सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)
१. "गौरिका सिंह" कुन खेलसँग सम्बन्धित छिन् ?
-
(A) पौडी
-
(B) जुडो
-
(C) फुटबल
-
(D) क्रिकेट
२. नेपालले वि.सं. २०८० सम्ममा कति पटक दक्षिण एशियाली खेलकुद आयोजना गरेको छ ?
-
(A) एकपटक
-
(B) दुईपटक
-
(C) तीन पटक
-
(D) चारपटक
३. नेपालको तर्फबाट COP-29 मा भएको World Leader Climate Action Summit मा कसले सम्बोधन गरेका थिए ?
-
(A) राष्ट्रपति
-
(B) प्रधानमन्त्री
-
(C) वन तथा वातावरण मन्त्री
-
(D) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष
४. नेपालमा योग दिवस कहिले मनाइन्छ ?
-
(A) माघ १ गते
-
(B) फागुन १ गते
-
(C) असोज १ gते
-
(D) जेठ १ गते
५. नेपाली र अंग्रेजी भाषा व्याकरणका मूर्धन्य विद्वान चूडामणि गौतमको निधन कहिले भयो ?
-
(A) वि.सं. २०८१ साल फागुन २ गते
-
(B) वि.सं. २०८१ साल फागुन ८ गते
-
(C) वि.सं. २०८१ साल फागुन १० गते
-
(D) वि.सं. २०८१ साल फागुन १२ गते
६. महादेशका सम्बन्धमा तलका मध्ये कुन कथन सही छ ?
-
(A) सबैभन्दा सानो अफ्रिका हो ।
-
(B) सबैभन्दा पुरानो एशिया हो ।
-
(C) एशियामा सबैभन्दा धेरै भाषा बोलिन्छ ।
-
(D) दक्षिण अमेरिका भन्दा उत्तर अमेरिका सानो छ ।
७. लण्डन शहर कुन नदीको किनारमा अवस्थित छ ?
-
(A) नाइल
-
(B) ओन्टारियो
-
(C) टेम्स
-
(D) राइन
८. सबैभन्दा धेरै देशहरू भएको महादेश कुन हो ?
-
(A) एशिया
-
(B) अफ्रिका
-
(C) उत्तर अमेरिका
-
(D) दक्षिण अमेरिका
९. "वाणिज्य महासागर" भनेर कुन महासागरलाई भनिन्छ ?
-
(A) हिन्द महासागर
-
(B) सुमेरु महासागर
-
(C) आन्ध्र महासागर
-
(D) प्रशान्त महासागर
१०. पानामा नहरको पूर्ण नियन्त्रण अमेरिकाले पानामालाई कहिले हस्तान्तरण गरेको थियो ?
-
(A) सन् १९०३
-
(B) सन् १९६४
-
(C) सन् १९८९
-
(D) सन् १९९९
११. यूरोपेली युनियनमा कति सदस्य राष्ट्रहरू रहेका छन् ?
-
(A) २५
-
(B) २७
-
(C) ३०
-
(D) ३५
१२. संयुक्त राष्ट्रसंघीय विशिष्टीकृत एजेन्सी UNIDO को मुख्यालय कहाँ अवस्थित छ ?
-
(A) इटाली
-
(B) क्यानाडा
-
(C) अष्ट्रिया
-
(D) अष्ट्रेलिया
१३. संसारको सबैभन्दा धेरै देशहरू भएर बग्ने नदी कुन हो ?
-
(A) डेन्युब
-
(B) राइन
-
(C) नाइल
-
(D) गंगा
१४. A community opportunities for all कुन संगठनको नारा हो ?
-
(A) सार्क
-
(B) बिमिस्टेक
-
(C) आसियन
-
(D) रेडक्रस
१५. BIMSTEC को पहिलो सम्मेलन कुन देशमा सम्पन्न भएको थियो ?
-
(A) श्रीलंका
-
(B) म्यान्मार
-
(C) थाइल्याण्ड
-
(D) भारत
१६. BIMSTEC को सचिवालय कहाँ रहेको छ ?
-
(A) ढाका, बंगलादेश
-
(B) बैंकक, थाइल्याण्ड
-
(C) कोलम्बो, श्रीलंका
-
(D) यांगुन, म्यानमार
१७. औद्योगिक क्रान्ति कुन देशबाट सुरु भएको थियो ?
-
(A) अमेरिका
-
(B) इटाली
-
(C) बेलायत
-
(D) फ्रान्स
१८. G20 सदस्य राष्ट्रहरूले विश्वको कुल गार्हस्थ्य उत्पादनको कति प्रतिशत प्रतिनिधित्व गर्दछन् ?
-
(A) ५०%
-
(B) ७५%
-
(C) ८०%
-
(D) ८५%
१९. ओलम्पिक खेलकुदको झण्डामा रहेको पहेंलो रिङ्ले कुन महादेशलाई जनाउँदछ ?
-
(A) एशिया
-
(B) युरोप
-
(C) अमेरिका
-
(D) अष्ट्रेलिया
२०. सन् २०२८ को ग्रीष्मकालीन ओलम्पिक खेल कुन शहरमा हुन गइरहेको छ ?
-
(A) लस एन्जलस
-
(B) लास भेगास
-
(C) न्यूयोर्क
-
(D) क्यालिफोर्निया
२१. सन् २०२४ को T-20 विश्व कप क्रिकेट प्रतियोगिताको विजेता राष्ट्र कुन हो ?
-
(A) इङ्गल्याण्ड
-
(B) अष्ट्रेलिया
-
(C) पाकिस्तान
-
(D) भारत
२२. बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना वाजिदले कुन देशमा शरण लिएकी छिन् ?
-
(A) स्पेन
-
(B) बेलायत
-
(C) नर्वे
-
(D) भारत
२३. सन् २०२४ को डिसेम्बरमा संसदबाट महाअभियोग लगाई निलम्बन भएका दक्षिण कोरियाली राष्ट्रपति को हुन् ?
-
(A) यो सुन योल
-
(B) हान हक सु
-
(C) पार्क जी ओन
-
(D) ली जे मियङ
२४. सन् २०२५ को ओस्कार अवार्डका लागि नेपालबाट छनौट भएको चलचित्र कुन हो ?
-
(A) पूर्ण बहादुरको सारङ्गी
-
(B) साम्बाला
-
(C) महाजात्रा
-
(D) १२ गाउँ
२५. COP-29 कुन देशमा सम्पन्न भएको थियो ?
-
(A) उज्वेकिस्तान
-
(B) ताजिकिस्तान
-
(C) किर्गिस्तान
-
(D) अजरबैजान
२६. केन्द्रीय सुरक्षा समितिको सदस्य - सचिव को रहने व्यवस्था छ ?
-
(A) सचिव, रक्षा मन्त्रालय
-
(B) सचिव, गृह मन्त्रालय
-
(C) सशस्त्र प्रहरी महानिरीक्षक
-
(D) सहसचिव, गृह मन्त्रालय
२७. सशस्त्र प्रहरी सशस्त्र विद्रोहमा सरीक भएमा कस्तो सजाय हुने व्यवस्था छ ?
-
(A) सर्वस्व सहित जन्म कैद
-
(B) जन्म कैद
-
(C) ७-१२ वर्षसम्म कैद
-
(D) ५-१२ वर्षसम्म कैद
२८. सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि कति वर्षको हुन्छ ?
-
(A) ३ वर्ष
-
(B) ४ वर्ष
-
(C) ५ वर्ष
-
(D) ६ वर्ष
२९. सशस्त्र प्रहरी बल सेवा आयोगको अध्यक्ष को रहने व्यवस्था छ ?
-
(A) लोक सेवा आयोगको सचिव
-
(B) लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्य
-
(C) सचिव, गृह मन्त्रालय
-
(D) सशस्त्र प्रहरी महानिरीक्षक
३०. सशस्त्र प्रहरी कर्मचारीलाई अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत बढुवाको लागि कति अंक दिइने व्यवस्था छ ?
-
(A) ५
-
(B) ३.५
-
(C) ४
-
(D) २
३१. सशस्त्र प्रहरी कर्मचारीले परीक्षणकाल समाप्त भएको कति दिन भित्र वैयक्तिक विवरण फाराम भर्नुपर्छ ?
-
(A) ७ दिन
-
(B) १५ दिन
-
(C) ३० दिन
-
(D) ३५ दिन
३२. सशस्त्र प्रहरी कर्मचारीले तलका मध्ये कुन विदा पाउने कानूनी व्यवस्था छैन ?
-
(A) भैपरी विदा
-
(B) घर विदा
-
(C) प्रसुति स्याहार विदा
-
(D) असाधारण विदा
३३. सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति गर्ने अधिकारी तलको मध्ये कुन हो ?
-
(A) सचिव, गृह मन्त्रालय
-
(B) सशस्त्र प्रहरी महानिरीक्षक
-
(C) सशस्त्र प्रहरी नायव महानिरीक्षक
-
(D) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक
३४. सशस्त्र प्रहरी सेवाको पदपूर्ति प्रयोजनको लागि पिछडिएको क्षेत्रभित्र कति वटा जिल्लालाई समावेश गरिएको छ ?
-
(A) ७
-
(B) ८
-
(C) ९
-
(D) १०
३५. सशस्त्र प्रहरी सेवाको पदपूर्तिमा खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये कति प्रतिशत पद समावेशी समूहको लागि छुट्याइन्छ ?
-
(A) ४५%
-
(B) ५५%
-
(C) ६६%
-
(D) ८०%
३६. सशस्त्र प्रहरी बल, नेपालमा पदपूर्तिमा आरक्षित प्रतिशतका आधारमा सानो देखि ठूलो मिल्ने गरी क्रममा राख्नुहोस् । (i) दलित (ii) पिछडिएको क्षेत्र (iii) मधेशी
-
(A) i - ii - iii
-
(B) ii - i - iii
-
(C) iii - i - ii
-
(D) iii - ii - i
३७. सशस्त्र प्रहरी बलमा तलका मध्ये कुन समूहको लागि समावेशी तर्फबाट पदपूर्ति गर्न पदसंख्या निर्धारण गर्ने व्यवस्था गरिएको छैन ?
-
(A) खस आर्य
-
(B) मधेशी
-
(C) दलित
-
(D) आदिवासी/जनजाति
३८. सशस्त्र प्रहरीको समावेशी पदपूर्ति नीतिको मुख्य उद्देश्य के हो ?
-
(A) राजनीतिक प्रभुत्व वृद्धि गर्न
-
(B) सबै समूहको समान प्रतिनिधित्व गराउन
-
(C) शारीरिक सामर्थ्यलाई प्रधानता दिन
-
(D) शहरी जनसंख्याको प्रतिनिधित्व घटाउन
३९. वर्ष जवान - २०८१ बाट सम्मानित सशस्त्र प्रहरी कर्मचारी को हुन् ?
-
(A) किरण बहादुर भण्डारी
-
(B) सावित्रा भण्डारी
-
(C) आसिफ शेख
-
(D) विष्णु प्रसाद न्यौपाने
४०. २०८१ माघ महिनामा कति औं सशस्त्र प्रहरी दिवस मनाइयो ?
-
(A) २२औं
-
(B) २३औं
-
(C) २४औं
-
(D) २५औं
४१. तलका मध्ये कुन पद सशस्त्र प्रहरी बल, नेपालको संरचनामा पर्दैन ?
-
(A) सशस्त्र प्रहरी उपरीक्षक
-
(B) सशस्त्र प्रहरी सहायक महानिरीक्षक
-
(C) सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक
-
(D) सशस्त्र प्रहरी हवल्दार
४२. सशस्त्र प्रहरी सेवामा कति पद रहने व्यवस्था छ ?
-
(A) १२
-
(B) १४
-
(C) १३
-
(D) १५
४३. तलका मध्ये कुन सही छ ?
-
(A) सशस्त्र प्रहरी नायब निरीक्षक विशिष्ट श्रेणीको पद हो
-
(B) सशस्त्र प्रहरी उपरीक्षक रा.प.द्वितीय श्रेणीको पद हो
-
(C) सशस्त्र प्रहरी सहायक निरीक्षक रा.प.अनं.प्रथम श्रेणीको पद हो
-
(D) सशस्त्र प्रहरी परिचर रा.प.अनं. चतुर्थ श्रेणीको पद हो
४४. सशस्त्र प्रहरी बल, नेपाल तल दिइएका मध्ये कुन देशमा संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा सहभागी भएको छैन ?
-
(A) पूर्वी टिमोर
-
(B) इराक
-
(C) अफगानिस्तान
-
(D) हाइटी
४५. सशस्त्र प्रहरी बल, नेपाल कहिले देखि संयुक्त राष्ट्रसंघ शान्ति सेनामा खटिन थालेको हो ?
-
(A) October 2002
-
(B) September 2003
-
(C) September 2002
-
(D) October 2004
४६. वि.सं. २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना पछि नेपालको प्रधानमन्त्री को बनेका थिए ?
-
(A) कृष्ण प्रसाद भट्टराई
-
(B) लोकेन्द्र बहादुर चन्द
-
(C) मरिचमान सिंह श्रेष्ठ
-
(D) गिरिजा प्रसाद कोइराला
४७. वि.सं. २०१५ सालको आम निर्वाचनमा कुन पार्टीले बहुमत प्राप्त गर्यो ?
-
(A) नेपाली कांग्रेस
-
(B) नेपाल कम्युनिष्ट पार्टी
-
(C) प्रजा परिषद्
-
(D) गोरखा परिषद्
४८. कुन प्रधानमन्त्रीको पालामा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो ?
-
(A) टंकप्रसाद आचार्य
-
(B) वी.पी. कोइराला
-
(C) मात्रिकाप्रसाद कोइराला
-
(D) सूर्य बहादुर थापा
४९. प्रसिद्ध डोलेश्वर महादेवको मन्दिर कुन जिल्लामा अवस्थित छ ?
-
(A) डोटी
-
(B) बाजुरा
-
(C) खोटाङ
-
(D) भक्तपुर
५०. तलका मध्ये कुन स्थान युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छैन ?
-
(A) पशुपतिनाथ मन्दिर
-
(B) चितवन राष्ट्रिय निकुञ्ज
-
(C) लुम्बिनी
-
(D) रारा ताल
५१. पशुपतिनाथको मन्दिर वास्तुकलाको कुन शैलीमा बनेको छ ?
-
(A) गुम्बज
-
(B) पिरामिड
-
(C) प्यागोडा
-
(D) गोथिक
५२. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?
-
(A) तिलिचो
-
(B) छोरोल्पा
-
(C) रारा
-
(D) खयरबराह
५३. तलका नदीहरूलाई पश्चिमबाट पूर्वतर्फको क्रममा मिलाउनुहोस् । (i) कोशी (ii) कर्णाली (iii) गण्डकी
-
(A) ii - iii - i
-
(B) iii - ii - i
-
(C) i - ii - iii
-
(D) iii - i - ii
५४. राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार वि.सं. २०६८ सालको तुलनामा वि.सं. २०७८ सालमा नेपालमा कति प्रतिशत जनसंख्या वृद्धि भएको छ ?
-
(A) १०.०८ प्रतिशत
-
(B) १०.८० प्रतिशत
-
(C) ११.६८ प्रतिशत
-
(D) ११.८३ प्रतिशत
५५. Lesser Himalaya भनेर तलका मध्ये कुन पर्वत श्रेणीलाई बुझिन्छ ?
-
(A) चुरे पर्वत श्रेणी
-
(B) मध्यभूमि श्रेणी
-
(C) महाभारत श्रेणी
-
(D) माथिका सबै
५६. नेपालको दोस्रो सर्वोच्च शिखर कुन हो ?
-
(A) मकालु
-
(B) कञ्चनजङ्घा
-
(C) अन्नपूर्ण
-
(D) ल्होत्से
५७. बौद्ध धर्ममा तलका मध्ये कुन सम्प्रदाय पर्दैन ?
-
(A) महायान
-
(B) बज्रयान
-
(C) शाक्त
-
(D) मन्त्रयान
५८. नदीहरूको जल प्रवाह, जल भण्डार र उपयोगिताको आधारमा बाणगङ्गा नदी कुन स्तरको नदीमा पर्दछ ?
-
(A) पहिलोस्तर
-
(B) दोस्रोस्तर
-
(C) तेस्रोस्तर
-
(D) मिश्रितस्तर
५९. नेपालको शासकीय प्रणालीका सम्बन्धमा तलको कुन कथन सही होइन ?
-
(A) तीन तहका सरकार छन् । (नोट: प्रश्नपत्रमा यसलाई मार्क गरिएको छ, तर प्राविधिक रूपमा यो सही कथन हो। गलत कथन (B) सरकारको नेतृत्व राष्ट्रपतिले गर्दछन् हुनुपर्ने हो।)
-
(B) सरकारको नेतृत्व राष्ट्रपतिले गर्दछन् ।
-
(C) स्थानीय सरकारले कानून बनाउँदछन् ।
-
(D) द्विसदनात्मक व्यवस्थापिका रहेको छ ।
६०. राष्ट्रिय सभामा कति जना सदस्य निर्वाचनबाट निर्वाचित हुने व्यवस्था छ ?
-
(A) ६०
-
(B) ५९
-
(C) ५७
-
(D) ५६
६१. नेपालको संविधान कतिऔं लिखित संविधान हो ?
-
(A) पाँचौं
-
(B) छैटौं
-
(C) सातौं
-
(D) आठौं
६२. नेपालको संविधानमा उल्लेख भए अनुसार प्रत्येक नागरिकको कर्तव्य सम्बन्धमा तलका मध्ये कुन ठीक हो ? (I) सार्वजनिक सम्पत्तिको सुरक्षा गर्नु (II) राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु
-
(A) I र II दुबै ठीक
-
(B) I र II दुबै बेठिक
-
(C) I ठीक II बेठिक
-
(D) I बेठिक II ठीक
६३. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो प्रदेश कुन हो ?
-
(A) कोशी प्रदेश
-
(B) बागमती प्रदेश
-
(C) लुम्बिनी प्रदेश
-
(D) कर्णाली प्रदेश
६४. "लाटो पहाड" कसको कथा संग्रह हो ?
-
(A) महेश विक्रम शाह
-
(B) अर्जुन पराजुली
-
(C) उपेन्द्र सुब्बा
-
(D) गुरु प्रसाद मैनाली
६५. "विचार विज्ञान" कृतिका कृतिकार को हुन् ?
-
(A) गौतम बुद्ध
-
(B) खप्तड स्वामी
-
(C) योगी नरहरिनाथ
-
(D) स्वामी प्रपन्नाचार्य
६६. नेपालको सबैभन्दा पुरानो पत्रिका कुन हो ?
-
(A) गोरखापत्र
-
(B) सुन्दरी
-
(C) माधवी
-
(D) शारदा
६७. "मानिस संसारमा एक्लै जन्मिन्छ, एक्लै मर्छ, एक्लै नै राम्रो र नराम्रो कर्मको फल भोग गर्दछ ।" यो भनाई कसको हो ?
-
(A) गौतम बुद्ध
-
(B) चाणक्य
-
(C) श्रीकृष्ण
-
(D) विदुर
६८. चिकित्सा सेवा तर्फको प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ तलका मध्ये कसलाई प्रदान गरिएको थियो ?
-
(A) डा. सन्दुक रूइत
-
(B) डा. ओममूर्ति अनिल
-
(C) डा. भगवान कोइराला
-
(D) डा. चन्द्रमणि अधिकारी
६९. समाज सुधार र सुशासनका लागि ६७ अनुयायीसहित अरुण नदीमा जलसमाधि लिने संन्यासी तलका मध्ये को हुन् ?
-
(A) योगमाया न्यौपाने
-
(B) नैनकला न्यौपाने
-
(C) छायाँ देवी पराजुली
-
(D) उमादेवी दास
७०. घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग-१ को उपाधि जित्ने टिम कुन हो ?
-
(A) कर्णाली याक्स
-
(B) विराटनगर किङ्ग्स
-
(C) जनकपुर बोल्ट्स
-
(D) सुदूरपश्चिम रोयल्स