Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुटनीतिक नियोग – राजदूतावास

  • Bijeta Kunwar
  • July 27, 2023
  • 359

कुटनीतिक नियोग – राजदूतावास

कुटनीतिक नियोग – राजदूतावास

कुटनीतिक नियोग

अन्तर्राष्ट्रिय सम्बन्धलाई विकास र विस्तार गर्न र आपसी सहयोग आदानप्रदान गर्न औपचारिक रूपमा देशको प्रतिनिधित्व गरेर अर्को देशमा रहेको संस्थालाई कुटनीतिक नियोग भनिन्छ ।

अर्को देशमा रहेका राजदूतावास, महावाणिज्य दूतावास, संयुक्त राष्ट्र सङ्घस्थित स्थायी नियोग जस्ता विदेशी भूमिमा दोहा स्थित नेपाली राजदूतावास सरकारको प्रतिनिधित्व गर्ने संस्थाहरू नै कुटनीतिक नियोग हुन्‌ ।

कुटनीतिक नियोगमा सम्बन्धित देशका राजदूत र उनलाई सहयोग गर्ने अन्य कर्मचारीहरू रहेका हुन्छन्‌ ।

विदेशी मुलुकहरूसँग औपचारिक रूपमा सूचनाहरू आदानप्रदान गर्दा यिनै राजदूतमार्फत गरिन्छ ।

यस्ता कुटनीतिक नियोगहरू प्रायः राजधानीमा अवस्थित रहन्छन्‌ ।

राजदूतावास

राजदूतावास एक उच्च स्तरीय कुटनीतिक नियोग हो । हाम्रो देशमा ३० विदेशी राष्ट्रहरूले राजदूतावास खोलेका छन्‌ । हाम्रो देशले पनि २६ ओटा देशहरूमा राजदूतावास खोलेको छ । निम्नलिखित विदेशी राष्ट्रहरूले नेपालमा राजदूतावास खोलेको छ:

१.अस्ट्रेलिया

२.बङ्गगलादेश

३.बेल्जियम

४.चीन

५. डेनमार्क

६.इजिप्ट

७.फ्रान्स

८.जर्मनी

९.भारत

१०.इजरायल

११.जापान

१२. दक्षिण कोरिया

१३. म्यानमार

१४. मलेसिया

१५. पाकिस्तान

१६. कतार

१७. रुस

१८.साउदी अरब

१९. श्रीलङ्का

२०.थाइल्यान्ड

२१. संयुक्त अरब इमिरेट

२२. संयुक्त राज्य अमेरिका

२३.क्यानाडा

२४. कुवेत

२५. बहराइन

२६.ब्राजिल

२७. ओमन

२८. दक्षिण अफ्रिका

२९. संयुक्त अधिराज्य

३०.स्पेन

नेपालले निम्नलिखित राष्ट्रहरूमा राजदूतावास खोलेको छ :

१. अस्ट्रेलिया

२. बङ्गलादेश

३. चीन

४. फिन्ल्याण्ड

५. डेनमार्क

६.इजिप्ट

७ फ्रान्स

८ जर्मनी

९.भारत

१०. इजरायल

११. जापान

१२. दक्षिण कोरिया

१३.म्यानमार

१४. मलेसिया

१५. पाकिस्तान

१६. उत्तर कोरिया

१७. रुस

१८.साउदी अरब

१९. श्रीलङ्का

२०. थाइल्यान्ड

२१. नर्वे

२२. संयुक्त राज्य अमेरिका

२३.स्विजरल्यान्ड

२४.कतार

२५. ब्राजिल

२६. संयुक्त अधिराज्य

  • यस्ता राजदूतावास खोल्नका लागि राष्ट्रहरूका बिच व्यापार सम्बन्ध, नागरिकको भ्रमण र शक्ति सन्तुलन आदि जस्ता कुराले प्रभाव पार्दछ । विभिन्न देशहरूमा रहेको हाम्रो राजदूतावासहरूले सम्बन्धित देशमा रहेका नेपालीहरूको सुरक्षा, उनीहरूको गुनासो व्यवस्थापन र समस्याको समाधान गर्ने काम गर्दछ । त्यसैगरी उक्त देशबाट नेपाल घुम्न आउने नागरिकहरूलाई प्रवेशाज्ञा (४59) दिने काम गर्दछ । नेपालका उच्च पदस्थ व्यक्ति जस्तै राष्ट्रपति, प्रधानमन्त्री मन्त्रीहरू आदिका भ्रमणको व्यवस्थापन गर्दछ । दुई देशबिचमा आपसी सन्धि सम्झौताहरू हुने क्रममा छलफललाई अगाडि बढाउन काम पनि गर्दछ । त्यसैगरी नेपालस्थित विदेशी राजदूतावासहरूले पनि यस्तै खालका कामहरू गर्दछ।
  • कुनै राष्ट्रहरूका बिचमा नजिकको सम्बन्ध राख्न आवश्यक नदेखिएको तर सम्बन्ध राख्न इच्छा रहेको अवस्थामा काउन्सिलको स्थापना गरिन्छ । जस्तै नेपालमा क्यानडाको राजदूतावास छैन तर काउन्सिलमात्रै छ । भारतस्थित राजदूतावासले नै काउन्सिलको सहायतामा नेपालमा काम गर्दछ । त्यस्तैगरी कुनै राष्ट्रसँग व्यापारिक सम्बन्ध स्थापित गर्नुपर्ने आवश्यकता भएमा महावाणिज्य दूतावासको स्थापना गरिन्छ । विभिन्न तहमा खोलिएका कुटनीतिक नियोगहरूले अर्कौ देशमा रहेर काम गर्दा कूटनीतिक मूल्य, मान्यता र मर्यादाभित्र रहेर देशको प्रतिनिधित्व गर्नुपर्दछ अन्यथा अर्को देशको स्वाभिमानमा आँच पुग्न सक्छ र यस्तो अवस्थामा दुई देशबिचको सम्बन्ध बिग्रन सक्छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA