Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कानुनका स्रोतहरू तथा नेपालमा कानुन निर्माणको प्रक्रिया

  • Ajnabee Khadka
  • September 02, 2023
  • 1246

कानुनका स्रोतहरू तथा नेपालमा कानुन निर्माणको प्रक्रिया

कानुनका स्रोतहरू तथा नेपालमा कानुन निर्माणको प्रक्रिया

कानुन:
कुनै पनि समाजलाई अनुशासित, मर्यादित तथा व्यवस्थित रूपमा सञ्चालन गर्ने माध्यमको रूपमा रहेको मान्यता प्राप्त प्रथा परम्परा, चालचलन, रीतिरिवाज, तथा नीतिनियमहरुको समग्रतालाई कानुन भनिन्छ ।

कानुनको स्रोत:
कानुनको उद्गम बिन्दु वा जहाँबाट कानुनको उत्पत्ति भएको हुन्छ त्यसलाई नै कानुनको स्रोत भनिन्छ । कानुन कसरी सिर्जना हुन्छ, सिर्जनाका आधारहरू के के हुन, भन्ने कुरालाई नै कानुनको स्रोतले जनाउँछ ।

प्रथा:
कुनै स्थान विशेषमा मानिसले परम्परादेखि निरन्तररुपमा स्वेच्छाले एकैरुपमा मान्यता दिँदै आएको चालचलन, व्यवहार, परम्परा, मूल्यमान्यता रीतिरिवाज, सामाजिक व्यवस्था, आदतजन्य प्रक्रिया आदिलाई प्रथा भनिन्छ । प्रथालाई कानुनको सबैभन्दा पुरानो तर आजसम्म उत्तिकै मान्यता प्राप्त स्रोतको रूपमा लिइन्छ। प्रथा सार्वजनिक चेतनाको अभिव्यक्ति हो, यसले राष्ट्रिय तथा सामाजिक भावना सँगालेको हुन्छ । प्रथा विगतदेखि नै सहज रूपमा स्वीकार गरी पालना हुँदै आएको सामाजिक नियम हो ।
प्रथाले कानुनी स्रोतको रूपमा मान्यता पाउन देहायबमोजिमका तत्त्वहरू हुनु अनिवार्य हुन्छ :
♦ प्राचिनता
♦ निश्चितता
♦ वैधानिकता
♦ निरन्तरता
♦ नैतिकता
♦ तर्कसङ्गत
♦ एकरूपता
♦ सर्वस्वीकार्य
♦ बाध्यात्मक शक्ति

कानुनी मान्यता दिनुका कारणहरू:
–अविस्मरणीय निरन्तरताका कारण भावनात्मक वैधानिकता रहेकोले,
–सामाजिक चेतनाको अभिव्यक्ति हुने भएकोले,
–सामाजिक व्यवहारमा वैकल्पिक वा पूरक कानुनको रूपमा स्वीकृत भइसकेको हुनाले,
–न्याय र सामाजिक उपयोगिताको सिद्धान्तमा आधारित हुने भएकोले,
–भविष्यसम्म कायम रहने विश्वास गरिएकोले,

विधायन:
व्यवस्थापिकाले औपचारिक विधायिका प्रक्रिया पुरा गरी निर्माण गरेको कानुनको औपचारिक दस्ताबेजलाई विधायन भनिन्छ । विधायिकाबाट निर्माण हुने कानुन नै विधायन हो । संविधान, ऐन, नियम विनियम निर्देशिका जस्ता कानुनका औपचारिक लिखित दस्ताबेजहरू सबै विधायन हुन ।

जनता तथा समाजको माग अनुरूप व्यापक छलफल तथा विचार विमर्श गरी जनताद्वारा छानिएका जनप्रतिनिधिहरूले जनभावनाअनुकुल निर्माण हुने हुँदा विधायनलाई कानुनको प्रमुख एवं उत्कृष्ट स्रोतको रूपमा लिइन्छ ।
अ) सर्वोच्च विधायन विधायिका आफैले निर्माण गरेको कानुन वा राज्यको सर्वोच्च सत्ता वा सम्प्रभुवाट सिधै निर्माण हुने विधायनलाई सर्वोच्च विधायन भनिन्छ ।
आ) अधीनस्थ विधायन सर्वोच्च विधायनबाट प्रत्यायोजित अधिकारको अधीनमा रही संसद् बाहेक अन्य शक्तिबाट निःसृत हुने विधायनलाई अधीनस्थ विधायन भनिन्छ ।

महत्त्व
♦ समय सापेक्ष कानुनको निर्माण र विकास हुन्छ ।
♦ जनभावनालाई प्रतिबिम्बित गरेको हुन्छ,
♦ लिपिबद्ध हुने हुँदा स्पष्ट, निश्चित र सरोकारवालाको पहुँचयोग्य हुन्छ,
♦ विगतको ज्ञानको आधारमा भविष्यको अनुमान गर्दै भविष्यमा कार्यान्वयन हुन सक्ने गरी निर्माण गरिन्छ,
♦ सामाजिक कुप्रथा तथा शत्रुतापूर्ण नजिरहरूलाई सुधार गर्न,

नजिर:
विधायिकाले निर्माण गरेका कानुनहरूलाई समसामयिक व्याख्या गरी समाजमा कानुनको अभाव हुन नदिनको लागि अदालतबाट कानुनको व्याख्या हुँदा जन्मिने नयाँ सिद्धान्त नै नजिर हो । कानुनको स्वेच्छाचारी व्याख्या गर्नबाट रोक लगाई न्यायिक स्वच्छता कायम गराउन,न्यायिक एकरूपता कायम गराउन, निर्णयमा शीघ्रता ल्याई छिटोछरितो न्याय निरूपण गर्न तथा न्यायिक विचलन हुन नदिनका लागि नजिरलाई भरपर्दो स्रोत मानिएको हो,

महत्त्व:
♦ कानुनका ज्ञाताको मस्तिष्क मन्थनको उपज मानिने भएकोले,
♦ कानुनको विकास नाप्ने मापदण्ड,
♦ न्यायाधीशबाट हुन सक्ने त्रुटि, पक्षपात वा गैरकानुनी कार्यलाई रोक्न सहयोग पु¥याउने धउकोले,
♦ समाजको आवश्यकताको आधारमा कानुन प्राप्त गर्न सकिने,
♦ अनवरत अध्ययन र खोजीको परिणाम स्वरूप प्राप्त हुने भएकोले ।

नेपालमा कानुन निर्माण प्रक्रिया:
१) विधेयक दर्ता अघिको चरण
♦ सम्बन्धित मन्त्रालयबाट विधेयकको प्रस्ताव तयारी
♦ कानुन मन्त्रालयको राय
♦ मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति
♦ विधेयकको मस्यौदा तयारी
♦ विज्ञहरूको राय, परामर्श
♦ विधेयकको मस्यौदा स्वीकृति
♦ संसद्मा विधेयक दर्ता

२) दर्तापछिको चरण

क) सामान्य छलफल
♦ विधेयकको जानकारी दिने र प्रस्तुतिको अनुमति लिने,
♦ विधेयकको प्रस्तुति
♦ सामान्य छलफल
♦ विधायक फिर्ता लिन सक्ने
♦ विधेयकमा संशोधन

ख) दफावार छलफल
♦ दफावार छलफलका लागि प्रस्ताव पेस गर्ने,
♦ दफावार छलफल(सभा वा समितिमा)
♦ अनुसूचीमाथि छलफल
♦ प्रतिवेदनमाथि छलफल

ग) विधेयक पारित
♦ विधेयक पारित गर्ने,
♦ प्रस्तावना र नामको प्रस्तुति
♦ आनुसागिंक सुधार
♦ सभामुखबाट प्रमाणित
♦ राष्ट्रपतिबाट प्रमाणीकरण
♦ राजपत्रमा प्रकाशन

कानुन समाजलाई व्यवस्थित र निर्देशित गर्ने एउटा औजार हो। यसको अज्ञानता कसैलाई पनि क्षम्य नहुने हुनाले कानुनहरू परिष्कृत गर्दै समाजलाई सही दिशामा डोर्‍याउने खालका हुनुपर्दछ । यसका लागि सम्बद्ध पक्षहरूको प्रभावकारी भूमिका हुनु पहिलो सर्त रहन्छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 36
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 41
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA