Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक

  • Prija Shrestha
  • July 19, 2023
  • 358

नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंक : मुलुकको केन्द्रीय बैंक

राष्ट्र बैंक ऐन, २०१२ अनुसार २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंकको स्थापना भएको हो । नेपाल राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक भएकाले यसले मूलत : मुलकको मौद्रिक प्रणालीलाई सञ्चालन र नियमन गर्दछ । यसैले केन्द्रीय बैंकलाई ‘मौद्रिक अधिकारी’ र ‘नियामक निकाय’ पनि भन्ने गरिएको छ । नेपाल राष्ट्र बैंकले नेपाली मुद्राको व्यवस्थापन गर्ने, मौद्रिक नीतिको सञ्चालन गर्ने, सरकारको बैंक तथा बैंकहरूको बैंकका रूपमा भूमिका निर्वाह गर्दै आएको छ । हरेक मुलुकमा एउटा मात्र केन्द्रीय बैंक रहन्छ । यसको अर्थ कुनै पनि मुलुकको मौद्रिक प्रणाली एकै खालको हुने गर्दछ । नेपाल राष्ट्र बैंक नेपालको वित्तीय प्रणालीको नियामक तथा सुपरिवेक्षकीय निकाय हो । नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अघि २००२ सालमा सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको दूरदृष्टि (Vision) र लक्ष्य (Mission) :

दूरदृष्टि (Vision) – आधुनिक, गतिशील, विश्वसनीय एवम्‌ प्रभावकारी केन्द्रीय बैंक

लक्ष्य (Mission) – सबल तथा प्रभावकारी मौद्रिक, विदेशी विनिमय एवम्‌ वित्तीय क्षेत्र नीतिहरूका माध्यमबाट समग्र आर्थिक स्थिरता कायम राख्ने ।

नेपाल राष्ट्र बैंकका उद्देश्यहरू

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ४ मा उल्लेख भएअनुसार नेपाल राष्ट्र बैंकका उद्देश्यहरू यस प्रकार छन्‌:

  • आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नका लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय तीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
  • वित्तीय सेवाको पहुँच अभिवृद्धि र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने,
  • सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने ।

नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकार

नेपाल राष्ट्र बैंक ऐन, २०५८, दफा ५ मा उल्लेख भएबमोजिम नेपाल राष्ट्र बैंकका काम, कर्तव्य र अधिकारहरू यस प्रकार छन्‌ :

  • बैंक नोट तथा सिक्का निष्कासन गर्ने,
  • मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,
  • बिदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने,गराउने,
  • बिनिमय दर पद्धति निर्धारण गर्ने,
  • विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,
  • वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैंकिङ तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारका सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,
  • नेपाल सरकारको बैंकर, सल्लाहकार तथा वित्तीय एजेन्टका रूपमा कार्य गर्ने,
  • वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम क्रणदाताका रूपमा कार्य गर्ने,
  • भुक्तानी, फर्छयाट (क्लियरिङ) तथा हिसाब मिलान (सेटलमेन्ट) पर्द्धातको स्थापना तथा प्रवर्द्धन गरी सो कार्यलाई नियमित गर्ने,
  • तरलता व्यवस्थापनका निमित्त आवश्यक उपकरणका माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,
  • बैंकको उद्देश्य हासिल गर्नका निमित्त बैंकले गर्नुपर्ने अन्य आवश्यक कार्यहरू कार्यान्वयन गर्ने, गराउने

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 37
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 31
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA