Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • August 30, 2023
  • 337

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. भारतले पहिलो पटक चन्द्रयान–३ चन्द्रमामा कहिले अवतरण गराएको हो ?

  •  सन् २०२३ अगस्ट २३

– यो सफलतासँगै भारत चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण गराउने पहिलो र चन्द्रमामा पुग्ने चौथो राष्ट्र बनेको छ ।

– यसअघि चन्द्रमाको सतहमा अमेरिका, रुस र चीनले मात्रै यान अवतरण गराएका छन् ।

– इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले सन् २०२३ जुलाई १४ मा भारतको आन्ध्र प्रदेशस्थित सतीश धावन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–३ प्रक्षेपण गरेको थियो ।

२. उदीयमान राष्ट्रको सङ्गठन ‘ब्रिक्स’ मा कति सदस्य थप भएका छन् ?

  •  ६

– विश्वका उदीयमान अर्थतन्त्र भएका देशहरूको सङ्गठन ब्रिक्सको १५ औँ शिखर सम्मेलन सन् २०२३ अगस्ट २२–२४ मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा सम्पन्न भएको । तीन दिनसम्म सञ्चालित सम्मेलनले छ नयाँ सदस्य थप गर्नेलगायतका निर्णय गरेको ।

– थप भएका नयाँ सदस्य राष्ट्र ः अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ।

– सन् २०२३ अगस्ट २४ मा नयाँ सदस्य थपिएको घोषणा गरिएको ।

– नयाँ सदस्य अब सन् २०२४ जनवरी १ देखि ब्रिक्समा आबद्ध हुने छन् ।

– अमेरिका तथा पश्चिमा देशहरूको सङ्गठन जी–७ को प्रतिस्पर्धी सङ्गठनका रूपमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिली ब्रिक्स गठन गरिएको थियो ।

– सन् २००९ मा स्थापना भएको ब्रिक्समा हाल विश्वका ४० प्रतिशत जनसङ्ख्याको बसोबास छ भने विश्वको अर्थतन्त्रको एक तिहाइ हिस्सा यसले ओगटेको छ । नयाँ सदस्यहरूको सहभागिताले यो तथ्याङ्कमा थप बढोत्तरी हुने ।

३. अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इन्भायरन्मेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट कुन पदमा निर्वाचित हुनुभएको हो ?

  •  उपाध्यक्ष (सन् २०२३ अगस्ट)

– गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा अर्थमन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको ।

४. नागपञ्चमीको अवसरमा नेपाल सर्प महोत्सवको आयोजना कहाँ गरियो ?

  •   कावासोती (पूर्वी नवलपरासी, २०८० भदौ ३–४)

– नवलपुरको कावासोतीमा नेपालमै पहिलो पटक सर्प महोत्सव आयोजना गरिएको ।

– नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर, स्वास्थ्य कार्यालय, नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा महोत्सव सम्पन्न भएको ।

– महोत्सवमा सर्पका बारेमा सर्वसाधारणलाई जानकारी दिन विषालु तथा विषरहित विभिन्न जातका सर्प प्रदर्शन गरिएको । मानव–सर्प द्वन्द्व न्यूनीकरण, सर्पदंश व्यवस्थापन, सर्प संरक्षणको महìव तथा जैविक विविधता संरक्षणसम्बन्धी चेतना पनि महोत्सवमा दिइएको ।

५. सर्वोच्च अदालतको ३१ औँ प्रधान न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ कहिले नियुक्त हुनुभएको हो ?

  •  विसं २०८० भदौ ४

– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संवैधानिक परिषद्को सिफारिसमा कायम मुकायम प्रधान न्यायाधीश श्रेष्ठलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गरिएको । श्रेष्ठद्वारा भदौ ५ मा शपथ लिएको ।

– संवैधानिक परिषद्ले १८ साउनमा श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो । तत्कालीन प्रधान न्यायाधीश हरिकृष्ण कार्कीले ६५ वर्ष उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाएपछि श्रेष्ठले कायम मुकायमको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

– २० असोज, २०१६ मा जन्मिनुभएको श्रेष्ठले १९ असोज, २०८१ बाट उमेर हदका कारण अनिवार्य अवकाश पाउनुहुने छ ।

६. सातौँ संस्करणको मिसेस नेपाल आइकन–२०२३ को उपाधि कसले जित्यो ?

  •   मेरिशा सुवाल मालाकार (क्षेत्रपाटी, काठमाडौँ)

– उनले पुरस्कारस्वरूप ५० हजार रुपियाँ प्राप्त गरेकी ।

– सो प्रतियोगितामा पारू पौडेल फस्ट रनर्सअप तथा निर्मला मण्डल कपर सेकेन्ड रनर्सअप भएका ।

७. बागमती प्रदेश सरकारले प्रदेश श्रम तथा रोजगार नीति–२०८० कहिले सार्वजनिक गरेको हो ?

  •   विसं २०८० भदौ ४

– नीतिमा प्रदेशभित्र वार्षिक ५० हजार जनालाई रोजगारी दिन प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यव्रmम सञ्चालन गर्ने उल्लेख ।

८. सुन्दर एवं मनमोहक खाँगे झरना कहाँ रहेको छ ?

  •   सिरिजङ्घा–८, ताप्लेजुङ

९. पानामा रोग (टिआर–४) कुन खेतीसँग सम्बन्धित रहेको छ ?

  •  केरा

– ‘पानामा’ (टिआर–४) ले खास गरी जिनाइन, विलियम हाइब्रिडलगायत धेरैजसो केराका जातमा आक्रमण

गर्ने गरेको ।

– ‘पानामा’ रोग फ्युजारिया अक्सिस्पोरियम क्युवेन्स ढुसीद्वारा लाग्ने गरेको । यो ढुसीको चार वटा रेस (प्रजाति) हुने । तीमध्ये रेस–२ र ३ जङ्गली जातको केरामा लाग्ने गरेको वैज्ञानिक अनुसन्धानबाट देखिएको ।

– नेपालमा मालभोग र अरू स्थानीय जातका केरामा रेस–१ लाग्ने गरेको र केही वर्षदेखि चितवन, कैलालीलगायत अन्य क्षेत्रमा यो रोग देखिन थालेको ।

– यो रोग लागेमा सुरुमा पुरानो पातको फेद पहेँलो हुने, त्यसपछि पातको किनारा पहेँलिन थाल्ने र पात सुकेर डाँठ भाँचिने गरेको अनुसन्धानबाट देखिएको ।

१०. वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिनको विमान दुर्घटनामा परी कहिले निधन भएको हो ?

  •  सन् २०२३ अगस्ट २३

–  येभ्गेनी प्रिगोजिन सवार एक निजी विमान मस्कोको उत्तर–पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा वाग्नर प्रमुख र वरिष्ठ कमान्डर डिमित्री उत्किनसहित दस जनाको मृत्यु भएको ।

– प्रिगोजिनले दुई महिनाअघि असफल विद्रोह सुरु गरेर राष्ट्रपति भ्लादिभिर पुटिनलाई चुनौती दिएका थिए । विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन् । युव्रmेन युद्ध मामिलालाई लिएर प्रिगोजिनको रुसी सैन्य संस्थापनसँग खटपट भएको देखिन्थ्यो । सो विद्रोहपश्चात् राष्ट्रपति पुटिनसँगको समझदारी भएपछि प्रिगोजिन बेलारुसमा गएर बस्ने बताइएको थियो ।

– वाग्नर समूहका लडाकुहरू युक्रेन, सिरिया अनि पश्चिम अफ्रिकी देशका युद्धमा खटाइएका छन्, जहाँ तिनले व्रmुर यातना दिएका र गैरन्यायिक हत्या गरेका आरोप लागेको छ ।

११. सन् २०२३ अगस्टमा मलेसियामा सम्पन्न चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि कसले जित्यो ? 

  •   नेपाल

–  डकवर्थ लुइसको नियम अनुसार नेपालले हङकङलाई १३ रनले हराएर सो उपाधि जितेको ।

– यससँगै नेपाल आइसिसी विश्पकप महिला टी–२० एसिया क्षेत्र छनोटमा सहभागी हुने भएको ।

१२. प्रतिष्ठित आइएसओ ९००१ : २०१५ प्रमाणपत्र पाउने नेपालको पहिलो पुनर्बिमा एजेन्ट कम्पनी कुन हो ?

  •  फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड

– कम्पनीले जीवन तथा निर्जीवन बिमा एवं पुनर्बिमा एजेन्ट सेवाको विधा अन्तर्गत उक्त प्रमाणपत्र प्राप्त गरेको ।

१३. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा ‘मेरो पोषण साथी’ नामक मोबाइल एपको शुभारम्भ कहिले गरिएको हो ?

  •   विसं २०८० भदौ १०

– यो एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्षमुनिका बालबालिकाका आमाबावु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपयोगसम्बन्धी उपयोगी जानकारी दिने ।

– एपले गर्भावस्था र प्रसवपछिको हेरचाह, बालबालिका र आमाको खानपान, परिवार योजना तथा वृद्धि अनुगमन जस्ता विषयमा निर्णय लिन पनि सघाउने विश्वास गरिएको ।

– युएसआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त एप बनाइएको ।

१४. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

  •  सन् १९६१

– वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी बनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको ।

– विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।

– ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सव्रिmयतामा भएको ।

– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको ।

१५. ‘एक्सन फर पिस किपिङ’ कार्यक्रम सञ्चालन गर्ने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ?

  •  एन्टोनियो गुटेरेस

१६. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

  •  सन् १९९८

–  संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

–  हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

१७. नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि भएको हो ?

  •  विसं २०७७ फागुन २२

– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै अभियान थालनी गरिएको ।

– सूचीकरण अभियानपश्चात् सरकारबाट उपलब्ध हुने सेवासुविधा वास्तविक किसानले पाउने

विश्वास गरिएको ।

– युरोपियन युनियनको सहयोगमा किसान सूचीकरण व्यवस्थापन प्रणाली कार्यक्रम सञ्चालन भएको ।

१८. नेपाली कविताको क्षेत्रमा परिष्कारवादी धाराको सुरुवात गर्ने कवि को हुन् ?

  •   लेखनाथ पौडेल

१९. विश्व आदिवासी दिवस कहिले मनाइन्छ ?

  •  अगस्ट ९

– सन् २०२३ को नारा : आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा

– सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय भएको ।

२०. सरकारले जनवादी गायक जेबी टुहुरेलाई कुन उपाधिद्वारा सम्मानित ग-यो ?

  •  जनगायक

– विसं २०८० भदौ ६ को मन्त्रीपरिषद् बैठकले सो उपाधि प्रदान गर्ने निर्णय गरेको ।

– जेबी टुहुरेको जन्म विसं २००१ धरानमा भएको हो ।

– ‘आमा दिदीबहिनी हो कति बस्छौँ दासी भई सुखको सधैँ प्यासी बनेर …’, ‘बसाइँ हिँड्नेको ताँतीले …, बस्नेको मन रुँदै छ, ‘छोराहरू हो, छोरीहरू हो …’, मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ … लगायत चर्चित

गीतका गायक टुहुरेको मृत्यु विसं २०७८ भदौ १० गते भएको ।

२१. जी–२ भनेको के हो ?

  •   चीनद्वारा निर्मित कृत्रिम सूर्य

– यो कृत्रिम सूर्य चीनस्थित नेसनल न्युक्लियर कर्पोरेसनद्वारा साउथ वेस्टर्न इन्स्टिच्युट अफ फिजिक्सको सहकार्यमा निर्माण गरिएको ।

– टोकमाक फ्युजन रिएक्टरका रूपमा चिनिने यो कृत्रिम सूर्य चीनको छेन्दुमा रहेको ।

– सन् २०२२ जनवरीमा परीक्षण गरिएको यस कृत्रिम सूर्यबाट सफा ऊर्जा उत्पादन गर्ने चीनको लक्ष्य रहेको ।

२२. प्रसिद्ध चित्रकार/मूर्तिकार पाब्लो पिकासोको जन्म कुन देशमा भएको हो ?

  •  स्पेन

– (ग्वेर्निका यिनको प्रख्यात चित्रकला हो । यिनले कलामा घनत्ववादको सुरुवात गरेका ।)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA