Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्राकृतिक स्रोत र साधनहरू

  • Bikash Shrestha
  • September 03, 2025
  • 1223

नेपालका प्राकृतिक स्रोत र साधनहरू

Nepal's natural resources and resources

 

१.४.१ भूमि

नेपालका प्राकृतिक स्रोत र साधनमध्ये भूमि एक महत्वपूर्ण स्रोत हो। यहाँको भू–आकृति (धरातल) र वनस्पतिमा जस्तै माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता पाइन्छ।

वर्ल्ड बैंक (1978/79) का अनुसार, नेपालमा जम्मा १८ प्रतिशत मात्र खेतीयोग्य भूमि छ।

नेपालमा प्रचलित प्रमुख भूमि व्यवस्थाहरू यसप्रकार छन्:

१. रैकर भूमि

‘रैकर’ शब्द दुई शब्दबाट बनेको हो – ‘रै’ (राज्य) र ‘कर’ (सरकारलाई तिर्नुपर्ने कर)।
रैकर भूमि भन्नाले सरकारी स्वामित्वमा रहेको तर व्यक्तिले उपयोग गर्ने भूमि हो। यसमा प्रयोगकर्ताले सरकारलाई मालपोत तिर्नुपर्छ।

२. बिर्ता भूमि

राज्यका कर्मचारीहरूले उत्कृष्ट कार्य गरे वा कुनै व्यक्ति मुलुकी शासनको दृष्टिमा उपयुक्त ठहरिएमा वृत्तिका रूपमा दिने जग्गालाई बिर्ता भनिन्थ्यो।
विशेषगरी राणाकालमा बिर्ता वितरणको प्रथा धेरै थियो।

  • कुश बिर्ता: ब्राह्मणलाई दानस्वरूप दिइने।

  • फिकदर बिर्ता: सरकारी कर्मचारीलाई राम्रो कार्यको बदलामा दिइने।

  • मर्वट बिर्ता: युद्धमा मृत्यु भएका सैनिकका परिवारलाई दिइने।

राणाकालमा अनुयायीहरूलाई पनि बिर्ता दिने प्रचलन थियो। यसरी करिब ३५ प्रतिशत खेतीयोग्य भूमि बिर्ताका रूपमा बाँडिएको थियो।
वि.सं. २०१६ मा बिर्ता उन्मूलन ऐन ल्याई सम्पूर्ण बिर्ता जग्गालाई रैकर जग्गामा परिणत गरियो।

३. गुठी भूमि

कुनै सार्वजनिक वा सामूहिक उद्देश्य पूर्तिका लागि संस्थागत रूपमा दिइएको जग्गा गुठी हो।
‘गुठी’ शब्द संस्कृतको ‘गोष्ठी’ (परिषद्) बाट आएको हो।

नेपालमा मठ, मन्दिर, देवालयहरूको पूजाआजा तथा संरक्षणका लागि गुठी जग्गा प्रयोगमा आएको पाइन्छ।
उदाहरण: पशुपतिनाथ, जयबागेश्वरी, रामजानकी मन्दिर आदिका गुठी जग्गा।

गुठीबाट प्राप्त आम्दानी धार्मिक गतिविधि सञ्चालन, मठमन्दिर निर्माण वा जीर्णोद्धारमा खर्च हुन्छ।
नेपालमा राजगुठी, दुनियाँ गुठी, पिलकराना गुठी, बकस गुठी आदि पाइन्छन्।
वि.सं. २०२१ को भूमिसुधार ऐन अनुसार गुठीहरूको व्यवस्थापनका लागि गुठी संस्थान स्थापना गरिएको हो।

४. किपट भूमि

पूर्वी पहाडी क्षेत्रमा प्रचलित भूमि व्यवस्था हो।
यसमा प्रयोगकर्ताले कर तिर्नुपर्दैनथ्यो। पृथ्वीनारायण शाहले पूर्वका राई र लिम्बूलाई किपट जग्गा दिएका थिए।

किपट जग्गा प्राप्त जनताले आवश्यक पर्दा सरकार वा राजालाई सहयोग पुर्याउनुपर्ने हुन्थ्यो।
यो जग्गा अन्यलाई बेच्न पाइँदैनथ्यो। तर, वि.सं. २०२१ मा भूमिसुधार लागू भएपछि किपट जग्गालाई पनि रैकर सरह किनबेच गर्न मिल्ने व्यवस्था गरियो।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 67
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 83
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 49
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 39
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA