UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित र UNGA
UNO को ७८ औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित
- संयुक्त राष्ट्र संघको ७८औँ महासभाको अध्यक्षमा डेनिस फ्रान्सिस निर्वाचित भएका छन् ।
- मिति: १ जुन २०२३
- उनी ट्रिनिडाड एड टोबागोका कूटनीतिज्ञ हुन् जसले २०२१ देखि संयुक्त राष्ट्रसंघमा आफ्नो देशको स्थायी प्रतिनिधिको रूपमा सेवा गरिरहेका छन्।
- उनले आगामी सेष्टेम्बरदेखि एक वर्षका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् ।
महासभाका अध्यक्षता गर्ने पछिल्ला व्यक्तिहरु
| ७७ औँ महासभा (२०२२) | सावा कोरोसी | हंगेरी |
| ७६ औँ महासभा (२०२१) | अब्दुल्लाह शाहिद | माल्दिभ्स |
| ७५ औँ महासभा (२०२०) | भोल्का बोज्किर | टर्की |
General Assembly of the United Nations(UNGA)
- यो संयुक्त राष्ट्र संघको छ वटा प्रमुख अंगहरू मध्ये एक हो, जसले संयुक्त राष्ट्र संघको मुख्य विचार-विमर्श, नीति निर्माण, र प्रतिनिधि अंगको रूपमा सेवा गर्दछ।
- बैठक सुरु : प्रत्येक वर्ष सेष्टेम्बर महिनाको तेस्रो मंगलबार
- महासभामा प्रत्येक सदस्य राष्ट्रले पाँचजना प्रतिनिधि पठाउन सक्छन्, तर मतदान भने एकजनाले मात्र गर्न पाउँछ ।
- महासभाको कार्यकाल : एक वर्ष
- पहिलो महासभा : १९४६ जनवरी १०, वेस्टमिन्स्टर सेन्ट्रल हल, लन्डन
- पहिलो महासभाको अध्यक्ष : पल-हेनरी स्पाक (बेल्जियम)
हालसम्म महासभाको अध्यक्षता गर्ने महिलाहरु : ४ जना
| नाम | देश | महासभा संस्करण |
| बिजयालक्ष्मी पण्डित | भारत | ८औँ |
| वाङ्गी ब्रुक्स | लाइवेरया | २४औं |
| हायाद रसद अल खलिफा | बहराइन | ६१औँ |
| मारिया फर्नाण्डा इस्पिनेसा | इ्क्वेडर | ७३औँ |