Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको वस्तुगत प्रश्नोत्तर

  • Engineering Nepal
  • July 13, 2022
  • 825

लोकसेवा सम्बन्धी आजको वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको  वस्तुगत प्रश्नोत्तर

१. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने तथ्याङ्क सार्वजनिक गरिएको छ ?

 आठ अर्ब 

– विश्व जनसङ्ख्या दिवस जुलाई ११ का दिन यूएनएफपीएले सो घोषणा गरेको ।

– अहिले विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी रहेको जनाएको । सन् १९८७ जुलाई ११ मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो । सन् १९८९ देखि संयुक्त राष्ट्रसङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको ।

– सन् २०२२ को नारा : ‘आठ अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि अवसरको प्राप्ति रहेको ।

– विश्व जनसङ्ख्या कोषले जुलाई ११ मा सार्वजनिक गरेको ‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२ अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने ।

– कोषका अनुसार विश्वको जनसङ्ख्या सात–आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र छदेखि सात अर्ब पुग्न पनि उत्तिकै समय लागेको थियो । अहिलेको वृद्धिदरलाई हेर्दा अब अर्को एक अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान गरिएको ।

– विश्व जनसङ्ख्यामा थपिएको छ अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको । यसमा अफ्रिकाको दोस्रो स्थान रहेको ।

– विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा सातदेखि आठ अर्ब जनसङ्ख्या वृद्धिमा १० वटा देशको बढी योगदान रहेको । यो वृद्धिमा भारत, चीन र नाइजेरियाको स्थान क्रमशः पहिलो, दोस्रो र तेस्रो रहेको कोषले जनाएको ।

– विश्वमा अहिले सबैभन्दा बढी चीनमा एक अर्ब ४४ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा रहेको । तेस्रो अमेरिकामा ३३ करोड जनसङ्ख्या रहेको ।

– सन् २०२३ मा जनसङ्ख्यामा भारतले चीनलाई उछिन्ने प्रक्षेपण रहेको ।

– एसिया र अफ्रिकाले नौ अर्ब पुुगुञ्जेलसम्म जनसङ्ख्या वृद्धिको नेतृत्व गर्ने जुन सन् २०३७ रहने र सोपश्चात् भने वृद्धिदर सामान्य हुने प्रक्षेपण रहेको ।

२. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार कस–कसलाई प्रदान गरियो ?

 हरिवंश आचार्य, सोमराज अभय, रमेश ढुङ्गेल र हेम पौडेल

– यज्ञश्वर निरौला, अयोध्यानाथ चौधरी, हरिप्रसाद सिलवाल, बालकृष्ण अधिकारी, विष्णुबहादुर सिंह, बखतबहादुर थापा, गणेशराज जोशीलगायतलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको ।

– वेञ्जु शर्मा, राम विनय, पुष्करराज भट्ट, विजय चालिसे र आरडीप्रभास चटौतलाई महाकवि देवकोटा पुरस्कार प्रदान गरिएको ।

– गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार अमरराज गिरीलाई प्रदान गरिएको ।

– त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार तथा लालबहादुर विश्वकर्मा र खगेन्द्र सङ्ग्रौलालाई भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गरिएको ।

३. नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले सार्वजनिक गरेको नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२ अनुसार सात प्रदेशमा सबैभन्दा प्रतिस्पर्धी (अब्बल) रहन सफल प्रदेश कुन हो ?

 बागमती प्रदेश

– सो संस्थाले वि.सं. २०७९ असार २१ मा सार्वजनिक गरेको नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमतासम्बन्धी प्रतिवेदनअनुसार बागमती प्रदेश सबै सूचकमा अब्बल देखिएको ।

– बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर र पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको ।

– प्रतिवेदनले समेटेको उल्लिखित चारवटा सूचकमा मधेश, प्रदेश १, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

– त्यस्तै सरकार र संस्थागत व्यवस्था सूचकमा प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, गण्डकी र मधेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

– वित्तीय व्यवसाय र जनशक्ति अवस्थाअन्तर्गत गण्डकी र प्रदेश १ समान तेस्रो स्थानमा रहेका प्रतिवेदनमा यस सूचकमा दोस्रो स्थान उल्लेख नगरिएको । यसै सूचकको चौथोमा लुम्बिनी, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा कर्णाली र सातौँमा मधेश प्रदेश रहेको ।

– जीवनको गुणस्तर तथा पूर्वाधार विकास सूचकमा गण्डकी, प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम, मधेश र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।

– एसिया कम्पिटेटिभिनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।

४. कुन स्थानीय तहले ‘एक घर, एक बाँदर’ पाल्ने कार्यक्रम ल्याउने भएको छ ?

 कालिञ्चोक गाउँपालिका (दोलखा)

– गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आ.व. २०७९/८० को नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गरी पारित गरेको ।

– बाँदर निर्मूल पार्ने अन्य कुनै उपाय नभएपछि पालिकाले बाँदर पाल्ने नीति लिएको जनाइएको ।

५. विश्वकै अग्लो होटल कहाँ रहेको छ ?

 साङ्घाई (चीन)

– होटल सन् २०२१ जुन १९ देखि सञ्चालन भएको ।

– ६३२ मिटर अग्लो यस होटलकोे नाम ‘जे’ होटल रहेको ।

६. नेपाल र भारतबीच महाकाली नदीको पानी सामूहिक र बहुउपयोग गर्ने सन्धि भएको साढे दुई दशकपछि नेपालतर्फ कहिलेदेखि आउन थालेको हो ?

 वि.सं. २०७९ असार १५

– महाकाली सन्धिमा उल्लेख भएबमोजिम नेपालले यस अघिदेखि नै पाउने भनिएको पानी बल्ल प्राप्त भएको ।

– नेपालतर्फ बनाइनुपर्ने २२ वटा शाखा नहरको निर्माण योजना कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको । महìवपूर्ण आयोजनाका रूपमा राखिएको यो योजना निर्माणमा ढिलाइ नगरी विगतमा सिँचाइ सुविधा नपाउँदा भएको क्षतिलाई कम गर्ने प्रयासमा नेपाल केन्द्रित हुनुपर्ने । २२ वटा शाखा नहरको निर्माणपछि कैलालीको मालाखेती तथा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वाससम्म ५३ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको । 

७. जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्या कहिले भएको हो ?

 सन् २०२२ जुलाई ८

– राजधानी टोकियोनजिकै नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको र उपचारका क्रममा उहाँको मृत्यु भएको ।

– सन् २००६ देखि २०२० सम्म दुई कार्यकाल जापानको प्रधानमन्त्री बन्नुभएका आवेले २०२० मा स्वास्थ्य समस्या देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको ।

– उहाँ जापानको अर्थतन्त्रलाई माथि पु-याउने उद्देश्यले ल्याइएको नीति ‘अबेनोमिक्स’का कारण पनि लोकप्रिय बन्नुभएको थियो ।

– नेपाल र जापानबीचको आधुनिक सम्बन्धको बीउ रोप्न सिन्जो आबेको महìवपूर्ण भूमिका रहेको मानिन्छ ।

– नेपालसँग दौत्य सम्बन्ध गाँसेयता आवेकै पहलमा सन् २००० मा तत्कालीन प्रधानमन्त्री यासिरो मोरी नेपाल भ्रमणमा आउनुभएको ।

– आवेको शासनकालमा दुई देशबीचको शैक्षिक सम्बन्ध प्रगाढ बनेको । आवेको शासनकालमा नेपालका हजारौँ विद्यार्थीले जापानमा पढ्ने र काम गर्ने अवसर पाएका । 

– जापानले नेपालको पूर्वाधारका लागि सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउने काम उहाँकै पालामा भएको ।

– जापान नेपालको एक महìवपूर्ण व्यापार साझेदार हो । यसको सुरुवात पनि उहाँकै पालामा भएको थियो ।

८. विश्वकै सबैभन्दा अग्लो सगरमाथा शिखर चढ्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन कहिले भएको हो ?

 वि.सं. २०७९ असार २३

– उनले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गरेका । त्यो बेला उनको उमेर १७ वर्ष छ महिना १५ दिन रहेको थियो ।

– सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर उनको नाम गिनिज बुकमा लेखिएको थियो ।

९. सन् २०२२ को विश्वकप टी–२० क्रिकेट खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?

 अस्ट्रेलिया (सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म)

– विश्वकप ट्रफी जुलाई ८ मा अस्ट्रेलियाको मेलवर्नमा सार्वजनिक गरिएको ।

– निशान कम्पनीको पहलमा जुलाई ८ मा नै ट्रफीको विश्व भ्रमण सुरु भएको । जुन ट्रफीको विश्व भ्रमण अक्टोबर १३ मा अस्ट्रेलियाको जिलोङमा आएर सकिने ।

– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले ट्रफीको भ्रमणअन्तर्गत अगस्ट ३० र ३१ मा काठमाडौँमा प्रदर्शन गरिने जनाएको ।

– ट्रफी भ्रमण चार महादेशमा १३ देशका ३५ स्थानमा पुग्ने । पुरुष टी–२० विश्वकप ट्रफी पहिलो पटक नेपाल आउने । सन् २०१९ मा एकदिवसीय विश्वकपको ट्रफी पनि नेपालमा ल्याइएको थियो ।

१०. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रधानमन्त्री पदबाट कहिले राजीनामा दिएका हुन् ?

 सन् २०२२ जुलाई ७

११. नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार कहिलेदेखि सुरु गरेको हो ?

 वि.सं. २०७९ असार २७

१२. अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा कहिले दिनुभएको हो ?

 वि.सं. २०७९ असार २२

– आ.व. २०७९/८० को बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि सोको छानबिनका लागि ११ सदस्यीय संसदीय समिति गठन भएपश्चात् उनले संसदीय समितिलाई छानबिनमा सहयोग पु¥याउन भन्दै राजीनामा दिएका ।

– मन्त्रालयमा करको दर हेरफेर गरिएको एवं सोसम्बन्धी सीसी टीभीको फुटेज गायब भएको भन्ने समाचार प्रकाशित भएपछि राजीनामा दिन थप दबाब बढेको थियो ।

१३. निर्माणाधीन पृथ्वीनारायण शाह सङ्ग्रहालय कहाँ रहेको छ ?

 नुवाकोट

१४. आमाको नामबाट नागरिकता दिन सकिने व्यवस्था कहिलेदेखि गरिएको हो ?

 वि.सं. २०६३ मङ्सिर १०

– (नेपाली र अङ्ग्रेजी दुवै भाषाबाट नागरिकता प्रदान गर्न सुरु : वि.सं. २०६६ मङ्सिर १)

१५. हराएको वस्तु पाएबापत दिइने पुरस्कारलाई के भनिन्छ ?

 पलौनी

१६. मिस इन्डिया–२०२२ को उपाधि जित्ने सुन्दरी को हुन् ?

 सिनी सेट्टी

– प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्र्ट रनर्स अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप बनेका ।

१७. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसद्वारा महानन्द साहित्य साधक सम्मान–२०२२ बाट कसलाई सम्मानित गरियो ?

 कथाकार माया ठकुरी

– शिक्षा एवं साहित्यको क्षेत्रमा योगदान पु¥याएका महानन्द सापकोटाको सम्मान र समकालीन वाङ्मयको सम्मानका निम्ति सन् २०१३ देखि यो पुरस्कार बर्सेनि प्रदान गरिँदै आएको ।

– सम्मान राशि रु. ५० हजार रहेको ।

– सर्वप्रथम यो सम्मान सन् २०१३ मा विप्लव प्रतीकलाई प्रदान गरिएको ।

१८. विश्वकै ठूलो संस्कृत–नेपाली शब्दकोश कसले निर्माण गरेका हुन् ?

 स्वामी केशवानन्द गिरी

– यस शब्दकोशमा संस्कृत, नेपाली, हिन्दी र अङ्ग्रेजी भाषाका शब्दको अर्थ अवगत हुने ।

– शब्दकोशमा चार भाषाका गरी चार लाख शब्द समेटिएको ।

– यसको वेबसाइट : ‘पलकधबmष्।अयm’ रहेको ।

१९. साउदी अरबद्वारा कतारमाथि लगाइएको नाकाबन्दी कहिलेदेखि हटाइएको हो ?

 सन् २०२१ जनवरी ५

– साउदी अरबमा आयोजित गल्फको अपरेसन काउन्सिल (जीसीसी)को पूर्वसन्ध्यामा सो प्रतिबन्ध हटाइएको ।

– साउदीद्वारा तीन वर्षअगाडि कतारमाथि प्रतिबन्ध लगाइएको थियो ।

Source: Gorkhapatra Online

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 109
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 106
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 96
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 57
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA