Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • August 02, 2023
  • 314

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. मिस प्लस टु नेपाल–२०२३ को उपाधि कसले जित्नु भयो ?

 शिक्षा राणा

– उहाँले बेस्ट पर्सनालिटीको उपाधि पनि प्राप्त गर्नुभएको थियो ।

– प्रतियोगितामा याङसी दावा लामा फस्ट रनर अप एवं विशाखा श्रेष्ठ सेकेन्ड रनरअप हुनु भयो । 

२. हालै सैन्य ‘कु’ भएको अफ्रिकी मुलुक कुन हो ?

 नाइजर

– कर्णेल मेजर अमाडो अब्द्रामानेले नाइजरको राष्ट्रिय टेलिभिजनबाट सैन्य विद्रोह सफल भएको घोषणा गरे । उनले सोही घोषणामार्पmत संविधान विघटन गरेको जनाए ।

– सेनाले त्यहाँका राष्ट्रपति मोहम्मद बाजुमलाई नियन्त्रणमा लिएको छ ।

– भूपरिवेष्टित मुलुक नाइजर सन् १९६० मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएको थियो । स्वतन्त्र भएयता त्यहाँ यसअघि चार पटक सैन्य ‘कु’ भइसकेको छ । 

३. रोमन म्यागासेसे पुरस्कार २०२२ बाट सम्मानित हुने व्यक्तित्व को को हुन् ?

 गेरी बेन्चेघिब (इन्डोनेसिया), बर्नाडेट्टे जे. मेड्रिड (फिलिपिन्स), तादासी हातोरी (जापान), सोथिरा छिम (कम्बोडिया)

४. संयुक्त राष्ट्रसङ्घमा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

 रुस 

५. बुद्ध सर्किटका रूपमा कुन–कुन क्षेत्रको विकास गरिँदै छ ?

 लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर

६. प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

 भीमशमशेर

७. काठमाडौँ महानगरपालिकाले कहिलेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय गरेको हो ?

 विसं २०८० साउन १

– महानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला, प्लास्टिकको पुष्पगुच्छा र मालाको उत्पादन, आयात र बिक्रीवितरणमा रोक लगाएको छ ।

– यसको प्रभावकारी कार्यान्वयनका लागि माइक्रोन मापन मेसिनसहित महानगर प्रहरीले अनुगमन गर्ने छ ।

– यसअघि विसं २०७२ वैशाख १ गतेदेखि लागु हुने गरी ४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा प्रतिबन्ध लगाइएको थियो । भूकम्पलगायत विविध कारणबाट कार्यान्वयन हुन नसकेपछि सो नियम पुनः व्युँताएर कार्यान्वयनमा ल्याउन लागिएको हो ।

– गत वर्ष साउन २८ मा सर्वोच्च अदातलले ४० माइक्रोनभन्दा कमका प्लास्टिकमा प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएलगत्तै वन तथा वातावरण मन्त्रालयले सोसम्बन्धी कार्यविधि तयार गरेको थियो तर यो नियम कार्यान्वयन हुन सकेको थिएन ।

८. सरकारले सर्वप्रथम राष्ट्रिय गौरवका आयोजना कहिले घोषणा गरेको हो ?

 आर्थिक वर्ष २०६८/६९ 

– पहिलो पल्ट आव २०६८/६९ मा १७ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरिएको हो ।

– सोपश्चात् २०७०/७१ मा चार, २०७५/७६ मा एक, २०७६/७७ मा एक र २०७७/७८ मा एक आयोजना थपिएसँगै राष्ट्रिय गौरवका आयोजनाको सङ्ख्या २४ पुगेको छ ।

९. दोलखामा निर्मित सुरुङ मार्गको लम्बाइ कति रहेको छ ?

 ११०० मिटर

– दोलखाको लामाबगरमा निर्माणाधीन लप्ची जलविद्युत् आयोजना (१६० मेवा) को पहुँच मार्ग निर्माणका लागि सो सुरुङ मार्ग निर्माण गरिएको हो । 

– विसं २०७९ माघमा सुरुङमार्ग छिचोल्ने कार्य सम्पन्न भयो ।

– तामाकोशी नदीको सहायक नदीका रूपमा रहेको लप्ची खोलामा निर्माण गर्न थालिएको सो आयोजनास्थलसम्म पुग्न स्थल मार्गबाट सहज नभएका कारण सुरुङ मार्ग निर्माण गरिएको हो ।

१०. नेपाली वैज्ञानिकको सूची कुन निकायद्वारा गरिएको हो ?

 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)

– नास्टद्वारा पहिलो पटक विज्ञान तथा प्रविधिको क्षेत्रमा विद्यावारिधि गरेका वैज्ञानिकको सूची तयार पारिएको छ । आठ सयभन्दा बढी नेपाली वैज्ञानिकको नाम समेटिएको यस सूचीलाई ‘हु इज हु’ नामकरण गरिएको छ ।

– विषयगत विज्ञता एवं उनीहरूले गरेका कामको जानकारी दिने उद्देश्यले यो सूची प्रकाशन गरिएको हो ।

११. पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

 विसं २०६४

१२. विश्व प्रतिस्पर्धात्मक सूची २०२३ मा प्रथम स्थानमा रहेको राष्ट्र कुन हो ? 

 डेनमार्क

१३. सेभेन रिला लेक्स कहाँ पर्दछ ?

 बुल्गेरिया 

– रिला माउन्टेन पर्वत श्रेणीमा पर्ने यो सात वटा हिमतालको समूह हो ।

– २,१०० मिटरदेखि २,५०० मिटर उचाइमा यी ताल अवस्थित छन् : 

१) द टियर (सबैभन्दा सानो)

२) द आई

३) द किड्नी

४) द ट्विन (सबैभन्दा ठुलो)

५) द टे«फोइल

६) फिस लेक

७) द लोवर लेक

– रमणीय यो ठाउँ पर्यटकका लागि आकर्षक 

गन्तव्य बनेको छ । 

१४. सिम्बायोटिक लिङ्क भन्नाले भूराजनीतिक रूपमा कुन क्षेत्रलाई वुझिन्छ ?

 इन्डो–प्यासिफिक 

१५. कुन स्थानीय तहले थारू समुदायको परम्परागत भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता दिएको छ ?

 कैलारी गाउँपालिका (कैलाली)

– भलमन्सालाई व्यवस्थित, मर्यादित तथा समुदायप्रति जिम्मेवार बनाउने गरी गाउँपालिकाले कानुनी मान्यता (विसं २०७८ मा) दिएको हो ।

– गाउँ सभाको नवौँ अधिवेशनले कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन पारित गरेको छ । भलमन्साको काम, कर्तव्य र अधिकार सो ऐनमा तोकिएको छ । गाउँपालिकाले बनाएको ऐनले कानुनको अधीनमा रहेर झैझगडा मिलाउने, पीडितले न्यायका लागि अनुरोध गरेमा गाउँमा छलफल गराउने, मेलमिलापका लागि सहजीकरण गर्ने, विवाद मिलाउँदा कानुन अनुसार क्षतिपूर्ति भराउन सक्ने अधिकार पनि भलमन्सालाई प्रदान गरेको छ ।

– भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको प्रथा हो । थारू समुदायमा हरेक माघमा समुदायका व्यक्तिहरूले गाउँका मुखियाका रूपमा भलमन्सा चयन गर्छन् । यो प्रथा अनुसार भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि चयन हुन्छ । 

– अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने, चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने तथा गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी सम्हाल्ने परिपाटी रहेको छ ।

१६. राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के हो ?

 देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने 

– नेपालमा पहिलो पटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजना अन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्न लागिएको । यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहजता हुुने विश्वास गरिएको छ । 

– प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभाग जस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्याङ्क राखिने छ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानको व्रmममा रहेकोसमेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको छ ।

१७. नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबिच सुगौली सन्धि कहिले भएको हो ?

 सन् १८१६ मार्च ४ 

– सो सन्धिको धारा ५ ले पश्चिममा काली नदीलाई सीमा तय गरेको हो ।

– नेपालका लागि तत्कालीन ब्रिटिस रेजिडेन्ट (राजदूत) एडवार्ड गार्डनरलाई इस्ट इन्डिया कम्पनी सरकारका कार्यवाहक चिफ सेक्रेटरी जे. आडमले सन् १८१७ फेब्रुअरी ४ मा कालीपूर्वको भूमि नेपालको हो भनी स्वीकार गरिएको पत्रमा उल्लेख भएको । ‘कालीपूर्वको भूमिमा अहिले पनि ब्रिटिस सरकारको नियन्त्रण रहेकोमा चौतारिया बम शाहले आपत्ति जनाएको भनी तपाईंले लेख्नुभएको पत्रको जवाफ दिने निर्देशन आए अनुसार यो पत्र लेख्दै छु’ भनी चिफ सेक्रेटरी जे. आडमले सो कुरा उक्त पत्रमा उल्लेख गरेका छन् ।

– साथै नेपालस्थित राजदूतलाई पत्र पठाएको दुई सातापछि इस्ट इन्डिया कम्पनीका तत्कालीन कार्यवाहक मुख्य सचिव आडमले २२ मार्च १८१७ मा कुमाउका कार्यवाहक कमिस्नर जी. डब्लु. एस्करलाई पत्र पठाएका र सो पत्रमा उनले ‘सुगौली सन्धिका व्यवस्था र भावना अनुसार कालीपूर्वको भूभाग नेपालको हो भन्नेमा कुनै शङ्का नरहेकाले सो क्षेत्रमा नेपाल सरकारको दाबीलाई स्विकार्ने गभर्नर जनरलको निर्णय भएकाले सोहीबमोजिम हस्तान्तरण गर्न तपाईंलाई निर्देशित गरिन्छ’ भनी उल्लेख गरेका छन् ।

– यी दुवै पत्र ब्रिटिस म्युजियम लाइब्रेरीमा सुरक्षितरहेका छन् ।

प्रस्तुतकर्ता : टङ्क केसी

Source : Gorkhapatra

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 32
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 35
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA