Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका भूगोल सम्बन्धि

  • Maishma Shrestha
  • January 22, 2024
  • 391

विश्वका भूगोल सम्बन्धि

विश्वका भूगोल सम्बन्धि

ध्रुव (Polar)

  • पृथ्वीको उत्तरी र दक्षिणी अन्तिम बिन्दु हो, ध्रुव।
  • पृथ्वीको प्रुवीय भाग केहि थेप्चिएको र बिचको भाग केहि फुकेको छ ।
  • ध्रुवका दुई प्रकार: दक्षिणी र उत्तरी
  • Arctic and Antarctic क्षेत्रको सबैभन्दा अग्लो भू-भागलाई Polar Vertex भनिन्छ ।
  • उत्तरी ध्रुव पत्ता लगाउने : रोबर्ट पेरी, अमेरिका (सन्‌ १९०९)
  • दक्षिणी ध्रुव पत्ता लगाउने : रोअल्ड, एमण्डसेन, नर्वे (सन्‌ १९११)
  • दक्षिणी ध्रुवमा पुग्ने पहिलो नेपाली : भुवन सिंह विश्वकर्मा

अक्षांश (Latitude)

  • पृथ्वीको पूर्व-पश्चिम हुनेगरी खिचिएको काल्पनिक रेखा
  • १८१ वटा हुने/पूर्ण बृत्ताकारमा
  • सबैभन्दा लामो अक्षांश रेखाः भुमध्ये रेखा (00 अक्षांश रेखा)
  • भुमध्य रेखा : पृथ्वीलाई २ भागमा बराबर गर्नेगरी पृथ्वीको मध्येभागमा पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखा ।
  • भुमध्य रेखामा सूर्यको प्रकाश सिधा पर्छ ।
  • सबैभन्दा बढी गर्मी हुने अक्षांश : 00 अक्षांश
  • अक्षांश रेखाहरू १/१ डिग्रीको फरकमा हुन्छन्‌।
  • 10 अक्षांशमा सरदर १११ कि.मि. दुरी फरक हुन्छ ।
  • 23  ½ डिग्री उत्तरी अक्षांश : कर्कट रेखा
  • 23 ½ डिग्री दक्षिणी अक्षांश : मकर रेखा
  • 66 ½ डिग्री उत्तरी अक्षांश : सुमेरु वृत्त
  • 66 ½ डिग्री दक्षिणी अक्षांश : कुमेरु वृत्त
  • भुमध्यरेखीय न्यून चापपेटी (Doldrums) 50 उत्तरी – 50 दक्षिणी पर्दछ ।
  • दुवै अक्षांशको 300 – 350 बीचको न्यून वायू चाप भएको क्षत्रेलाई घोडे अक्षांश (Horse Latitude) भनिने ।
  • विश्चमान चित्रमा, सबैभन्दा बढी उचाईमा विवधता रहेको क्षेत्र : 200 – 500 उत्तरी अक्षांश
  • अक्षांश रेखा मापनका इकाइ : डिग्री, मिनेट र सेकेन्डमा

प्रतिलोम : पृथ्वीको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरित स्थान

गर्जनेवाला चालिसा : 400 – 600 दक्षिणी अक्षांश रेखा

अर्धोष्ण उच्च चापपेटी : दुवै गोलार्धको 350 – 250 अक्षांशमा

मकर रेखामा पर्ने देशहरू (Tropic of Capricon) :

  • अर्जेरन्टिना, अष्ट्रेलिया, बोत्सोवना, ब्राजिल, चिली, मडागास्कार, मोजाम्बिक, नामिबिया, पाराग्वे, दक्षिण अफ्रिका (AA BBC MMN PS अंग्रेजी वर्णमाला क्रमानुसार सम्झने)

कर्कट रेखामा पर्ने देशहरू (Tropic of Cancer) :

  • अल्जेरिया, बङ्लादेश, बहमास, चिन, इजिप्ट, भारत, लिबिया, माली, म्यानमार, मोरोक्को, मौराटानिया, मेक्सिको, ओमान, साउदी अरव, ताइवान, युनाइटेड अरब इमिरेट्स
  • २२ डिसेम्बरमा सूर्य मकररेखामा लम्बवत रूपमा परेपश्चात्‌ मकर सङ्क्रान्ति शुरु हुन्छ।

देशान्तर (Longitude)

  • पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने यस्ता रेखाहरू अर्धवृत्तकार हुन्छन्‌ ।
  • प्रधान मध्यान्ह रेखा : बेलायतको ग्रीनबीचलाई आधार मानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखा (00 देशान्तर)
  • कुनैपनि ठाउँको स्थानीय समय पत्ता लगाउन देशान्तर रेखाको प्रयोग गरिन्छ ।
  • पूर्वी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पूर्वतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
  • पक्षिमी देशान्तर : प्रधानमध्यान्ह रेखादेखी पक्षिमीतर्फ १८0 सम्मका देशान्तर रेखाहरू
  • भुमध्यरेखामा १ देशान्तरदेखि अर्को देशान्तरको दुरी १११.३२ कि.मि. हुन्छ ।
  • १० देशान्तरमा ४ मिनेटको समय फरक पर्छ।
  • प्रत्येक देशान्तर रेखामा दिनको एकपटक मध्यान्ह हुने भएकाले यसलाई मध्यान्ह रेखा पनि भनिने ।

समय (Time)

  • बिश्वलाई २४ वटा समय क्षेत्रमा विभाजन गरिएको छ ।
  • सन्‌ १८८४ नोभेम्बर १ मा बेलायतको ग्रीनवीचको समयलाई आधार मानी अन्तर्राष्ट्रिय प्रमाणिक समय निर्धारण गरिएको
  • ग्रीनवीच मिनटाइम भन्दा नेपालको समय ५ घण्टा ४५ मिनेट छिटो छ ।
  • नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी वि.सं. २०४२ वैशाख १ मा निर्धारण गरिएको

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 33
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 30
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA