Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Pranisha Raya
  • April 12, 2023
  • 456

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

गोरखापत्र चैत्र २९ लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सन् २०२३ अप्रिल ४ मा विश्व बैङ्कद्वारा सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट : फाइन–ट्युनिङ पोलिसी इन अ टर्बुलेन्ट इन्भाएरन्मेन्ट’ प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ४.१ प्रतिशत

  • विश्व बैङ्कले आयात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति, कम राजस्व सङ्कलन एवं खुम्चँदो सरकारी खर्चका कारण यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिएभन्दा कम हुने जनाएको । आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रमा थप सुधार, विप्रेषण आप्रवाहमा वृद्धि, मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९ प्रतिशत पुग्ने विश्व बैङ्कको प्रक्षेपण रहेको । 
  • त्यसैगरी अप्रिल ४ मा नै एडीबीद्वारा सार्वजनिक एसियन डेभलपमेन्ट आउट लुकअनुसार पनि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान रहेको ।
  • चालु वर्ष कसिलो मौद्रिक नीति, महामारीको बाँकी प्रभाव तथा विश्वव्यापी अस्थिरताका कारण त्यसको असर नेपालको वृद्धिदरमा देखिने एडीबीको अनुमान रहेको ।
  • आगामी वर्ष सन् २०२४ मा अर्थतन्त्रमा सुधार भई ५ प्रतिशतको आर्थिक वृद्धि हुने एडीबीको प्रक्षेपण रहेको ।
  • पर्यटन क्षेत्रमा हुने सुधार र ऊर्जा उत्पादनमा हुने वृद्धि अर्थतन्त्रको वृद्धिदरलाई आधार प्रदान गर्ने जनाइएको ।

एडीबीको प्रतिवेदनअनुसार दक्षिण एसियाली राष्ट्रहरूको अवस्था 

माल्दिभ्स ७.१ प्रतिशत 

भारत ६.४ प्रतिशत

बङ्गलादेश ५.३ प्रतिशत

भुटान ४.६ प्रतिशत

नेपाल ४.१ प्रतिशत 

पाकिस्तान ०.६ प्रतिशत

श्रीलङ्का ३ प्रतिशत

  • विश्व बैङ्कको यो प्रक्षेपण एडीबीको तुलनामा ०.१ प्रतिशतले कम रहेको । 
  • चालु आ.व.मा नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपणको तुलनामा खुम्चने एडीबी र विश्व बैङ्क दुवैको अनुमान रहेको । दुवै दातृ निकायले अप्रिल ४ मा सार्वजनिक गरेका छुट्टाछुट्टै प्रतिवेदनले नेपालको चालु आ.व.मा आर्थिक वृद्धिदर घट्ने उल्लेख गरेका । छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरे पनि दुवै संस्थाले समान ४.१ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने अनुमान गरेका ।

२. आदर्श पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

 वरिष्ठ पत्रकार किशोर नेपाल (राशि ः रु. १,११,१११।–) 

३. बालविवाह न्यूनीकरणका लागि विवाह गर्नुअघि वडा कार्यालयबाट विवाह गर्ने उमेर पुगेको योग्यताको प्रमाणपत्र पेस गरी सिफारिस लिनुपर्ने व्यवस्था कुन पालिकाले गरेको छ ?

 गोलन्जोर गाउँपालिका (सिन्धुली) 

  • विवाहका लागि २० वर्ष पुग्नुपर्ने र उमेर नपुगी विवाह गर्ने जोडीलाई गाउँपालिका तथा वडा कार्यालयबाट प्रदान गरिने सेवा सुविधाबाट समेत वञ्चित गर्ने निर्णय (२०७९ चैतमा) भएको । 
  • बालविवाह मानव विकास सूचकको हिसाबले पनि अनुपयुक्त रहेको र त्यसले सामाजिक विकृति, स्वास्थ्य समस्या, शारीरिक विकासमा बाधाजस्ता समस्या हुने गरेको स्थानीय तहले जनाएको । 

४. लमजुङस्थित दोर्दी कोरिडोर प्रसारण लाइन कहिलेदेखि पूर्ण सञ्चालनमा आएको हो ?

 वि.सं. २०७९ चैत २३ 

  • लमजुङको दोर्दी र त्यसका सहायक खोलाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी कोरिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रूपमा सञ्चालनमा आएको ।
  • २०७८ असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चारवटा टावरको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको । 
  • नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेँसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो ।
  • यो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत् आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत्सहित त्यस कोरिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिनेछ ।

५. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कस्थित एक अदालतसमक्ष आत्मसमर्पण कहिले गरेका हुन् ?

 सन् २०२३ अप्रिल ४

  • अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिले अदालतमा आत्मसमर्पण गरेको यो पहिलो पटक हो
  • यसअघि अमेरिकी संसद्ले ट्रम्पविरुद्ध दुई पटक महाभियोग प्रस्ताव ल्याए पनि पारित हुन सकेको थिएन । गत साता अदालतले अभियोगपत्र दर्ता गरेर मुद्दा अगाडि बढाउने निर्णय गरेसँगै ट्रम्प अदालत पुगेका हुन् । 
  • झन्डै १ घण्टा प्रहरी हिरासतमा बसेका ट्रम्पलाई अदालतले आउँदो डिसेम्बरमा अदालतमा उपस्थित हुने गरी जमानतमा रिहा गरेको छ । उनीमाथि ३४ वटा अभियोग लगाइएको छ ।
  • सन् २०१६ को राष्ट्रपतीय निर्वाचनअघि ट्रम्पले पूर्वपोर्नस्टार स्टर्मी डेनियल्ससँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न दिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । यस्तै अवैध रूपमा सम्पत्ति जोडेको, ह्वाइटहाउसबाट महìवपूर्ण कागजात गायब गरेको, चुनावी परिणाम अस्वीकार गर्दै ह्वाइटहाउसमा आक्रमण गराएकोलगायत उनीमाथि ३४ वटा मुद्दा लगाइएको छ । उनले ती आरोपलाई अस्वीकार गर्दै आएका छन् ।
  • आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका ७६ वर्षीय ट्रम्पलाई यसले ठूलो झट्का लागेको छ । 

६. विन्ध्यवासिनी म्युजिक टाइम अचिभमेन्ट अवार्ड, २०७९ बाट सम्मानित हुने कलाकार को हुन् ?

 सङ्गीतकार प्रकाश गुरुङ (पुरस्कार राशि ः रु. १ लाख) 

७. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ

  • सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको ।
  • आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्र लाग्नुपर्ने, वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडललाई अगाडि बढाइने, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धन एवं ठूला कृषि फार्म स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने घोषणापत्रमा जनाइएको । 
  • त्यसैगरी सहकारी सिद्धान्त, मूल्य–मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थामा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायका माध्यमबाट गुणात्मक सहकारी अभियान निर्माणमा प्रतिबद्धतालगायतका विषय घोषणापत्रमा उल्लेख गरिएको । 

८. बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्नेसम्बन्धी सफ्टवेयर प्रणाली सूत्र नेपाललाई कहिले हस्तान्तरण गरेको हो ?

 वि.सं. २०७९ असार ९

  • बेलायत सरकारले स्थानीय तहको वित्तीय तथ्याङ्क व्यवस्थापन गर्ने ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)’ हस्तान्तरण गरेको ।
  • हाल ७५३ वटै स्थानीय तहले खर्च व्यवस्थापनका लागि सोही सफ्टवेयर प्रयोगमा ल्याएका । 
  • नेपाल सरकारले २०७६ वैशाख १७ मा स्थानीय तहलाई सफ्टवेयर प्रयोगमा ल्याउनुपर्ने निर्णय गर्दै प्रणाली स्वीकृत गरेको थियो ।
  • प्रदेश र स्थानीय तहमा आधारभूत बजेटिङ तथा लेखाङ्कन मापदण्डमा आधारित आर्थिक कारोबारको व्यवस्थापन सहज रूपमा गराउने उद्देश्यले विकास गरिएको वेबमा आधारित सफ्टवेयर प्रणालीको मोडल प्रदेश र पालिकाका लागि छुट्टाछुट्टै निर्माण गरिएको जनाइएको ।

९. राष्ट्रिय भूकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ?

 माघ २ गते

  • २०७९ को नारा : भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार
  • नेपालमा वि.सं. १९९० माघ २ मा गएको भूकम्पको स्मरण गर्दै २०५५ देखि यो दिवस मनाउन थालिएको ।

१०. षट्कोणलाई कसको प्रतीकका रूपमा लिइन्छ ?

 सरस्वती 

११. नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?

 सुब्बा कृष्णलाल अधिकारी 

१२. मिटरब्याज पीडितको समस्या समाधान गर्नका लागि छानबिन आयोगको गठन कहिले गरियो ?

 वि.सं. २०७९ चैत २०

  • पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको सदस्यमा उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहनुभएको । 
  • आयोगलाई तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि तोकिएको । 

१३. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)को २०७९ चैत २० मा सम्पन्न १७औँ अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को हुन् ?

 पुरुषतर्फ : प्रिन्स दाहाल र महिलातर्फ : एन्जिला तुम्वापो सुब्बा

  • सर्वश्रेष्ठ दुवै खेलाडीलाई जनही एक÷एक लाख रुपियाँ प्रदान गरिएको ।

वर्ष उत्कृष्ट खेलाडी 

  • पुरुषतर्फ : प्रिन्स दाहाल (ब्याडमिन्टन) 
  • महिलातर्फ : एन्जिला तुम्वापो सुब्बा (फुटबल)

प्रतिभाशाली वर्ष खेलाडी (५०÷५० हजार)

  • महिलातर्फ : चन्चला दनुवार (कराँते) 
  • पुरुषतर्फ : सद्भाव आर्चाय (गल्फ) 

एनएनआईपीए वर्षका उत्कृष्ट खेल

  • पत्रकार : ध्रुव तुलाधार (३५ हजार)
  • गजराज स्मृति आदर्श व्यक्तित्व : खड्कबहादुर रानाभाट (३५ हजार)
  • वर्ष उत्कृष्ट पारा एथ्लिट : शुभेक्षा खतिवडा (१५ हजार)

१४. नेपालमा पहिलो पटक अफलाइनबाटै माटो परीक्षण र कृषि उपजमा लाग्ने रोगको पहिचान गर्नका लागि निर्मित मोबाइल एप कुन हो ?

 साथी

१५. सिंहदरबारमा आगलागी हुँदा नेपालका प्रधानमन्त्री को थिए ?

 कीर्तिनिधि विष्ट

१६. ‘मिसन मुनाल’ केसँग सम्बन्धित छ ?

 भू–उपग्रह

  • नेपाल र थाइल्यान्डका विद्यार्थीद्वारा निर्माण गरिने यो भू–उपग्रह वि.सं. २०८० वैशाखभित्र प्रक्षेपण गर्ने लक्ष्य रहेको ।
  • पहिलो पटक ‘नेपाली स्याट–१’ भूउपग्रह २०७६ वैशाख ४ गते प्रक्षेपण गरिएको ।

१७. ‘बुलेट महाराज’ भनेर कसलाई चिनिन्छ ?

 युवराज त्रैलोक्य 

१८. घोडेजात्राको चलन चलाउने मल्ल राजा को हुन् ?

 जयप्रकाश मल्ल 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 672
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

Open Competitive Written Examination for Assistant Inspector of Armed Police Force (General Group) (2083 Jestha 27)
Past Questions

सशस्त्र प्रहरी सहायक निरीक्षकको साधारण समूह तर्फको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३ जेठ २७)

  • Jun 11, 2026
  • 110
Treaty of Sagauli
Others

सुगौली सन्धि (Treaty of Sagauli)

  • Jun 10, 2026
  • 111
Main Fronts and Commanders of the Anglo-Nepalese War
Others

नेपाल-अंग्रेज युद्धका मुख्य मोर्चाहरू र कमाण्डरहरू

  • Jun 10, 2026
  • 104
Distance from Kathmandu to the capitals of SAARC countries
Others

काठमाडौँबाट सार्क देशका राजधानीहरूको दूरी

  • Jun 10, 2026
  • 63
17th DCine Awards
Current Affairs

१७ औँ डी सिने अवार्ड

  • Jun 10, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA