नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन
उद्घाटन तथा निर्माण सम्बन्धी महत्वपूर्ण मितिहरू:
- औपचारिक उद्घाटन: वि.सं. २०८३ साउन ११ गते (सन् २०२६ जुलाई २७)
- उद्घाटनकर्ता: पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत माएदा तोरु र जाइका (JICA) का अध्यक्ष डा. तानाका अकिहिकोद्वारा संयुक्त रूपमा उद्घाटन
- शिलान्यास: वि.सं. २०७६ कात्तिक ४ गते (तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा)
- आपत्कालीन सुरुङ (Rescue Tunnel) छिद्रण: वि.सं. २०८० साउन २२ गते
- मुख्य सुरुङ (Main Tunnel) छिद्रण: वि.सं. २०८१ असार ३ गते (तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा)
- निर्माण अवधि: ठेक्का सम्झौता भएको करिब ८० महिना (७ वर्ष) पछि सञ्चालनमा आएको,
प्राविधिक तथा भौगोलिक विशेषताहरू:
- कुल लम्बाइ (मुख्य सुरुङ): २,६८८ मिटर (२.६८ कि.मी.)
- आपत्कालीन सुरुङ (Evacuation Tunnel) लम्बाइ: २,५५७ मिटर
- सुरुङको आकार: चौडाइ ९.५ मिटर र उचाइ ८.३ मिटर (२ लेनको सडक)
- सुरु र अन्त्य हुने स्थान: काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखादेखि धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलासम्म
- विशेषता: नेपालको पहिलो आधुनिक सुरुङमार्ग (Nepal's first modern road tunnel) — नेपालको पहिलो सुरुङमार्ग: वि.सं. १९७४ (सन् १९१७) मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण भएको मकवानपुरको हेटौँडा र बाराको अमलेखगन्ज जोड्ने चुरे पहाडमा अवस्थित 'चुरियामाई सुरुङमार्ग (Churia Tunnel)'
- पहुँच मार्ग (Approach Road): बलम्बुदेखि सुरुङ प्रवेशद्वार (टुटिपाखा) सम्म २.३०७ कि.मी. २ लेनको सडक
- समय बचत: नागढुङ्गाको जाम र उकालो काट्न लाग्ने करिब ३०–४५ मिनेटको यात्रा अब ७ मिनेटमा सीमित हुने
आर्थिक तथा वित्तीय पक्ष:
- कुल लागत: करिब २५ अर्ब रुपैयाँ
- वैदेशिक सहयोग: जापान सरकारको (जाइका - JICA) रु २१ अर्ब (सहुलियतपूर्ण ऋण) र नेपाल सरकारको रु ६ अर्ब लगानी
- मुख्य निर्माण कम्पनी (Contractor): जापानको हाज्मा एन्डो कर्पोरेसन (Hazama Ando Corporation)
- सञ्चालन तथा व्यवस्थापन: ५ वर्षका लागि चिनियाँ–नेपाली जेभी कम्पनी Yusin–ART Joint Venture छनोट
सुरुङमार्ग प्रयोगबापत निर्धारण गरिएको दस्तुर:
| सवारी साधनको प्रकार | काठमाडौँ प्रवेश गर्दा (रु) | काठमाडौँबाट बाहिरिँदा (रु) |
| हलुका सवारी (कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस) | ६५/- | ६०/- |
| मिनीबस तथा मिनी ट्रक | १२५/- | ८०/- |
| बस तथा सिङ्गल रियर एक्सल ट्रक | २६०/- | २००/- |
| मल्टिएक्सल ट्रक तथा भारी उपकरण | ६००/- | २५०/- |