Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण

  • Prija Shrestha
  • November 12, 2023
  • 456

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण
  • वि.सं. २०८० कार्तिक १२ देखि १५ (सन्‌ २०२३ अक्टोबर २९ देखि नोभेम्बर १)
  • प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
  • यसअघि बान की मुनले सन्‌ २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा नेपाल भ्रमण गरेका थिए ।
  • वानकी मुन आउँदा प्रधानमन्त्री प्रचण्ड थिए भने अहिले गुटेरेस आउँदा पनि प्रधानमन्त्री प्रचण्ड नै छन्‌ ।
  • गुटेरस नेपालमा
    • सगरमाथा आधारशिविर भ्रमण : कार्तिक १३ गते
    • लुम्बिनीको भ्रमण : कार्तिक १४ गते (अक्टोबर ३१)
    • नेपालको संसदलाई सम्बोधन : कार्तिक १४ गते

को हुन् गुटेरेस?

  • पूरा नाम : एन्टोनियो म्यानुअल डे ओलिभेरा गुटेरेस
  • जन्म : सन्‌ १९४९ अप्रिल ३० का दिन युरोपेली राष्ट्र पोर्चुगलमा
  • उनले सन्‌ २०१७ बाट राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हालेका हुन्‌ । उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव हुन्‌ ।
  • सन्‌ १९८१ मा कुर्ट वाल्डहेमपछि संयुक्त राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हाल्ने गुटेरेस पहिलो युरोपेली हुन्‌ ।

संयुक्त राष्ट्रसंघको महासचिवमा गुटरेस पुन: नियुक्त

  • नियुक्ति मिति – २०२१ जून १८
  • घोषणा गर्ने – राष्ट्रसंघीय महासभाको ७५औं अधिवेशनका अध्यक्ष वोल्कन बोजकिरले
  • कुन कार्यकालको लागी ? – २०२२ जनवरी २१ देखि सन्‌ २०२६ डिसेम्बर ३१ सम्मका
  • यो उनको कतिऔं कार्यकाल हो ? – दोस्रो
  • दोश्रो कार्यकाल सुरु – २०२२ जनवरी १
  • उनको पहिलो कार्यकाल – २०१७ जनवरी १ देखि सुरु भएको र २०२१ को अन्त्यमा सकिनेछ ।
  • राष्ट्रसंघको महासचिवको कार्यकाल – ५ वर्ष हुन्छ

नेपाल तथा लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको महासचिव

क्रसं. नेपाल भ्रमण गर्ने हासचिव मिति लुम्बिनी भ्रमण गर्ने महासचिव
१ ड्याग ह्यामरसोल्ड सन्‌ १९५९ मार्च १६ ड्याग ह्यामरसोल्ड
२ ऊ थान्त सन्‌ १९६७ अप्रिल १४ ऊ थान्त
३ कुर्त वाइल्ड हाइम सन्‌ १९८१ फेब्रुअरी १३ कुर्त वाइल्ड हाइम
४ हयामियर पेरिज द कोयर सन्‌ १९८९ मार्च ह्यामियर पेरिज द कोयर
५ कोफी अन्नान २००१ मार्च १२ –
६ बानकी मुन २००८ अक्टोबर ३१ बान की मुन
७ एन्टेनियो गुटेरेस २०२३ अक्टोबर २९ एन्टेनियो गुटेरेस

नोट:

  • उ थान्तले भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो ।
  • उ थान्तले नै लुम्बिनी विकास गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेपछि जापानी वास्तुविद्‌ प्राध्यापक केन्जियो टांगेले सन्‌ १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 34
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 39
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA