Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्थानीय सरकार सञ्चालन ऐन, २०७४

  • Bijeta Kunwar
  • July 23, 2023
  • 1263

स्थानीय सरकार सञ्चालन ऐन, २०७४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागु भएको : बि.सं. २०७४-०६-२९
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेकापरिच्छेद र दफा : परिच्छेद १५ र दफा १२१
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमाना निर्धारण गर्ने : संविधानको घारा २९५ (३) बमोजिम नेपाल सरकारले
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा कति समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने सरकार : प्रदेश सरकार
  • गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोकिने विधि : नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा
  • गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र सङ्ख्या निर्धारण गर्ने संस्था : नेपाल सरकारले
  • बडाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा येती समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
  • कुन क्षेत्रमा नगरपालिका हुन कति जनसङ्ख्या आवश्यक पर्दछ :
    • हिमाली क्षेत्रको हिमाली जिल्लामा: १० हजार
    • हिमाली क्षेत्रको पहाडी जिल्ला तथा पहाडी जिल्लामा: ४० हजार
    • भित्री मधेशका जिल्लामा: ५० हजार
    • तराईका जिल्लाहरुमा: ७५ हजार
    • उपत्यकाका जिल्लाहरुमा: १ लाख
  • उपमहानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : २ लाख
  • महानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : ५ लाख
  • नगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : हिमाली क्षेत्रमा कम्तीमा १ करोड र अन्यमा ३ करोड
  • उपमहानगरपालीका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : २ कम्तीमा २५ करोड
  • महानगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्छ : कम्तीमा १ अर्ब रुपैया
  • नगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : २५ शैया
  • उपमहानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : १ सय शैयाको एक अस्पताल सहित कम्तीमा २ सय शैयाको
  • महानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : विशेषज्ञ सेवा सहितको अस्पताल, १ सय शैयाको एक अस्पताल सहित कम्तीमा ५ सय शैयाको
  • गाउँपालिका तथा नगरपालिका वा सोको क्षेत्रलाई चार किल्ला खोली साँस्कृतिक वा पर्यटकीय क्षेत्र कसले घोषणा गर्न सक्नेछ : प्रदेश सरकारले
  • गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार सूची संविधानको कुन अनुसूचीमा व्यवस्था गरिएको छ : अनुसूची ८
  • स्थानीय तहले कति बाटसम्मको एफ. एम रेडियो सञ्चालन अनुमति, नविकरण, नियमन र खारेजी गर्दछ : एक सय बाटसम्म
  • कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था गरेको नियमावली कसले स्वीकृत गर्छ : सम्बन्धित कार्यपालिकाले
  • कार्यपालिकाले बनाएको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले कति दिन भित्र प्रदेश तथा नेपाल सरकारमा पठाउनु पर्छ : १५ दिनभित्र
  • सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता कसले गर्दछ : अध्यक्ष वा प्रमुखले
  • अध्यक्ष बा प्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • वन सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
    • सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने र गराउने,
    • वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
    • सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,
    • सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
    • कार्यपालिकाकको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
    • उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
    • गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र
      आम्दानी, खर्च, हिसाव र अन्य कागजपत्र सुरक्षित राख्न लगाउने,
    • सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने लगायतका अन्य कार्यहरु |
  • स्थानीय न्यायिक समितिको संयोजक भई कसले कार्य गर्दछ : उपाध्यक्ष वा उपप्रमुखले
  • उपाध्यक्ष बा उपप्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • चन न्यायिक समितिको संयोजक भई कार्य गर्ने,
    • अध्यक्ष बा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,
    • गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने,
    • उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,
    • योजना तथा कार्यकमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,
    • सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने,
    • सात दिनभन्दा बढि समय गाउँपालिका बा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी गराउने,
    • सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।
  • स्थानीय कार्यपालिकाका सदस्यहरुको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • वन कार्यपालिकाको बैठकमा भाग लिने,
    • अध्यक्ष वा प्रमुखले तोकेका विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएका कार्य गर्ने,
    • सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी दिने, लगायत कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।
  • कार्यपालिकाको बैठक कति संमयमा बस्नुपर्ने व्यवस्था रहेको छ : महिनाको एक पटक
  • कार्यपालिकाले आफुलाई प्राप्त केही अधिकार प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ
  • गाउँसभाको तथा नगरसभाको बैठक सामान्यतया वर्षमा कति पटक बस्ने गर्दछ : २ पटक
  • गाउँसभा तथा नगरसभाको बैठक कसले बोलाउने गर्दछ : अध्यक्ष वा प्रमुखले
  • सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कति प्रतिशतभन्दा बढि सदस्यहरु उपस्थित भएमा बैठकका लागी गणपूरक संख्या पुगेको मानिन्छ : ५० प्रतिशतभन्दा वढि
  • सभाको बैठकको निर्णय कसले पारित गर्दछ : अध्यक्षता गर्ने व्यक्तिले
  • गाउँसभा तथा नगरसभाको सचिव भई कसले काम गर्दछ : प्रमुख प्रशासकीय अघिकृत
  • गाउँसभा तथा नगरसभामा पेश भएको बिधेयक सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतले पारित गरेमा कति दिनभित्र अध्यक्षले प्रमाणीकरण गर्दछ : १४ दिनभित्र
  • कसको पूर्व स्वीकृत नलिई भवनका लागी जग्गाको खण्डीकरण र प्लटिङ्ग गर्न पाइदैन : गाउँपालिका तथा नगरपालिका

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA