Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

  • Ajnabee Khadka
  • October 30, 2023
  • 354

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।

लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गर्नुभयो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पार्नुभएको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दासमेत अधुरो छ । अहिलेसम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।

विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रिय स्तरमै तय गरियो । राष्ट्रसङ्घको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो ।

ऊ थान्तले बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनी विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसरी आफूले भ्रमण गरेको लुम्बिनी क्षेत्रको विकासका लागि आफैँले के सहयोग चाहिन्छ भनेर सोध्ने अन्तर्राष्ट्रिय जगत्को माथिल्लो ओहोदाको पहिलो व्यक्ति पनि संयुक्त राष्ट्रसङ्घको महासचिव ऊ थान्त नै हुनुहुन्छ । लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो । त्यसैकारणले अहिलेसम्म पनि संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वसाथ हेर्दै आएका छन् ।

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 38
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 42
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 114
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA