समानुपातिक प्रतिनिधित्वको परिचय, महत्त्व, प्रकार र समस्याहरू
समानुपातिक प्रतिनिधित्व परिचय
- देशका सबै वर्ग जातजातिहरूले सङंख्याको आधारमा राज्य संरचनाको सबै तहमा सहभागी हुन पाउने व्यवस्थालाई समानुपातिक प्रतिनिधित्व भनिन्छ । अल्पसङ्ख्यक, सीमान्तकृत एवं बहिष्कारमा परेका समुदायलाई राज्य निर्माणको मुलधारमा ल्याउने उपयुक्त माध्यम हो |
- “No taxtation without representation” भन्ने मान्यतालाई समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको रूपमा लिईन्छ । मुलतः यो अवधारणा राजनीतिक र निर्वाचन क्षेत्रसँग सम्बन्धित रहेको छ । नेपालमा पहिलोपटक संविधान सभा निर्वाचन २०६४ मा समानुपातिक प्रतिनिधित्वको अवधारणलाई प्रयोग गरिएको हो |
समानुपातिक प्रतिनिधित्वको महत्त्व
- प्रतिनिधिमूलक शासन प्रणाली कायम गर्न
- अल्पमतको उचित प्रतिनिधित्व हुन्छ
- निरकुशता र स्वेच्छाचारीताको अन्त्य गर्न
- समावेशी लोकतन्त्र मजवुत बनाउन
- जुतिपुर्ण निर्वाचन प्रणालीमा सुधार गर्न
- विविधताको व्यवस्थापन गर्न
- मतको सदुपयोग हुने
- दवन्दव व्यवस्थापनमा सहज हुने
समानुपातिक प्रतिनिधित्वको प्रकार
सुचीमा आधारित
- सम्पूर्ण देशलाई एउटा निर्वाचन क्षेत्र कायम गरिने
- व्यक्ति नभई राजनीतिक दललाई मतदान गरिने
- देशभरबाट खसेको मतलाई एकै ठाउँमा सङ्कलन गरिन्छ,
- प्राप्त गरेको मतको आधारमा सुचीमा रहेका उम्मेदवारहरु निर्वाचित भएको घोषणा गरिन्छ ।
एकल संक्रमणीय मत प्रणाली
- निर्वाचनमा मतदाताले आफ्नो मत प्राथमिकताका आधारमा दिने र सोही आधारमा उम्मेदवारको छनोट हुने प्रणाली नै एकल संक्रमणीय मत प्रणाली हो ।
- यसमा सबैभन्दा धेरै मत ल्याउने उमेदवारको बढी भएको मत अन्य उम्मेदवारमा वितरण गरिन्छ ।
समानुपातिक प्रतिनिधित्वका समस्याहरू
- दलिय भागवण्डा हुने
- निर्णय प्रक्रियामा अवरोध
- सरकारको स्थायित्व हुन नसक्ने
- राष्टिय एकता स्थापना गर्न कठिनाइ
- साम्प्रदायिक भावनाले प्रश्रय पाउने
- प्रतिनिधि र मतदाता बिच सम्पर्कमा कठिनाइ
- Hung Parliament को अवस्था रहने
- निर्वाचित भन्दा मनोनीत पद्धति हाबी हुन सक्ने,
- कतिपय अवस्थामा अल्पमतको हाली मुहाली रहन सक्ने,