Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • May 27, 2026
  • 387

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)

१. ७९ औँ कान्स फिल्म फेस्टिभल (२०२६) मा ‘अन सर्टेन रिगार्ड’ तर्फ जुरी प्राइज जितेर ऐतिहासिक रेकर्ड कायम गर्ने पहिलो नेपाली चलचित्र कुन हो ?

➤ एलिफेन्ट्स इन दी फग (अविनाशविक्रम शाह निर्देशित)  

  • आयोजना मिति र स्थान : सन् २०२६ मे १२२३, फ्रान्सको कान्स सहर

२. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा चीनको औपचारिक राजकीय भ्रमण कहिले भएको हो ? 

➤ सन् २०२६ मे १९२०

  • रुसी राष्ट्रपति पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको दुईदिने राजकीय भ्रमण गर्नुभएको हो । 
  • यो भ्रमणले चीनरुस रणनीतिक साझेदारीको ३० औँ वर्षगाँठ र सन् २००१ को ‘मैत्री तथा असल छिमेकी सहयोग सन्धि’ को २५ औँ वर्षगाँठसँग संयोग जुराएको हो ।
  • मुख्य उपलब्धि : भ्रमणका क्रममा दुवै राष्ट्रप्रमुखद्वारा ‘बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ प्रकार’ निर्माण गर्ने विषयमा संयुक्त घोषणापत्रमा हस्ताक्षर गरिएको साथै आर्थिक, व्यापारिक र शैक्षिक क्षेत्रमा दुई दर्जनभन्दा बढी द्विपक्षीय सम्झौता भएका छन् ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलगत्तै भएको यस भ्रमणलाई विश्वशक्ति सन्तुलन र भूराजनीतिक समीकरणको दृष्टिकोणले विशेष महìवपूर्ण मानिएको छ ।

ट्रम्पपछि रुसी राष्ट्रपति पुटिन चीन जाँदै, भ्रमण कार्यक्रम सार्वजनिक -  Online Nepal | Best Online News Portal of Nepal

३. राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा वि.सं. २०८३ जेठ ६ गते सार्वजनिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ उत्पादन (उपभोक्ताको मूल्यमा) कति हुने अनुमान गरिएको छ ?

➤ ६६ खर्ब रुपियाँ 

  • राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै (३६.७ प्रतिशत) र कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम (४.२ प्रतिशत) रहेको छ ।
  • बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहेको छ । मधेश प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा कम रहने प्रारम्भिक अनुमान छ ।
  • राष्ट्रिय औसत प्रतिव्यक्ति आय १५१३ अमेरिकी डलर रहेको छ । बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा उच्च तथा मधेश प्रदेशको सबैभन्दा न्यून रहेको छ ।

 

४. महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी बेरुजु कुन प्रदेशको रहेको छ ? 

➤ मधेश प्रदेश (३.७७ प्रतिशत), सबैभन्दा कम : बागमती प्रदेश (०.८३ प्रतिशत)

 

५. कोशी प्रदेश सरकारले कुन अवधिलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ ?

➤ वि.सं. २०८३ साउन - २०८५ असार

  • अघिल्लो ‘पर्यटन वर्ष २०८२’ अपेक्षित रूपमा सफल नभएपछि सरकारले ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ निर्माण गरी दुईबर्से भ्रमण वर्ष मनाउने भएको छ । 
  • सरकारले हिल स्टेसन, ध्यान केन्द्र र धार्मिक सर्किटको विकास गर्ने; साहसिक पर्यटनलाई व्यवस्थित बनाउने र विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न पहल गर्ने नीति अघि सारेको छ ।

६. नेपालको ३३ औँ प्रधान न्यायाधीशमा को नियुक्त (वि.सं. २०८३) हुनुभएको छ ?

➤ डा. मनोजकुमार शर्मा 

  • संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट प्रधान न्यायाधीशमा अनुमोदित भएसँगै डा. शर्माले वि.सं. २०८३ जेठ ५ गते राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 
  • प्रधान न्यायाधीशका रूपमा डा. शर्माले छ वर्ष काम गर्नुहुने । 
  • न्याय परिषद्ले भावी प्रधान न्यायाधीशका लागि छ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो ।

७. नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकैदिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो ?   

➤ वि.सं. २०८३ जेठ ६ 

  • जेठ ६ गते एकैदिन २७४ जना पवतारोही सगरमाथाको शिखरमा पुग्न सफल भएका छन् । 
  • यसअघि सन् २०१९ मा एकै दिन २२३ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका थिए ।   

 

८. पाँच दिनमा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुन् ? 

➤ तेन्जिङ डेभिड शेर्पा 

  • उहाँले वि.सं. २०८३ जेठ ३ मा नुप्त्से, जेठ ६ मा सगरमाथा र जेठ ७ मा ल्होत्से हिमालको आरोहण पूरा गरी सो कीर्तिमान कायम गर्नुभएको हो ।

 

९. २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ कसलाई प्रदान गर्ने निर्णय गरियो ?

➤ साहित्यकार एवं राजनीतिज्ञ मोहनविक्रम सिंह

  • गण्डकी साहित्य सङ्गमद्वारा स्थापित यो पुरस्कारको राशि ४० हजार रुपियाँ रहेको छ । समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०५२ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो ।

मोहनविक्रमलाई 'गोकुल वाङ्मय' पुरस्कार

१०. सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा कसलाई नियुक्त गर्ने निर्णय ग¥यो ? 

➤ मुकेश डङ्गोल (वि.सं. २०८३ जेठ ११)

 

११. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइने गरिन्छ ? 

➤ मे २२

  • सन् २०२६ को नारा: विश्वव्यापी प्रभावका लागि स्थानीय पहल (एक्टिङ लोकल्ली फर ग्लोबल इम्प्याक्ट) । 

 

१२.  विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा बढी आरोहण गर्ने दोस्रो कीर्तिमानी आरोही को हुन् ? 

➤ पासाङ दावा शेर्पा 

  • ३१ औँ आरोहण : वि.सं. २०८३ जेठ ८ (सन् २०२६ मे २२), ३० औँ आरोहण : वि.सं. २०८३ वैशाख ३१ (सन् २०२६ मे १४)

१३. प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय बुकर पुरस्कार,२०२६’ प्राप्त गर्न सफल कृति कुन हो ? 

➤ ताइवान ट्राभलग 

  • लेखक : याङ सुआङ जी (ताइवान) 
  • अनुवादक : लिन क्विङ (ताइवानीअमेरिकी)
  • पुरस्कार राशि : ५० हजार पाउन्ड स्टर्लिङ (लेखक र अनुवादक दुवैलाई समान रूपमा (आधा आधा) बाँडिने ।)
  • बुकर पुरस्कार जित्ने मन्डारिन चिनियाँ भाषाबाट अनुवादित यो पहिलो कृति हो । 
  • सन् २०२५ को विजेता : भारतीय लेखिका बानु मुस्ताकद्वारा लिखित र दीपा भास्तीद्वारा कन्नड भाषाबाट अङ्ग्रेजीमा अनुवादित कथासङ्ग्रह ‘हार्ट ल्याम्प’ । 

१४. ‘उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना’ को विद्युत् उत्पादन क्षमता कति रहेको छ ?   

➤ ८२८ मेगावाट 

  • स्थान : बागलुङको ढोरपाटन क्षेत्र
  • नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘उत्तरगङ्गा पावर कम्पनी लिमिटेड’ ले अघि बढाएको यो आयोजना नेपालको ऊर्जा सुरक्षाका लागि ‘गेम चेन्जर’ परियोजनाका रूपमा हेरिएको छ । 
  • कुल अनुमानित लागत : १.०८ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब ६४ अर्ब रुपियाँ ।

 

१५. सन् २०२६ मेमा चीनको ग्वाङ्झाउमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल कुन उपाधिबाट सम्मानित भएको हो ? 

➤ मोस्ट चार्मिङ टुरिजम डेस्टिनेसन (सर्वाधिक आकर्षक पर्यटकीय गन्तव्य) ।

  • चीनको ग्वाङ्झाउमा मे २१ देखि २३ सम्म आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता र साहसिक पर्यटनका आधारमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान प्रदान गरिएको छ ।
  • नेपाल पर्यटन बोर्डको समन्वयमा ‘नेपाल : जीवनभरको अनुभव’ नारासहित नेपालका आठ पर्यटन कम्पनीले सो मेलामा सहभागिता जनाउँदै सांस्कृतिक, धार्मिक र साहसिक पर्यटनबारे जानकारी गराएका थिए ।

१६. चलचित्र पत्रकार सङ्घ नेपालको २७ औँ वार्षिकोत्सव (२०८३) मा ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ बाट कसलाई सम्मान गरियो ?

➤ अनन्त वाग्ले (पुरस्कार राशि : रु. ५५,५५५)

 

१७. ‘सफलता संयोग होइन, यो त कडा मेहनत, दृढता, सिकाइ र त्यागको परिणाम हो’ भन्ने व्यक्तित्व को हुन् ?   

➤ पेले (फुटबलका सम्राट्)

 

१८. नेपाल सरकारले हाल निर्धारित अति कम विकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा हुने स्तरोन्नतिको समयसीमालाई लम्ब्याएर कहिलेसम्म पु¥याउन संयुक्त राष्ट्रसङ्घसमक्ष अनुरोध गरेको छ ?

➤ सन् २०३० नोभेम्बर

 

१९. उपन्यास पुस्तकालयको स्थापना कहाँ गरिएको छ ? 

➤ काठमाडौँ (वि.सं. २०८३ जेठ ६)

  • उपन्यास समाज नेपालद्वारा स्थापना गरिएको उक्त पुस्तकालय चर्चित स्रष्टा रुद्रराज पाण्डेद्वारा लिखित उपन्यास ‘रूपमती’ प्रदर्शन गर्दै उद्घाटन गरिएको हो । 

 

२०. एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि अघि सारेको नयाँ कन्ट्री पार्टनरसिप स्ट्राटेजीको अवधि कुन हो ?   

➤ सन् २०२५ - २०२९

  • सन् २०२५ देखि २०२९ सम्मका लागि लागु हुने रणनीतिले नेपालको आर्थिक रूपान्तरणका लागि हरित, निजी क्षेत्रलक्षित र जलवायु रेजिलियन्ट विकास मोडेललाई अघि सारेको छ । 

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 723
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 105
  • Nepal Police 8

Latest Blogs

Amin (Engineering/Survey), 2083/04/09
Past Questions

अमीन (इन्जिनियरिङ्ग/सर्भे), २०८३/०४/०९

  • Jul 27, 2026
  • 25
Official inauguration of Nagdhunga-Sisnekhola tunnel
Current Affairs

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

  • Jul 27, 2026
  • 40
World Geography Questions Asked by Public Service Commission till Asar 2083 BS
Past Questions

वि.सं. २०८३ असारसम्म लोकसेवाले सोधका विश्वको भूगोल सम्बन्धी प्रश्नहरू

  • Jul 26, 2026
  • 91
Gandaki Province, Mechanical Supervisor (Fifth Level) - 2083/04/07
Past Questions

गण्डकी प्रदेश, मेकानिकल सुपरभाइजर (पाँचौं तह) - २०८३/०४/०७

  • Jul 26, 2026
  • 151
44th Chinnalata Song Awards and Honors
Current Affairs

४४औँ छिन्नलता गीत पुरस्कार एवम् सम्मान

  • Jul 26, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA