Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

  • Ajnabee Khadka
  • August 28, 2023
  • 3611

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

परिचयः देशको सार्वभौम सत्तालाई राजनीतिक रुपमा गरिएको विभाजन नै राजनीतिक भूगोल हो । नेपालको संविधान कार्यान्वयन पश्चात् नेपाल केन्द्रकृत शासनबाट संघीय लोकतान्त्रिक शासन पद्धतिमा रुपान्तरण भएको छ र यसको भूगोल राजनीतिक रुपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ । एउटा संघ , ७ प्रदेश र ७५३ स्थानीय तहले नेपालको राजनितिक भुगोललाई दर्शाउँदछ ।

संघ:
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रुपमा
रहने संघीय तहलाई संघका रुपमा परिभाषित गरिएको छ ।

संघीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा संघको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र  संघीय कानून बमोजिम हुनेछ ।

त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९ बमोजिमको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि संघ मार्फत हुने गर्दछ । साथै अविशिष्ट अधिकारको प्रयोग संघीय सरकारले गर्ने व्यवस्था गरेको छ ।

प्रदेश:
संविधान बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुपलाई प्रदेशका रुपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्न बमोजिम संक्षिप्त चर्चा गरिएको छ ।

प्रदेश नं १
यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन् । प्रदेश नं १ मा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् ।

प्रदेश नं. १ को कुल क्षेत्रफÞल २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६०५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ व.कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगरमा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ९,९२,४४५ परिवार संख्या छ भने कुल जनसंख्या ४५,३४,९४३ (पुरुष २१,६६,५३६ र महिला २३,६८,४०७ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।

प्रदेश नं. २
यस प्रदेशको पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । प्रदेश नं २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ व.कि.मि.) हुन् । यस प्रदेशको राजधानी जनकपुरमा रहेको छ ।

यस प्रदेशमा कुल जनसंख्या ५४,०४,१४५ छ, जसमा पुरुषको संख्या २७,१७,९३८ र महिलाको संख्या २६,८६,२०७ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जातिहरुको बसोबास रहेको छ, भने मैथली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा बोलिन्छन् ।

बागमती प्रदेश
यस प्रदेशको पूर्वतर्फ प्रदेश १, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश २ र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं गरी १३ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५) । यस प्रदेशको ठूलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी हेटौंडामा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा १२,७०,७९७ परिवार संख्या छ भने कुल जनसंख्या ५५,२९,४५२ (पुरुष २७,४७,६३३ जना र महिला २७,८१,८१९ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा तामाङ, ब्राम्हण, क्षेत्री, नेवार लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रुपमा बोलिन्छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र प्रदेश ५, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश ५ र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।
गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व गरी ११ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला गोर्खा (३,६१० व.कि.मि.) र सानो जिल्ला
पर्वत (४९४ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी पोखरामा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ५,७८,२१९ परिवार संख्या छ भने कुल जनसंख्या २४,०३,७५७ (पुरुष १०,९०,८०८ र महिला १३,१२,९४९ जना) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

प्रदेश नं ५
यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ । प्रदेश नं ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २२,२८८ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १५.१४५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला दाङ (२,९५५ व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ व.कि.मि.) रहेका छन् ।

रुपन्देहीको बुटवल यस प्रदेशको अस्थायी राजधानी हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ८,८५,२०३ परिवार संख्या छ भने कुल जनसंख्या ४४,९९,२७२ (पुरुष २१,४०,३१६ र महिला २३,५८,९५६ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमान लगायतका जातिहरुको बसोबास छ भने नेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र प्रदेश ५ पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ प्रदेश ५, सुदूरपश्चिम प्रदेश रहेको छ ।
कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २७,९८४ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १९.०१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) रहेका छन् ।

यस प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा २,९८,३५९ परिवार संख्या छ भने कुल जनसंख्या १५,७०,४१८ (पुरुष ७,६७,९२३ र महिला ८,०२,४९५ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र प्रदेश नं. ५, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, र कैलाली गरी ९ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफल १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.) रहेका छन् ।

यस प्रदेशको राजधानी कैलालीको गोदावरीमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ४,६९,९७१ परिवार संख्या छ भने कुल जनसंख्या २५,५२,५१७ (पुरुष १२,५२,५१७ र महिला १३,३४,६३० जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, ठकुरी, थारु जातिहरुको बसोबास रहेको छ भने डोटेली, खस, थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।

स्थानीय तह:
नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जस अनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका
४६० रहेका छन् ।

नेपालको राजनीतिक विभाजनका केही तथ्यहरू:

  • भूगोलको आधरमा नेपालको राजनीतिक विभाजनको विकसक्रमलाई हेर्दा प्रशासनिक तथा विकासका कार्यमा सहजता ल्याउन नेपालको भूगोललाई विभिन्न कालखण्डमा विभिन्न राजनीतिक एकाईमा विभाजन गरिएको पाइन्छ । भूगोलको राजनीतिक विभाजन अनुरुप नै नेपालको प्रशासनिक विभाजन पनि गरिएको पाइन्छ । नेपालको राजनीतिक भूगोलको आधारमा नेपालको विभाजनको विकासक्रमलाई समय–समयमा परिवर्तन गर्दै लगिएको पाइन्छ ।
  • प्राचीनकालमा किराँतकालहरुको थुम, लिच्छवीकालको विषय, ग्राम, तल र द्रंगहरुमा विभाजित थियो ।
  • श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहको पालामा १२ क्षेत्रमा गोरखा, सिन्धुपाल्चोक, सल्यान, धादिङ समेत नुवाकोट, दोलखा, लामिडाँडा, काभ्रेपलाञ्चोक, मकवानपुर, विजयपुर, चौदण्डी, माझ किराँत र पल्लो किरातमा विभाजन गरिएको थियो ।
  • नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो ।
  • नेपालमा राणा शासन वि.स. १९०३ देखि वि.स. २००७ सालसम्म १०४ वर्षसम्म चलेको थियो यो समया नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो ।
  • वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ तहसिल गरी विभाजन गरिएको थयो ।
  • राणा शासनको पहिलो प्रधानमन्त्री जंगबहादुर राणा हुन भने अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणा हुन ।
  • नेपालमा राणा शासन वि.सं. २००७ सालमा हटेसँगै वि. सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो ।
  • नेपाललाई वि. स. २०२९ साल असार १३ गते मुलुकको समानुपातिक विकास गर्ने उद्देश्यका साथ ४ विकास क्षेत्रमा विभाजन गरियो ।
  • वि.सं. २०३७ असोज २६ गते सुदुर पश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राई मध्य पश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ विकास क्षेत्र बनाइएको थियो ।
  • नेपाली जनताका प्रतिनिधीले आफैले बनाएको पहिलो संविधान तथा नेपालको सातौ संविधान २०७२ असोज ३ गते जारी भएसँगै नेपाल संघिय राज्यमा परिवर्तन भई मुलुकलाई ७ प्रदेशमा विभाजन गरी ७७ जिल्ला बनाइयो ।
  • वि.सं. २०७४ भदौ ५ गते नवलपरासी र रुकुम जिल्लालाई विभाजन गरी ७७ जिल्ला बनाइएको हो ।
  • नवलपरासीको बर्दघाट सुस्ता पूर्व भित्री मधेशको जिल्ला, गण्डकी र नवलपरासी बर्दघाट पश्चिम तराईको जिल्ला प्रदेश नं. ५ साथै रुकुमलाई रुकुम पूर्व हिमाली जिल्ला प्रदेश नं. ५ र रुकुम पश्चिम पहाडी जिल्ला कर्णाली प्रदेश गरी विभाजन गरियो ।
  • हाल वर्तमान समयमा नेपालमा हिमालमा २१ जिल्ला, पहाडमा ३५ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् ।
  • स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमालमा २१ जिल्ला, पहाडमा २८ जिल्ला, भित्री मधेश ७ जिल्ला, तराईमा १८ जिल्ला र काठमाडौं उपत्यकामा ३ जिल्ला भनी राखिएको छ ।
  • नेपालको वर्तमान संरचना अनुसार नेपालमा ७ प्रदेश, ७७ जिल्ला, ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वटा स्थानीय तहका वडाहरु रहेका छन् ।
  • नेपाल अधिराज्यको संविधान २०१५मा निर्वाचन प्रयोजनका लागि १०९ निर्वाचन क्षेत्र, नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०५ निर्वाचन क्षेत्र, नेपालको अन्तरिम संविधान २०६३ अनुसार २४० निर्वाचन क्षेत्र र वर्तमान संविधान जारी पश्चात निर्वाचनका लागि मुलुकलाई १६५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।
  • नेपालको सातौ संविधान २०७२ले नेपाललाई ७ प्रदेशमा विभाजन गरेको छ ।
  • प्रदेश नम्बर १ को नाम १ नम्बर प्रदेश नै रहेको छ । यस प्रदेशमा १४ वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल १७.६ प्रतिशत रहेको छ । यस प्रदेशको जनसंंख्या १७.१ प्रतिशत रहेको छ । यस प्रदेशमा १३७ स्थानीय तहहरु रहेका छन । प्रतिनिधी निर्वाचन क्षेत्र यस प्रदेशमा २८ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा लगायत क्षेत्रमा संलग्न रहेका मानिन्छ । यस प्रदेशमा ब्राह्रमण, क्षेत्री, राई, लिम्बू जस्ता जातिहरुको बाहुल्यता रहेको छ ।
  • त्यस्तै प्रदेश नम्बर २ लाई २ नम्बर प्रदेश नै भनेर चिनिन्छ । यस प्रदेशमा ८ जिल्ला रहेका छन । यस प्रदेशमा ६.६ प्रतिशत क्षेत्रफल रहेको छ । यस प्रदेशमा २०.४ प्रतिशत जनसंख्या रहेको छ । यस प्रदेशमा १३६ स्थानीय तहहरु रहेका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३२ वटा रहेको छ । यस प्रदेशका मानिसहरु कृषि, उत्पादन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा संलग्न रहेका छन् ।
  • नेपालको ३ नम्बर प्रदेशलाई बाग्मती प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा नेपालको राजधानी काठमाडौं तथा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै प्रदेशमा पर्दछ । यस प्रदेशमा १३ जिल्लाहरु पर्दछन् । यस प्रदेशको क्षेत्रफल १३.८ प्रतिशत रहेको छ । यस प्रदेशमा २०.९ प्रतिशत जनसंङख्या रहेक छ । स्थानीय तहहरु यस प्रदेशमा ११९ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३३ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, नेवार, तामाङ जस्ता जातजातिहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ ।
  • प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा मुख्यगरी पर्यटकीय स्थलहरु अन्य प्रदेशमा भन्दा ज्यादा रहेका छन् । यस प्रदेशमा ११ जिल्ला पर्दछन् ।यस प्रदेशको क्षेत्रफल १५.३ प्रतिशत रहेको छ । जनसंंख्याको हिसावले यस प्रदेशमा ९.१ प्रतिशत रहेको छ । स्थानीय तहको संख्या ८५ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र १८ वटा रहेका छन् । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवामा यहामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, गुरुङ, क्षेत्री, मगर जातीमा मानिसहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ
  • प्रदेश नम्बर ५ लाई ५ नम्बर प्रदेश नै भनी चिनिन्छ । यस प्रदेशमा १२ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ११.८ प्रतिशत क्षेत्रफल रहेको छ भने १७ प्रतिशत जनसंंख्या रहेको छ । १०९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन्  यस प्रदेशमा कृषि, पर्यटन, व्यापारतथा सरकारी सेवामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, मगर, थारु जातिको बसोबास रहेको छ ।
  • प्रदेश नम्बर ६ लाई कर्णाली प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा १० वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल २१.६ प्रतिशत रहेको छ भने ५.९ प्रतिशत जनसंख्या रहेको छ । ७९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन । कृषि, पर्यटन, जडीबुटी, पशुपालन जस्ता क्षेत्रमा यहाका मानिसहरुको बाहुल्यता रहनुका साथै ब्राम्हण क्षेत्री तथा डोल्पो जातिको बसोवास रहेको छ ।
  • त्यस्तै प्रदेश नं. ७ लाई सुदुरपश्चिम प्रदेश भनी नामाकरण गरिएको छ । यस प्रदेशमा ९ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशको १३.३ प्रतिशत क्षेत्रफल रहेको छ भने ९.६ प्रतिशत जनसंङख्या रहेको छ । स्थानीय तहको संंख्या यस प्रदेशमा ८८ वटा रहेका छन् भने १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन् । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि कृषि, पर्यटन, उद्योग, बैदेशिक रोजगार तथा व्यापार जस्ता क्षेत्रमा यहका मानिसहरु संलग्न रहेका छन् भने ब्राम्हण, क्षेत्री, थारु जातिका मानिसहरुको बाहुल्यता रहेको छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA