राज्यको संरचना र नेपालको संविधानमा राज्यको संरचना सम्बन्धमा व्यवस्था
राज्यको संरचना
शासन सञ्चालनमा सहजता हासिल गर्ने उद्देश्यले राज्यलाई विभिन्न राजनीतिक ईकाईहरुमा विभाजन गर्ने कार्यलाई राज्यको संरचना भनिन्छ। राज्यको संरचना राज्यको स्वरुप हो | राज्यको संरचनाले शासकीय क्रियाकलापहरुलाई व्यवस्थित रुपमा संचालन गर्न मद्दत गर्दछ । नेपालको वर्तमान संविधानको धारा ५६ मा राज्यको संरचना बारे उल्लेख गरिएको
छ। राज्यको संरचना सम्बन्धी संबैधानिक व्यवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।
- नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने,
- नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने,
- नेपालमा ७७ वटा जिल्लाहरु कायम रहने,
- स्थानीय तह अन्तर्गत गाँउपालिका, नगरपालिका र जिल्ला सभा रहने,
- संघीय कानून बमोजिम विशेष, संरक्षित वा स्वायक्त क्षेत्र कायम गर्न सकिने,
- संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता,भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वागीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने,
अत : राज्यको तह एवं स्वरुप नै राज्यको संरचना हो । राज्यको संरचना सम्बन्धमा नेपालको संविधानमा माथि उल्लेख भएबमोजिमका व्यवस्थाहरु रहेको पाईन्छ ।