Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Nepal Police Others

नेपाल प्रहरीको आधुनिक इतिहास (वि.सं. २०१२ देखि हालसम्म)

  • Ajnabee Khadka
  • June 11, 2026
  • 62

नेपाल प्रहरीको आधुनिक इतिहास (वि.सं. २०१२ देखि हालसम्म)

Modern History of Nepal Police (2012 to Present)
वि.सं. (वर्ष)
विकासक्रम / महत्वपूर्ण कोशेढुङ्गाहरू
२०१२
  • प्रहरी ऐन, २०१२ को जारी र कार्यान्वयन (असोज ३० गते), यस ऐनले नेपाल प्रहरीलाई कानूनी र संस्थागत रूपमा आधिकारिकता प्रदान गरेको,
२०१३
  • प्रहरी तालिम केन्द्रलाई ललितपुरको श्री महलबाट काठमाडौंको महाराजगञ्जमा स्थानान्तरण गरिएको र व्यवस्थित पाठ्यक्रम सहितको भर्ना तथा तालिम प्रक्रिया सुरु भएको,
२०१४
  • काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी कार्यालय (City Police Office) को स्थापना
२०१५
  • प्रहरी नियमावली, २०१५ लागू; यस नियमावलीले प्रत्येक प्रहरी कर्मचारीका लागि 'मूल प्रहरी तालिम' अनिवार्य गर्नुका साथै प्रहरी दर्जाको वर्गीकरण र सेवा सुविधाहरू तोकेको,
  • नेपाल प्रहरी मुख्यालय (प्रहरी प्रधान कार्यालय) मा सञ्चार विभाग (Communication Section) को स्थापना
२०१६
  • काठमाडौं उपत्यका बाहिर पहिलो पटक ट्राफिक प्रहरी परिचालन,
  • प्रहरी कर्मचारीका लागि सवारी साधन तथा घोडाको व्यवस्था,
  • त्रैमासिक प्रहरी पत्रिकाको प्रकाशन सुरु
२०१९
  • देशभरको प्रहरी तालिममा एकरूपता ल्याउने उद्देश्यले प्रहरी तालिम मापदण्ड (Training Regulation) कार्यान्वयनमा ल्याइएको,
२०२१
  • प्रहरी सुधार समितिको गठन गरिएको र यस समितिको सिफारिसमा प्रहरी महानिरीक्षक (IGP) को पदलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा वर्गीकरण गरिएको,
  • अपराध अनुसन्धान विभाग (CID) को स्थापना
२०२२
  • काठमाडौं उपत्यकामा व्यवस्थित नगर प्रहरीको विस्तार
  • काठमाडौं उपत्यकाका सडकहरूमा पहिलो पटक ट्राफिक लाइट तथा जेब्रा क्रसिङको सुरुवात
  • सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सीमावर्ती इलाकाहरूमा प्रहरी चौकीहरू स्थापना
२०२३
  • खेलकुद विकासका लागि ‘श्री ५ महेन्द्र प्रहरी क्लब’ (हालको नेपाल प्रहरी क्लब) को स्थापना
  • प्रहरी कर्मचारीहरूलाई तालिम दिन धरान (पूर्व) र नेपालगञ्ज (पश्चिम) मा क्षेत्रीय प्रहरी तालिम केन्द्रहरू स्थापना गरिएको,
  • महिला र बालबालिका सम्बन्धी मुद्दा हेर्न महिला तथा बालबालिका सेवा निर्देशनालय (WCSCSD) को अवधारणा सुरु भएको,
२०२४
  • नेपाल प्रहरी इन्टरपोल (INTERPOL) को १००औं सदस्यको रूपमा सन् १९६७ सेप्टेम्बर २७ मा विधिवत प्रवेश
२०२५
  • विधि विज्ञान (Forensic Science) शाखा को स्थापना
  • प्रहरीमा खेलकुदको प्रवर्द्धन गर्न IGP शिल्ड फुटबल प्रतियोगिताको सुरुवात
  • सशस्त्र प्रहरी बल गण (Armed Police Battalion) को स्थापना
  • अनुसन्धान र परेड सम्बन्धी पहिलो पाठ्यक्रम प्रकाशित
२०२६
  • उत्तरी सीमा नाकाहरूमा उच्च आवृत्ति (High Frequency - HF) सञ्चार सञ्जाल विस्तार
  • प्रहरीमा पहिलो पटक कुकुर सेवा (Canine Service) को सुरुवात
२०२७
  • प्रहरी प्रधान कार्यालयमा विधि विज्ञान प्रयोगशालाको स्थापना
२०२८
  • नेपाल प्रहरीमा पहिलो पटक वाकी-टकी (Walkie-Talkie) रेडियो सेटहरूको प्रयोग सुरु (नेपाल प्रहरीले प्रयोग गेरको मोडल - PF2FM13 PYE Pocketfone VHF)
२०३०
  • सबै प्रहरी कर्मचारीहरूका लागि रासन (मासिक खाद्य भत्ता) प्रणाली लागू
२०३१
  • तालिमको बढ्दो आवश्यकतालाई सम्बोधन गर्न बुटवल र काठमाडौंको रानीबारी (प्रचण्ड भवन) मा थप प्रहरी तालिम केन्द्रहरू स्थापना
२०३२
  • केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला ( Central Police Forensic Science Laboratory) र कुकुर शाखा (Canine Division) को स्थापना भई अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउने कार्य सुरु
२०३४
  • काठमाडौंका व्यस्त सडक र सार्वजनिक स्थलहरूमा सवारी व्यवस्थापनका लागि घोडचढी प्रहरी (Horses Mounted Police) को परिचालन
२०३५
  • पर्यटकहरूको सुरक्षा र सहयोगका लागि पर्यटक प्रहरी (Tourist Police) को स्थापना
२०३६
  • प्रहरीको आन्तरिक सुरक्षा र ग्यारिजनका रूपमा पहरा गण (Garrison Battalion) को स्थापना
२०३७
  • प्रहरीमा विभिन्न खेलकुद विधाको व्यवस्थित विकास र प्रवर्द्धनका लागि नेपाल प्रहरी केन्द्रीय खेलकुद समिति (Central Sports Committee) को गठन
२०३८
  • प्रहरी कर्मचारीहरूको अभिलेख व्यवस्थापनलाई व्यवस्थित गर्न प्रहरी किताबखाना (Police Record Management) को स्थापना
२०३९
  • नागरिक-प्रहरी सम्बन्ध सुधारका लागि सामुदायिक प्रहरी सेवा (Community Policing) को औपचारिक सुरुवात
  • प्रहरी कल्याण कोषको स्थापना
२०४०
  • नेपाल प्रहरी अस्पताल (तत्कालीन वीरेन्द्र प्रहरी अस्पताल) र नेपाल प्रहरी स्कुल (तत्कालीन दीपेन्द्र प्रहरी स्कुल) को स्थापना 
  • १३१ जना महिला प्रहरीहरू सम्मिलित नेपालकै पहिलो महिला प्रहरी गुल्म (Female Police Company) स्थापना
२०४१
  • प्रहरी परिवारका महिलाहरूको सशक्तीकरण र कल्याणका लागि केन्द्रीय प्रहरी परिवार महिला संघ (हाल नेपाल प्रहरी श्रीमती संघ) को स्थापना
  • महिला प्रहरी ब्याण्ड (Women Police Band) को पनि स्थापना
२०४२
  • संगठनको प्रशासनिक र स्रोत व्यवस्थापनलाई सुदृढ गर्न प्रशासन विभाग (Administration Department) को स्थापना
२०४३
  • नेपाल प्रहरीमा सूचना प्रविधिको औपचारिक सुरुवात गर्दै कम्प्युटर शाखा को स्थापना
२०४५
  • नेपालले पहिलो पटक काठमाडौंमा १०औं इन्टरपोल एसियाली क्षेत्रीय सम्मेलन (10th Interpol Asian Regional Conference) सफलतापूर्वक आयोजना गरेको,
२०४६
  • नागरिकसँगको सम्बन्ध सुदृढ गर्न र प्रहरी गतिविधिबारे जानकारी दिन नेपाल टेलिभिजनबाट 'प्रहरी अनुरोध' कार्यक्रमको प्रसारण सुरु गरिएको,
२०४७
  • नेपाल प्रहरीको वर्दी (Uniform) खाकीबाट निलो रङ्गमा परिवर्तन गरिएको,
२०४८
  • लागूऔषध सम्बन्धी अपराध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण कानुन कार्यान्वयन एकाइ (हालको ब्यूरो) को स्थापना
  • दङ्गा नियन्त्रण प्रहरी गण र क्षेत्रीय सशस्त्र प्रहरी गणहरूको स्थापना
  • नेपाल प्रहरी पहिलो पटक संयुक्त राष्ट्र संघ (UN) को शान्ति मिसनमा सहभागी
२०४९
  • प्रहरी नियमावली, २०४९ जारी
  • तत्कालीन सदर प्रहरी तालिम केन्द्रलाई स्तरवृद्धि गरी राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठान (NPA) मा रूपान्तरण गरिएको,
  • विशेष प्रहरी डिभिजनको गठन
२०५०
  • प्रहरी सेवालाई समयसापेक्ष बनाउन र सुधारका मार्गहरू पहिल्याउन प्रहरी सुधार सुझाव आयोगको गठन
२०५२
  • कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गर्ने प्रहरीहरूको सम्मानमा अमर प्रहरी स्मारकको स्थापना गरिएको,
  • विशिष्टीकृत सेवाका लागि नेपाल प्रहरी विशेष कार्यदल (STF) को स्थापना
  • अपराध अनुसन्धान विद्यालय को स्थापना
  • अपराध अनुसन्धान विभाग (CID) को स्थापना
  • महिला तथा बालबालिका सेवा केन्द्र (हालको निर्देशनालय) को स्थापना
  • डिटेक्टिभ ट्रेनिङ स्कुल (DTS) को स्थापना
२०५३
  • ५५ जनाको दरबन्दी सहित पहिलो पटक महिला प्रहरी ट्राफिक एकाइ (Women Police Traffic Unit) को स्थापना
  • अन्वेषण तथा योजना शाखालाई अन्वेषण तथा योजना महाशाखामा स्तरोन्नति
२०५४
  • काठमाडौं उपत्यकाको सुरक्षालाई व्यवस्थित बनाउन उपत्यका प्रहरी कार्यालयको स्थापना
२०५५
  • प्रहरी कर्मचारीहरूका लागि मानव अधिकार स्थायी आदेश (Human Rights Standing Order) पहिलो पटक प्रकाशित र वितरण गरिएको,
२०५७
  • तत्कालीन दङ्गा नियन्त्रण प्रहरी गणलाई संगठनबाट अलग गरी सशस्त्र प्रहरी बल (APF) नेपालमा रूपान्तरण गरिएको,
२०५८
  • प्रहरी प्रधान कार्यालयको विशेष शाखा (Special Branch) लाई आतङ्कवाद विरोधी अनुसन्धान सेल (Counter-Terrorist Research and Investigation Cell) मा रूपान्तरण
२०५९
  • नेपाल प्रहरीको इतिहासमै पहिलो पटक 'प्रथम पाँच वर्षे रणनीतिक योजना' (२०५९-२०६४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको,
२०६०
  • प्रहरी महानिरीक्षकको सचिवालय मातहत रहने गरी मानव अधिकार सेलको स्थापना
  • नेपाल प्रहरी सञ्चार नीति (Media Policy) जारी
२०६१
  • जटिल र संगठित अपराध अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को अवधारणा अनुरूप प्रहरी प्रधान कार्यालयमा एक प्रहरी नायव महानिरीक्षक (DIGP) सहित ७ जनाको दरबन्दी स्वीकृत
२०६२
  • तत्कालीन प्रहरी परिवार महिला संघलाई नेपाल प्रहरी श्रीमती संघ (NPWA) को रूपमा पुनर्गठन र रूपान्तरण गरिएको,
२०६३
  • काठमाडौं उपत्यकाको सुरक्षा र व्यवस्थापनका लागि महानगरीय प्रहरी (Metropolitan Police) प्रणालीको औपचारिक स्थापना र कार्यान्वयन
२०६४
  • 'श्री ५ महेन्द्र प्रहरी क्लब' को नाम परिवर्तन गरी 'नेपाल प्रहरी क्लब' कायम
  • नवलपरासीको जर्गाहामा प्रहरी युक्ति तालिम केन्द्र (Tactical Training College) को स्थापना
२०६५
  • पार्वती थापा नेपाल प्रहरीको इतिहासमा पहिलो महिला प्रहरी नायव महानिरीक्षक (DIGP) पदमा बढुवा
  • आतङ्कवाद विरोधी अनुसन्धान सेललाई आतङ्कवाद विरोधी निर्देशनालयमा स्तरोन्नति
२०६६
  • अन्वेषण तथा योजना महाशाखालाई अन्वेषण योजना निर्देशनालय (Research and Planning Directorate) मा स्तरवृद्धि गरिएको,
२०६७
  • विशिष्टीकृत अपराध अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को स्थापना
  • कम्प्युटर डिभिजनलाई कम्प्युटर निर्देशनालयमा स्तरोन्नति
२०६८
  • क्षेत्रीय प्रहरी कार्यालयहरू बीच कार्यसम्पादनमा आधारित प्रतिस्पर्धाका लागि 'प्रहरी ब्याटन' (Police Baton) को सुरुवात
  • प्रहरी प्रधान कार्यालयको अपरेसन रूमलाई केन्द्रीय कमान्ड सेन्टरमा स्तरोन्नति
२०६९
  • नेपाल प्रहरीको पहिलो लैङ्गिक नीति (Gender Policy) सार्वजनिक
  • लागूऔषध नियन्त्रण इकाइलाई स्तरवृद्धि गरी लागूऔषध नियन्त्रण ब्यूरो (NCB) नामाकरण गरिएको,
२०७०
  • स्वचालित औंठाछाप पहिचान प्रणाली (Automated Fingerprint Identification System - AFIS), डिजिटल ट्रङ्किङ प्रणाली (Digital Trunking System), र पोलिग्राफ (Polygraph) प्रविधिको औपचारिक सुरुवात
  • आतङ्कवाद विरोधी निर्देशनालयलाई विशेष ब्यूरो (Special Bureau) मा रूपान्तरण गरिएको,
२०७१
  • प्रहरी नियमावली, २०७१ जारी
  • चितवनको भरतपुरमा जुनियर प्रहरी अधिकृत (JCO) कलेज को स्थापना
  • अपराध अनुसन्धानलाई व्यवस्थित बनाउन प्रथम तीन वर्षे अपराध नियन्त्रण कार्ययोजना (CAP-I) स्वीकृत
२०७२
  • नेपालको नयाँ संविधान जारी भई धारा २६८ मा नेपाल प्रहरीलाई संघीय संस्थाका रूपमा परिभाषित गरिएको,
  • प्रहरी प्रधान कार्यालयमा डिजिटल फरेन्सिक ल्याब (DFL) को स्थापना
  • उपत्यकाका लागि 'हाम्रो प्रहरी' मोबाइल एप सार्वजनिक
२०७३
  • नागरिक-प्रहरी सम्बन्ध सुदृढ गर्न ‘प्रहरी मेरो साथी’ कार्यक्रमको सुरुवात
  • नेपाल प्रहरी अस्पतालले सर्वसाधारणका लागि विस्तारित स्वास्थ्य सेवा (EHS) सुरु
  • २०७३ साललाई 'प्रहरी तालिम वर्ष' का रूपमा मनाइएको,
२०७४
  • टोल टोलमा प्रहरीको उपस्थिति बढाउन 'हाम्रो टोलमा प्रहरी' कार्यक्रम सुरु गरिएको,
२०७५
  • विशिष्टीकृत अपराध अनुसन्धानका लागि साइबर ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरोको स्थापना
  • समुदाय-प्रहरी साझेदारी’ (CPP) कार्यक्रम देशभर लागू
  • डा. दुर्गा थापा पुन पहिलो महिला प्राविधिक AIGP मा बढुवा
  • मानव बेचबिखन अनुसन्धान ब्यूरो (AHTB) र साइबर ब्यूरो को स्थापना
२०७६
  • संघीय संरचना अनुसार प्रहरीको परिचालन र समायोजनका लागि 'प्रहरी कर्मचारी समायोजन ऐन, २०७६' र 'नेपाल प्रहरी र प्रदेश प्रहरी (सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६' जारी
  • अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र (OPCR) प्रणालीको सुरुवात
  • काठमाडौँ उपत्यकामा सवारी नियम उल्लंघनको अभिलेख व्यवस्थित गर्न र अनलाइन जरिवाना भुक्तानीका लागि TVRS (Traffic Violation Record System) को सुरुवात
२०७७
  • नागरिकले मोबाइलबाटै सेवा लिन सक्ने गरी 'नेपाल प्रहरी मोबाइल एप' सार्वजनिक
  • कर्मचारीको कार्यक्षमता मापनका लागि कार्यसम्पादन सम्झौता सुरु
२०७८
  • संगठन संरचना (O&M) परिमार्जन गरी राजपत्र अनङ्किततर्फ ३ वटा नयाँ दर्जा (वरिष्ठ सई, वरिष्ठ हवल्दार, वरिष्ठ प्रहरी जवान) थप गरिएको,
  • नागरिक सेवालाई थप समावेशी बनाउन केन्द्रीय दलित डेस्कको स्थापना गरिएको,
  • राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी महानगरीय प्रहरी कार्यालय (Metropolitan Police Office) लाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा रूपान्तरण गरिएको,
२०७९
  • पूजा सिंह जनपदतर्फ नेपाल प्रहरीको इतिहासमा पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) पदमा बढुवा
  • काभ्रेको पनौतीमा अत्याधुनिक राष्ट्रिय प्रहरी प्रतिष्ठानको विधिवत शिलान्यास (Groundbreaking Ceremony)
२०८०
  • "साझा जिम्मेवारी, समान प्रतिबद्धता" भन्ने नाराका साथ नेपाल प्रहरीको इतिहासमा पहिलो पटक 'राष्ट्रिय महिला प्रहरी सम्मेलन' आयोजना
  • वित्तीय अपराधको बढ्दो चुनौतीलाई हेर्न छुट्टै आर्थिक अपराध अनुसन्धान महाशाखा (Economic and Financial Crime Investigation Division) को स्थापना
२०८१
  • नेपाल प्रहरी स्टाफ कलेज (NPSC) को स्थापना
  • मध्य र वरिष्ठ तहका प्रहरी अधिकृतहरूको नेतृत्व क्षमता विकासका लागि Police Leadership and Staff Course (PLSC) को औपचारिक सुरुवात
२०८२
  • २०८२ भदौ २३ गते (८ सेप्टेम्बर २०२५) मा 'Gen Z' पुस्ताका आन्दोलनको क्रममा नेपाल प्रहरीका ३ जना कर्मचारीले सहादत प्राप्त गरेका,

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 49
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 68
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA