नियमावली र नियमावली बनाउने तरिका,ऐन र नियम बीच भिन्नता
नियमावली परिचय
- प्रत्यायोजित अधिकारको प्रयोग गरी अन्य कार्यकारी निकायहरुले बनाउने कानूनलाई नियम भनिन्छ।
- कानून व्याख्या सम्बन्धी ऐन, २०१० को ठफा २(ङ) अनुसार “यो शब्दले कुनै ऐनले दिएको अख्तियारको प्रयोग गरी बनाएको नियम सम्झिनुपर्छ तथा कुनै ऐन अन्तर्गत न्ियम सरह बनाएको विनियम समेतलाई जनाउँछ।”
- बिधायिकाले बनाएको ऐनको अधिनमा रही कार्यपालिकाले बनाएको कानूनलाई नियमको रुपमा बुझिन्छ ।
- नियम बनाउँदा सारवान विषयहरु ठण्ड, सजाय, जरिवाना जस्ता पक्षहरु तोकिदैन ।
- नियमलाई संसदबाट नभई मन्त्रिपरिषद्बाट स्विकृत गरि लागू गरिन्छ।
- नियमलाई राजपत्रको भाग ३ मा प्रकाशित गरिन्छ ।
- ऐन सँग बाझिने गरी निर्माण भएको नियम बदरभागी हुन्छ।
- कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संबैधानिक निकाय र सार्वजनिक स्वायत्त संस्थालाई नियम बनाउन सम्ने व्यवस्था रहेको छ ।
नियम बनाउने तरिका
नियम बनाउने तरिकालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।
- ऐनले प्रदान गरेको अधिकार अन्तर्गत रही सम्बन्धित मन्त्रालयले नियमावलीको मस्यौदा तयार गर्दछ।
- मन्त्रिस्तरको निर्णय गरी सहमतिका लागि कानून मन्त्रालयमा मस्यौदा सहितको सक्कल फाईल पठाईन्छ।
- कानून मन्त्रालयले सो फाईल प्राप्त भएपछि जाँच तथा परिमार्जन गरी तर्जुमा सहमति प्रदान गर्दछ ।
- कानून मन्त्रालयबाट सहमति प्राप्त भएपछि सम्बन्धित मन्त्रालयबाट स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश हुन्छ।
- मन्त्रिपरिषबाट स्वीकृति हुन्छ।
- त्यसपछि राजपत्रमा प्रकाशित हुन्छ।
- तत्पश्चात् नियमावलीको लागु गरिन्छ ।
ऐन र नियम परिचय
व्यवस्थापिकाले बनाउने कानून नै ऐन हो | ऐनले प्रत्यायोजित गरेको अधिकार अन्तर्गत बनाईने कानून नै नियम हो । दुवैले समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दछन् ।
ऐन र नियम बीच भिन्नता
| क्र.सं | ऐन | नियम |
| १ | ऐन विधायिकादवारा निर्माण गरिन्छ । | नियम विधायिका,कार्यापालिका,न्यायापालिक, स्वायक्त निकाय लगायतका क्षेत्रदवारा निर्माण गरिन्छ। |
| २ | यसमा सारवान प्रावधान राखिन्छ । | यसमा सारवान प्रावधान राखिँदैन |
| ३ | यसले दण्ड सजायको निर्धारण गर्दछ । | यसले ठण्ड सजायको निर्धारण गर्दैन। |
| ४ | ऐन जुनसुकै विषयमा पनि बन्न सक्तछ। | यो ऐनले निर्दिश्ट गरेको विषयमा मात्र बन्दछ । |
| ५ | ऐनमा रहेका प्रावधानहरुलाई दफा भनिन्छ । | नियमावलीमा रहेका प्रावधानहरुनाई न्रियम भनिन्छ । |
अतः ऐन र नियमावली दुई फरक विषय हुन् । यी दुई बीच विभिन्न आधारमा भिन्नता रहेका छन् ।