सामाजिक सुरक्षाको परिचय
समाजका प्रत्येक व्यक्तिलाई स्वतन्त्रपूर्वक समाजमा बाँच्न पाउने, सामाजिक क्रियाकलापमा सम्मानपूर्वक संलग्न हुन सक्ने र निर्वाध रुपमा सामाजिक बस्तुको उपयोग गर्न सक्ने अवस्थाको सृजना गर्ने कार्यलाई सामाजिक सुरक्षा भनिन्छ ।
- सामाजिक सुरक्षा सामाजिक संरक्षणको एउटा पाटो हो ।
- सामाजिक सुरक्षाले मानव अधिकारको प्रवर्धन गर्ने कार्य गर्दछ ।
- राज्य र नागरिक बीचको सुसम्बन्ध स्थापना गर्ने कार्य सामाजिक सुरक्षाले गर्दछ ।
- सामाजिक सुरक्षाको आधुनिक अवधारणाको विकास तत्कालिन अमेरिकी राष्ट्रपति रुजवेल्टले
गरेका हुन् ।
नेपान्रमा सामाजिक सुरक्षामा रहेका समस्याहरु
सामाजिक सुरक्षाको सम्बन्धमा नेपालमा रहेका समास्याहरुलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- राज्य र सरोकारवालाहरुको प्राथमिकतामा नपर्नु
- निरन्तरताको अभाव रहनु
- वित्तिय दिगोपनाको अभाव रहनु
- जोखिम तथा संकटमा रहेका व्यक्तिहरुको लेखाजोखा नहुनु
- मुलुकको आर्थिक अवस्था कमजोर रहनु
- सबै क्षेत्रका लक्षित समुहहरुलाई समेट्न नसक्नु
- नीति र कार्यक्रम स्पष्ट नहनु
- लक्षित समुहको पहिचान हुन नसक्नु
- राज्यको क्षमताको मूल्याङ्कन नगरी लोकप्रियताको लागि ल्याईनु
- समन्वयको अभाव रहनु