद्वारा ४७औँ राष्ट्रपतिका रूपमा शपथ ग्रहण। |
| DeepSeek-R1 reasoning AI model सार्वजनिक । | |
| जनवरी २३ |
थाइल्यान्ड समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने पहिलो दक्षिणपूर्वी एसियाली देश । |
| फेब्रुअरी ४ |
चीन-अमेरिका व्यापार युद्ध सुरु । |
| फेब्रुअरी १७ |
नागरिक सरकारमा सैन्य संलग्नता बढाउने कानुनविरुद्ध देशव्यापी विद्यार्थी आन्दोलन । |
| फेब्रुअरी १८ |
पुटिन र ट्रम्पबीच साउदी अरबमा शिखर सम्मेलन; कुटनीतिक सम्बन्ध पुनस्र्थापनाको घोषणा । |
| फेब्रुअरी २८ |
ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भेट; युक्रेन सहायता र भविष्यबारे गम्भीर मतभेद र तनाव । |
| मार्च २ |
फायरफ्लाई एरोस्पेस (Firefly Aerospace) चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने पहिलो व्यावसायिक कम्पनी बन्न सफल । |
| ९७औँ एकेडेमी अवार्ड्स (Oscars): 'अनोरा' ले उत्कृष्ट चलचित्रसहित ५ ओस्कार जित्न सफल । |
|
| मार्च ४ |
कोलोसल बायोसाइन्सेसद्वारा 'वुली म्यामथ' पुनर्जीवित गर्ने प्रयास अन्तर्गत 'वुली माइस' सिर्जना । |
| मार्च ९ |
इतिहासमै पहिलो पटक प्राकृतिक बासस्थानमा 'कोलोसल स्क्विड' (Colossal Squid) को भिडियो रेकर्ड । |
| मार्च १४ |
मार्क कार्नी क्यानाडाको नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त । |
| मार्च २१ |
नामिबियाको पहिलो महिला राष्ट्रपतिको पदमा नेटुम्बो नान्दी-न्दैत्वाह नियुक्त । |
| मार्च २८ |
म्यान्मारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प । |
| अप्रिल १ |
SpaceX Fram2 मिसन: ध्रुवीय कक्षमा प्रवेश गर्ने पहिलो मानवयुक्त अन्तरिक्ष यान । |
| अप्रिल २१ |
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन । |
| अप्रिल २२ |
काश्मीरको पहलगाममा आतंककारी आक्रमण । |
| जुन १२ |
Ahmedabad Air Disaster: अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७ 'ड्रिमलाइनर' उडेको ३२ सेकेन्डमै बी.जे. मेडिकल कलेजको होस्टलमा खसेको । |
| जुन १३ |
इजरायल-इरान युद्ध सुरु । |
| जुन १४ |
अमेरिकामा सम्पन्न भएको नयाँ फम्र्याटको FIFA Club World Cup को ऐतिहासिक उपाधि इङ्लिस क्लब चेल्सी (Chelsea FC) ले जितेको । |
| जुन २२ |
इजरायलको पक्षमा अमेरिकाद्वारा इरानको आणविक केन्द्रहरुमाथि अपरेटिव हवाई हमला । |
| जुलाई ३ |
रुसको कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको । |
| अगस्ट १५–१७ |
Humanoid Robot Games: चीन (बेइजिङ) विश्वकै पहिलो मानवरूपी रोबोटहरूको खेलकुद प्रतियोगिता सम्पन्न । |
| अगस्ट ३१ |
पूर्वी अफगानिस्तानमा ६.० म्याग्निच्युडको भूकम्प । |
| सेप्टेम्बर ८–९ |
नेपालमा जेनजी क्रान्ति; सुशीला कार्की नेपालको पहिलो महिला अन्तरिम प्रधानमन्त्री नियुक्त; । |
| सेप्टेम्बर १० |
प्रभावशाली दक्षिणपन्थी कार्यकर्ता चार्ली कर्कको विश्वविद्यालयको कार्यक्रममा गोली हानी हत्या । |
| सेप्टेम्बर ३० |
फिलिपिन्स (सेबु) को ६.९ म्याग्निच्युडको भूकम्प । |
| अक्टोबर ९ |
इजरायल र हमासबीच युद्ध सुरु भएको दुई वर्षपछि पहिलो चरणको शान्ति सम्झौता र युद्धविराम । |
| पाकिस्तानद्वारा अफगानिस्तानको काबुल र जलालाबादमा हवाई आक्रमण । |
|
| अक्टोबर १२ |
मेडागास्करमा सैन्य कू (Coup) । |
| अक्टोबर २१ |
सानाए ताकाइची जापानको इतिहासमै पहिलो महिला प्रधानमन्त्री बनिन् । |
| अक्टोबर २६ |
अल फाशिर नरसंहार: RSF द्वारा सुडानमा २,५०० भन्दा बढी सर्वसाधारणको हत्या । |
| नोभेम्बर ४ |
फिलिपिन्स/भियतनाम क्षेत्रमा Typhoon Kalmaegi: भीषण आँधीका कारण २८८ भन्दा बढीको मृत्यु । |
| नोभेम्बर १०–२१ |
ब्राजिल (बेलेम) मा COP30 Summit: अमेजन वर्षावनको संरक्षण र जलवायु वित्तमा केन्द्रित विश्व सम्मेलन । |
| नोभेम्बर १७ |
बङ्गलादेशको पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्डको सजाय । |
| नोभेम्बर २५ |
जकार्ता विश्वकै सबैभन्दा ठूलो शहर (जनसंख्या ४.२ करोड) घोषित । |
| नोभेम्बर २६-२७ |
दक्षिण/दक्षिण-पूर्वी एसियामा Cyclone Senyar: इन्डोनेसिया र थाइल्याण्डमा १,४०० भन्दा बढीको मृत्यु । |
| नोभेम्बर २८ |
श्रीलंका/भारतमा Cyclone Ditwah: बाढी र पहिरोका कारण ६४७ जनाको मृत्यु । |
| डिसेम्बर १ |
बुल्गेरियाली आन्दोलन: भ्रष्टाचार र राजनीतिक संकटको विरोधमा सोफियामा विशाल प्रदर्शन । |
| डिसेम्बर १४ |
अष्ट्रेलियाको बोन्डी बीच गोलीकाण्ड: हनुक्का उत्सवको समयमा भएको आक्रमणमा १६ जनाको मृत्यु । |