Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Ajnabee Khadka
  • June 11, 2026
  • 71

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

Brief chronological history of Gorkhapatra
वि.सं. साल / मिति
ऐतिहासिक घटना / कोसेढुङ्गा
१९५८ वैशाख १
'गोर्खापत्र' प्रकाशनका निमित्त व्यवस्था गर्ने सनद जारी भएको,
१९५८ वैशाख २४
साप्ताहिक रूपमा 'गोर्खापत्र' को प्रथम प्रकाशन आरम्भ (प्रत्येक सोमबार)
१९६९ असार २९
नेपालकै पहिलो विद्युतीय छापाखानाबाट गोर्खापत्रको प्रकाशन सुरु
१९८३ जेठ ४
'गोर्खापत्र' को सट्टामा 'गोरखापत्र' लेख्न थालिएको,
१९८४ वैशाख ६
नेपाल संवत्‌को सट्टामा विक्रम संवत् लेख्न थालिएको,
१९८४ वैशाख १३
गोरखापत्रमा पहिलो पटक तस्बिर प्रकाशित (वीरगन्जकी सूर्यमती श्रेष्ठले चर्खा चलाइरहेको तस्बिर)
१९९१ वैशाख ९
साप्ताहिक प्रकाशन सोमबारबाट सारेर प्रत्येक शुक्रबार गर्न थालिएको,
१९९१ जेठ ५
पहिलो पटक सम्पादकको नाम (प्रेमराज) उल्लेख भएको अङ्क प्रकाशित
१९९५ वैशाख २४
दर्ता नम्बर (दर्ता नं. ००२) सहित प्रकाशन सुरु
१९९७ साउन
तस्बिर बनाउने मेसिन (ब्लक बनाउने) को व्यवस्था
१९९८ भदौ १७
राजा त्रिभुवनको जन्मोत्सवमा प्रथम विशेषाङ्क (उदयाङ्क) प्रकाशित
२००० असार २९
काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि समाचारदाता नियुक्त गर्न थालिएको,
२००० असोज २९
अर्धसाप्ताहिक प्रकाशन आरम्भ (सातामा मङ्गलबार र शुक्रबार)
२००३ पुस ८
सातामा तीन पटक (सोमबार, बुधबार र शुक्रबार) प्रकाशन सुरु
२०१२ भदौ ३०
बालकृष्ण सम पहिलो प्रधान सम्पादक नियुक्त
२०१७ साउन १९
गोरखापत्रमा राजमुकुट छाप्न सुरु गरिएको,
२०१७ फागुन ७
दैनिक रूपमा गोरखापत्रको प्रकाशनारम्भ
२०१७ चैत २२
'गोरखापत्र विकास बोर्ड' को स्थापना
२०१९ असार ९
शनिबारीय परिशिष्टाङ्क (शनिबारको विशेष अङ्क) प्रकाशन आरम्भ
२०१९ कात्तिक २
सन्ध्याकालीन संस्करण आरम्भ (बिहान र साँझ दुई पटक प्रकाशन)
२०२० असार २५
गोरखापत्र संस्थानको विधिवत् स्थापना
२०२२ पुस १
अङ्ग्रेजी दैनिक 'दी राइजिङ नेपाल' को प्रकाशन सुरु
२०२५ जेठ
साहित्यिक मासिक 'मधुपर्क' को प्रकाशन आरम्भ
२०३३ साल
'डकुमेन्टेसन तथा सूचना शाखा' स्थापना
२०३६ जेठ ९
विद्यार्थी आन्दोलनका क्रममा गोरखापत्र संस्थानमा आगलागी
२०३९-४० साल
फोटो कम्पोजिङ र वेब अफसेट प्रविधि भित्र्याइएको,
२०४५ वैशाख/असार
'युवामञ्च' मासिकको प्रकाशन आरम्भ
२०४५ भदौ
चार पृष्ठको अतिरिक्त अङ्क 'रमाइलो शुक्रबार' आरम्भ (केही महिनापछि बन्द)
२०४७ वैशाख ९
अङ्ग्रेजी साप्ताहिक 'सन्डे डिस्प्याच' को प्रकाशन (हाल बन्द) 
२०४७ पुस
बाल मासिक 'मुना' को प्रकाशन थालनी
२०५५ वैशाख २४
जयपृथ्वीबहादुर सिंहको प्रतिमा अनावरण र 'मनोरम अप्सरा' को प्रकाशन (२०५७ मा स्थगित)
२०५७ वैशाख २४
गोरखापत्र एक सय वर्षमा प्रवेश (शताब्दी वर्ष मनाउने पहिलो नेपाली अखबार)
२०५९ साल
गोरखापत्रको अनलाइन संस्करण र रङ्गीन छपाइ सुरु
२०६१ माघ १९
शाही 'कु' पछि पुनः 'गोर्खापत्र' लेख्न थालिएको,
२०६३ वैशाख १८
लोकतन्त्र स्थापनापछि पुनः 'गोरखापत्र' नामकरण
२०६४ असोज १
'नयाँ नेपाल' अन्तर्गत विभिन्न मातृभाषामा समाचार प्रकाशन सुरु (आ.व. २०८२/०८३ मा ४९ भाषा)
२०७२ माघ २५
सुशील कोइरालाको निधनमा 'स्टप दी प्रेस' गरी विशेष समाचार प्रकाशन
२०७६ साल
अनलाइन विभागको छुट्टै गठन र नयाँ लेआउटमा सञ्चालन
२०७६ असोज ३
विराटनगरबाट 'विराटनगर संस्करण' आरम्भ
२०७६ फागुन ७
कोहलपुरबाट 'कोहलपुर संस्करण' थालनी
२०७७ असोज ३
छपाइमा थप आधुनिकीकरण (एकै पटक २० पृष्ठसम्म छपाइ)

 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 70
Comprehensive details of Nepal Police's human resources, crime investigation, and service delivery (2025)
Nepal Police Others

नेपाल प्रहरीको जनशक्ति, अपराध अनुसन्धान, र सेवा प्रवाहको समष्टिगत विवरण (सन् २०२५) (प्रहरी लोकसेवा blog #४)

  • Jun 11, 2026
  • 1567
Foreign Aid Commitment for the Current Fiscal Year 2082/83
Current Affairs

चालु आर्थिक वर्ष २०८२/८३ को वैदेशिक सहायता प्रतिबद्धता (Foreign Aid Commitment)

  • Jun 11, 2026
  • 64
Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 114
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 118
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA