नागरिकहरुको दायित्व
सम्बैधानिक दायित्व
- नैपालको संविधानको धारा ४८ मा व्यवस्था भएका नागरिकका कर्तव्य :
- राष्ट्रपति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौम र अखण्डताको रक्षा,
- संविधान र कानूनको पालना,
- राज्यले चाहेको वखत अनिवार्य सेवा,
- सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने ।
- देशको संविधान तथा ऐन कानून प्रति जानकार वन्ने ।
- राज्यद्वारा निर्मित संविधान एवं कानूनको इमान्दारीपूर्वक पालना गर्ने,
- राज्य सञ्चालनका लागि सक्षम प्रतिनिधी छनौट गर्न मतदानमा भाग लिने,
- राज्यलाई तिर्नु पर्ने कर तथा अन्य राजश्व इमान्दारितापूर्वक वुझाइ योग्य नागरिकको पहिचान दिने ।
- आफूनो अधिकार तथा कर्तव्य प्रति सजग रहने |
नैतिक दायित्व र कर्तव्य
- राष्ट्रिय झाण्डा, राष्ट्रिय चिन्ह, राष्ट्रिय गान र राष्ट्रको लागि वलिदान गर्ने सहिदहरुप्रति सम्मान ,
- लोकतान्त्रीक मूल्य र मान्यताको सम्मान गर्ने,
- जनता वृद्धि विनास प्रहरी हुन भन्ने अर्थमा सामाजिक अपराध नियन्त्रणमा सरकालाई सहयोग गर्ने,
- अरुको अधिकारको सम्मान गर्ने,
- समकालिन घटना प्रति सूचित रहने,
- मानव अधिकार प्रति सम्मान गर्ने,
- सबैप्रति समभाव राख्ने,
- वातावरण संरक्षण गर्ने,
- आमाबुवाको सम्मान गर्ने,
- श्रमको सम्मान गर्ने,
- समाजले स्थापित गरेका परम्परागत सकारात्मक मुल्य मान्यताको सम्मान गर्ने ।